July 10 असार २६ । मेरो जन्मदिन ।
सधै जसो सबेरै उठ्ने , नुहाउने , मन्दिर जाने र आफुलाई थप असल बनाउन कोसिस गर्ने दिन । यि सबै गरे आज पनि । तर यो जन्मदिन केहि अलग होस भन्ने थियो ।
अघिल्लो दिन ( २५ गते ) साथी उत्सब्, उत्तम र म ३ जना गोठाटार पुगेर १०० वटा जती बिभिन्न जात र प्रकारका बिरुवाहरु ल्यायौ ।
२६ गते जन्मदिन पारेर बिरुवाहरु रोप्ने उदेश्य थियो ।
( With Shambhu Dai & Pasang Sir )
चन्द्रागिरी ८ , बल्थली भन्ने स्थान नजिकै झान्दै ५ रोपनी सार्बजनिक जग्गा प्राप्त भयो बिरुवा रोप्न । मैले मेरै क्लबको साथिहरुको सहयोग लिए र केहि स्थानिय साथिहरुले सहयोग गर्नुभयो ।
Lions International , District 325 H का Past District Governor मेरो Mentor शम्भु बहादुर थापा दाई र पासाङ्ग सर बिसेष मेरै लागी भनेर आईदिनुभयो र बिरुवा रोपिदिनु भयो , खास रह्यो यो मौका ।






No comments:
Post a Comment