Pages - Menu

Thursday, August 13, 2020

मौलिक बाट कंक्रिट तर्फ उन्मुख टौदह : अस्तित्व संकटमा पर्ने खतरा


प्रकृतिको एउटा रचना हो टौदह । किर्तिपुर नगरपालिकामा पर्ने यो ठाउँ पर्यटकिय हिसाबले आजकाल खुबै चलनचल्तिमा छ । काठमाडौ उपत्यकाका केही सिमित पोखरी र साना तालहरुमध्य यो पनि एक प्रमुख हो अरु त कती सुके वा सुकाईए र सकाईेए पनि । दक्षिणकाली दर्शन गर्न जादा बाटो छेउमै देख्नुभएकै होला यो पोखरी । पक्कै पनि रमणिय छ यो ठाउँ । घुम्नु भएको छैन भने जानुस् एकपटक , तर अहिले भने हैन अली पछी । कारण कोरोना । 


चल्तीको किम्बदन्ती मञ्जुश्री र कर्कोटक नागराजको हो। मञ्जुश्रीले पानी नै पानीले भरिएको डाँडा काटेर काठमाडौं उपत्यका बनाएछन्। त्यसो हुँदा नागराज र जलचरहरू छटपटाए। मञ्जुश्रीले दह बनाएर त्यहीँ राखिदिए। त्यही दहको पिँधमा नागराज र नागरानीले झलमल्ल दरबार बनाएको जनविश्वास छ।

नागरानी र खोकनाको डोब्रे सर्पको कथा पनि छ। कथाअनुसार डोब्रे उड्न सक्ने हुन्छ। यही कारण नागरानीको कर्कोटक नागराजसँग सम्बन्ध भए पनि उनी डोब्रेसँग लुकिछिपी प्रेम गर्छिन्।

अर्को किम्बदन्ती महाभारतसँग जोडिएको छ। भिमसेनले एक कोदालो खन्दा पोखरी बन्यो रे। अनि हुत्याएको माटोले परको पहाड। पहिले त्यो पहाडलाई 'किरात पोल्ने पहाड' भन्थे। अहिले ह्वाइट हाउस पहाड। त्यो पहाड जति अग्लो छ, त्यति नै गहिरो यो दह भएको स्थानीय विश्वास गर्छन्।

त्यसैगरी, अर्को किम्बदन्तीअनुसार दहभित्र इनारै इनार छ। इनारै इनार जाँदा अर्कै संसार पुगिन्छ जहाँ दिन हुँदा यहाँ रात हुन्छ र रात हुँदा दिन।



दहमा नौ कुना रहेको भन्ने पनि छ। कुनै एक ठाउँमा बसेर सबै कुना हेर्छु भन्ने हो भने त्यो असम्भव छ, एक न एक कुना लुकेकै हुन्छ। हंसको एउटा पात्रले त दहलाई नेपालको नक्सा जस्तै पनि भनेका छन्।


'टौदह भौतिक स्पेस हो तर यसको मिथोलोजिकल गहिराई निकै ठूलो छ। यहाँका कति कथा हराएर पनि गइसके, 'ती कथा जोगिन पनि यसको अस्तित्व जोगाउन जरुरी छ। किनभने आजकाल टौदह संकटमा छ । प्रकृति दोहन हुँदैछ , मतलब मानब संरचनाले यसको मौलिकतामा प्रहार गर्दैछ । 

वरपर खुल्ला थियो , सफा थियो , हावा निस्फिक्री भएर बग्दथ्यो , हावाका लहर पोहरीमा पनि खेल्दथ्यो । पानीको सफाईले मुहार हेरिन्थ्यो । तर अहिले वरपर रेस्टुरेन्ट बने , छेउमै बडेमानको घरहरु पनि बने , कंक्रिटका पर्खाल र बार लगाईए। यहाँका जलचर , चराचुरुङ्गि , जनावरलाई यस्ता कामले कती असार गर्‍यो ? यो कसैले बुझेनन । बुझ्ने कुरा पनि भएन , किनकी अब यो ठाउँ ब्यापार गर्ने ठाउँ बनेको छ । सिमसार कता गयो ? दोहन भयो टौदह , मान्नुस् नमान्नुस् दोहन भएको छ सुन्दरताको , प्रकृतिको ।



 पछिल्लो पटक कीर्तिपुर नगरपालिका 'टौदह परिसरमा पर्यटन पूर्वाधार विकास' का लागि परियोजना अगाडि बढाएर त्यस्तै दोहनमा अग्रसर हुने क्रममा छ।

धार्मिक पर्यटन बढाउने उद्देश्यले टौदह परिसरमा पानीको फोहोरा, करकटेश्वर महादेवको मन्दिर, पाटिपौवा, पुल, टौदह प्रतीक चिह्न लगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव नगरपालिकाले गरेको हो। यस्ता पूर्वाधारले  प्रकृति र चरासँग रमाउने मस्तमौलाहरूलाई पक्कै असर पुग्ने छ ।  चरा र अन्य जनावरलाई असर पुर्‍याउन नहुनेमा सचेत हुनुपर्दैन ? 'हामीलाई सडक पनि चाहिन्छ, एयरपोर्ट, रेस्टुरेन्ट पनि चाहिन्छ। तर प्रकृति पनि त चाहिन्छ। एउटा सन्तुलन विन्दु हुनुपर्छ। आफ्नो आर्थिक पाटो मात्रै हेरेर हजारौं वर्षदेखि आइरहेका चरालाई असर त गर्नु भएन नि।चरा जसरी उड्न सकेका छैनन । 

'हाम्रा दृष्टि मानव केन्द्रित भइरहने हो भने टौदहमा चरा मात्रै होइन, हामी आफैं पनि रमाउन सक्दैनौं, त्यसैले मेरोको भावना त्यागेर उनीहरूका बारेमा पनि सोच्ने समय आएको छ। अहिले हामीले टौदह जोगाउन सकेनौं भने पछुताउनुको विकल्प रहन्न।'

अनि प्रकृतिसँग रमाउने  धेरैको सम्बन्ध पनि टौदहसँग नटुट्ला भन्न सकिन्न! बेलैमा सचेत बनौ ।  

From :  Sanjib Upreti  sir

Pics: Setopati

By : Pramod Kmuar poudel

No comments:

Post a Comment