Pages - Menu

Tuesday, November 19, 2024

गुमेको नेपाली बजार फिर्ता ल्याउने ( संरक्षण गर्ने ) अभियान : राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ

 नेपाली बजार लगभग गुमाएको अवस्था अर्थात हामी परउत्पादनमा निर्भर रहेको अवस्था । केही बर्ष अघी एउटा अभियानमा जोडीदै गर्दा श्री रामराजा आचार्य एउटा पात्र मात्र हुनुहुन्थ्यो अभियानको साईनोले । केही सामान्य परीचय र बोलचालबाट खासै सम्बन्ध उठ्न सकेको थिएन । ब्यबसायिक अनुभबले एउटा ठाउँ बनाएको ब्यक्ति , आफ्नै देशमै गरौ र गर्न सकिन्छ भन्ने बिचारले अभिप्रेरित ब्यक्ति । 


२०८० को दसैंको समय सकिनै लाग्दा हामी केही साथीहरु रामराजा सरको बालाजुस्थित अफिस पुग्यौ , भेट्घाट सहितको केही समयलाई । मेरो साथी मनोज फुयाल , के पि अधिकारि , उद्धब प्रशाद खनाल , रामकृष्ण अर्याल ,उत्सब खनाल भाई अनी म । रामराजा आचार्य सरसङ्ग पहिलो भेट मेरो स्वतन्त्र राष्ट्रिय अभियान नामको एउटा अभियानका क्रममा आज भन्दा केही बर्ष अघी काठमाडौमा भएको थियो । 
नुवाकोटमा संघर्ष गर्दै राजाधानीमा आएर पनि संघर्ष गरेर एउटा आफ्नै पहिचान बनाउन सफल रामराजा आचार्य । सुरुमा परिचयले खासै अर्थ नराख्ने , जब ब्यक्तिलाई बुझ्दै गईन्छ तब उसका राम्रा अनी नराम्रा पक्षपनी बुझ्दै गईन्छ । केही गरौ भन्ने भावना त वहाँ सङ्ग सुरुबाट नै थियो , बिचमा खासै संपर्कमा रहन सकिएन । 
२०८० दसैं सकिदै गर्दा रामराजा सरको एउटा बिचार  , योजनाले म लगायत हाम्रा केही साथीको ध्यान तान्यो । वहाँले सामान्य फोनबाट बताएपछी हामी वहाँको अफिसमा गयौ । 
अध्ययन अनी गहिरो बिश्लेषण सहितको गुमेको बजार , बस्तुको लागी अघी सारीएको योजना गज्जबको लाग्यो । हामी केही जोडीने भयौ यो यात्रामा । 


रामराजा सर आफ्नो ब्यापारिक यात्रामा सफल ब्यक्ती , वहाँको अध्ययन र सम्भाबनाहरुको पहिचान सङ्गै देशमै केही गर्न सकिन्छ भन्ने बिचार धाराले सहमत हुँदै म पनि वहाँको टिममा समाबेश भए । 
विश्व ब्यापार संगठन(WTO) र साफ्टाको (SAAFTA) वास्तविकताले  मलाई पनि हामी नेपालीले हाम्रै देशमा गुमाएको बजारलाई फिर्ता ल्याउन सकिन्छ कि भन्ने आस पलाएर आयो अनी म सङ्गै यात्राि भएर निस्किए " हाटबजार " अनी बजार संरक्षण महासंघको ।  
देशका कुनाकुनामा हाम्रा उत्पादनहरु खेर गएकाछन , उचित मुल्य नपाएर मारमा परेका छन । बिचौलियाहरुको दबदबा बिद्यमान छ र हामी आफ्नै उत्पादन उपेक्षित भएको र बनाईएको टुलुटुलु हेर्न बिबश छौ । बिदेशी बस्तु , उपभोग्य समान र उत्पादनले हाम्रो बजार निलेको छ , जहाँ हाम्रो आफ्नो उत्पादनले टाउको उठाउन सकेको छैन । धादिङमा उत्पादित तरकारी र कृषि उपज , कृषकले सोझै कालिमाटी वा बल्खु बजार लगेर बेच्न सक्दैन , बिचमा बिचौलियाले सस्तो मुल्यमा खरिद गरेर बजार एकलौटी बनाईदिएको तितो सत्य हामीले स्विकार्नुपरेको छ । उचित भाउ नपाउदा पसिना खेर गएको छ कि त , एकदमा सस्तो मुल्यमा पसिना बेच्नुपरेको छ । यि र यस्ता तमाम कृषिका समस्या अनी उत्पादन सङ्ग जोडीएका कृषकका पसिना अनी मेहनतको सम्मान गर्ने  एउटा गतिलो सम्बोधन हो " हाट बजार " अनी राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ ।  

जब सम्म नेपाल स्वउद्यम अनी कृषिलाई देश बिकासको प्रमुख बाटो देख्दैन , देशले यही हबिगत भोग्नेछ र यो निस्चित प्राय छ । राजनीतिक अस्थिरता  , राजनीतिक हस्तक्षेप र बिदेशी ( संस्था - सरकार - ब्यक्ति ) हरुको बोलवाला रहुन्जेल देशले दुर्गती भोग्नेमा संका नहोला । र यो नै देशको लागी बिडम्बना रहनेछ । 

देसभरका उद्यमी अनी उत्पादनसङ्ग जोडीएका कृषकहरुको एउटा भरपर्दो अभिभाबक बन्न सक्ने सम्भाबनालाई अघी सार्दै , देशलाई चाहिएको एउटा वास्तविक बिकल्प हो " हाट बजार " अनी राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ । " गाउँ गाउँमा उत्पादन - शहर र बजारमा ब्यबस्थापन " - " आफ्नै उत्पादन - आफ्नै बजार " जस्ता कृषक र उद्यमीका लागी अपरिहार्य ब्यबस्थाको लागी एउटा मात्र बिकल्प हो । 

उद्यम र कृषिबाट मात्रै रुपान्तरण सम्भब छ , उन्नती सम्भब छ तथा न्युन जिबनस्तरबाट हरेक नेपालीहर्लाई सम्पन्न बनाउन यो महासंघ तथा हाटबजारले लिएको उदेस्यबाट मात्र सम्भब छ यो मेरो पनि ठम्याई हो । 

देश राजनीतिले सखाप पर्‍यो यो सत्य हो । र यो पनि सत्य हो हामी उद्यमशिल बन्न जानेनौ वा सकेनौ भने हामी तिनै खराब नेत्रित्वबाट भोलिका दिनमा पनि शाशित हुनेछौ , हुन बाध्य हुनेछौ । तर्सर्थ पनि राष्ट्रिय रुपमा हामी उद्यम र कृषि - उत्पादनलाई गाउँ गाउँ, बजार अनी शहरमा जोड्न चाहन्छौ । 

हामीले गुमाएको आफ्नै बजार , हाम्रो आफ्नै उत्पादनले जब सम्म भर्न सक्दैनौ - रुपान्तरण सम्भब छैन र हुँदैन पनि ।  जनतालाई मालिक बनाउने यो बिकल्प अहिलेको नेपालको लागी अती आवश्यक बिकल्प हो । आउनुहोस् हामी सङ्गै यात्रा गरौ । 

To be Continued ..................


 

No comments:

Post a Comment