Pages - Menu

Monday, January 6, 2025

संस्थापक अध्यक्षको रुपमा म : चन्द्रागिरीतिर

 एउटा अन्तराष्ट्रिय संस्था :  


\
पुरा ६ बर्ष Lions Club of Kathmandu Padmasambhav Dakshinkali  को बिभिन्न पदमा रहेर सकेको काम गरेपछी , अब आँफै अघी सरेर एउटा क्लब गठन गर्छु भन्ने सोचले प्रेरित थिए म । मेरो कार्यकाल सकिदै गर्दा यता नयाँ क्लब गठनको गृहकार्य हुँदैथियो । मलाई क्लबकै सदस्य श्री सुन्दर कुमार थापाको प्रमुख सहयोग रह्यो । फलत हामी २३ सदस्य रहेको Lions Club of Kathmandu Chandragiri City  गठन गर्न सफल भयौ ।  
मैले संस्थापक अध्यक्षको नेत्रित्व सम्हाले भने क्रमश : प्रथम उपाध्यक्ष श्री सुन्दर कुमार थापा , द्वितिय उपाध्यक्ष श्री रमेश प्रसाद पौडेल , सचिब श्री उत्सब न्यौपाने , कोषाध्यक्ष श्री जया निरौला अर्याल चुनियौ । 
चन्द्रागिरी नगरपालिका र काठमाडौ महानगरका सबै प्राय सदस्य रहेकोले क्लबलाई District 325 H  अन्तर्गत रहने गरी दर्ता सम्पन्न गर्यौ । यसरी बिगतको अनुभबलाई अब आँफै संस्थापक अध्यक्ष रहेको संस्थामा मैले सकेको नेत्रित्व लिने एउटा चुनौती अनी अबसर पनि मैले प्राप्त गरे । 
यात्रा सोचेजस्तो सहज पक्कै छैन तर मेरो प्रयास निरन्तर रहनेछ । नया टीमलाई सङ्गै लिएर जाने र क्लबलाई एउटा उचाईमा पुर्याउने प्रयास सदैब रहनेछ । 


समाजसेवाको एउटा माधय्म अन्तराष्ट्रिय संस्थाको रुपमा  Lions International ले विश्वका २०० भन्दा धेरै देशमा रहेर बिभिन्न मानबिय सेवाका कामहरु गर्दै आएको छ । हामी सोही संस्थाको एक अङ्गको रुपमा अबको यात्रा तय गर्दैछौ ।  
Chartered Date : 13th Jan 2025 ( Charter Certificate Date )


No comments:

Post a Comment