Pages - Menu

Saturday, May 16, 2020

कोरोनाको पहिलो मृत्‍युबाट राज्यले सिक्नुपर्ने कुरा : जटिलता आउन सक्छ

BY : Pramod k. Poudel : लगभग ३०० को हाराहारीमा संक्रमित पुग्नै लाग्दा सिन्धुपाल्चोककी २९ बर्षिय सुत्केरीको मृत्‍युले नेपालको कोरोनाको कारणले ज्यान गुमाउनेहरुको खाता खोलेको छ भने बारामा  quarentine मा बसेका एक युवकको मृत्‍यु भएको समाचार बाहिर आएकोछ । अबको त्रास भनेको मृत्‍यु बन्न पुग्छ , पहिलो केस नदेखिदा सम्म जती सुरक्षित मानिन्थ्यो ज्यान जाने क्रम यदी सरु भयो भने मानसिक रुपमा समेत त्रासको बातावरण फैनिले प्रबल सम्भावना रहन्छ । सुत्केरी महिलाको मृत्‍युले खाता खोल्यो भनेर भनिरहदा देशभरको अवस्था दिनानुदिन जटिल बन्न सक्ने तर्फ नजाला भन्न सकिन्न । अन्य बिकशित देशहरुमा नियन्त्रण बाहिर गएको मृत्‍युदरबाट हाम्रो देशले पर्याप्त सिक्न र सजगता अपनाउने कुरा सिक्न जरुरी छ । कसरी जनताको सुरक्षालाई अझ प्रभाबकारी बनाउन सकिन्छ भन्ने तर्फ सजगता अपनाउनु बाहेक अब राज्यले अन्यत्र ध्यान धेरै दिनु हुँदैन । यदी यो नियन्त्रण बाहिर गयो भने यसले भोली भयाबह स्थिती निम्त्याउछ । राज्यको समस्या जनताको पनि हुने हुँदा सबैले राज्यको नियम तथा निर्णयलाई पालन गर्नु र गराउनु नै अहिलेको यो बिशम अवस्थाको पहिलो बिकल्प हो। आम मानीसको मानसिक त्रासलाई कायम राख्न नदिन राज्य संयत्रले पहल गर्नु पर्छ भने आम जनताले घरमै बसी सरकारलाई आवस्यक सहयोग गर्नु पर्दछ । डाक्टर , नर्स लगायत स्वास्थ्यकर्मिको हौशला बढाउन नागरिकहरुको भूमिका पनि अहम हुनेहुँदा हामी नागरिकले सरकारको आलोचना मात्रै गर्ने हैन , समर्थन र सहयोग पनि गर्नुपर्छ । राज्य हाम्रो हो , अनी राज्यमा परेको समस्या पनि हाम्रै हो । त्यसैले मृत्‍युदर रोक्ने उपाय भनेकै राज्य र जनताको साझा प्रयास हो । यो प्रयासलाई सबैले साथ दिनी नै अहिलेको उत्तम बिकल्प हो ।


No comments:

Post a Comment