Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, July 7, 2020

thumbnail

माननिय भन्न छोडौ : नेता कहिल्यै माननीय हुँदैनन ।

By : Pramod K.Poudel : मान गर्न योग्य , सम्मानको लायकलाई माननीय भन्ने हैन र ? मैले बुझेको चाँही यही हो । मान गर्न योग्यलाई माननिय भन्ने हो भने हाम्रो जिबनमा केही थोरै ब्यक्तीमात्र यस भित्र पर्दछन । आमा बुवा , गुरु मुख्य ३ पात्र अनी सम्बन्धले  जोडीएर बोलिने केही थोरै पात्र । माननिय मन्त्री , माननिय नेता , माननिय वहाँ सब बकवास हुन । नेतालाई माननिय भन्न छोडौ नत मन्त्रीलाई नै । सम्माननिय प्रधानमन्त्री भन्ने चलन हामीले चलाएका हैनौ  , यि त तिनै नेता मन्त्रीका आसेपासेले भिडाएका उपाधी हुन । हामीले भोट् दिएर जिताएका ब्यक्ती हाम्रा लागि माननीय किन ? पदमा पूगेकै भरमा भन्नु पर्ने हो कि ? माननिय हुनु भनेको जनताको प्रिय हुनु हो , सत्तामा पुगेकै भरमा हामीले माननिय भनिदिनु पर्ने ? नेता , सांसद , सभासद माननिय हैनन है , गुरु - बुवा आमा माननिय अनी पूजानिय हुन । हामीले लगाइदिएको यो पगरी हामीले नै खोल्नु पर्छ , यहाँ माननिय भनेर बेतुकको महत्व दिन बन्द गरौ । हामी सँग नानाथरी भनेर भोट माग्ने , अनेक तिकडम गरी ठाउँमा पुग्नेलाई कुन नैतीकताले तिनलाई माननिय भनिदिनुपर्ने ? 


हामीलाई राजनीतिक भर्याङ बनाएर पद र प्रतिष्ठा पाएका ब्यक्तीप्रती अझै हामीले सम्मान गर्नु पर्ने ? जनताको हितमा , बिकासमा अहोरात्र सोच्ने नेताको कमीले राजनीतिक आस्था र विश्वाश डगमगाएको छ अहिले । जहिले अस्थिर राजनीति र विश्वाश गर्न लायक कुनै नेता नहुँदा जनतामा एकप्रकारको राजनीतिक नैराश्यता बढेको छ । यो स्वाभाबिक पनि हो । आखिर कहिले सम्मको जबाफ पनि छैन । न त राजनीतिले जनताको मन जित्न सक्यो न त कुनै नेताले । जनताले निराशा बाहेक पाएको भनेको उही पहिले देखिकै आश्वासन । मान गर्न लायक नेता वा ब्यक्तीनै नेपाली राजनीतिले पाएन । एकाध नेता त्यो बेलामा देखा परेका थिए अपबादमा । तर जनताले मनले मानानीय मान्ने नेता भने अहिलेसम्म पाएनन । नेपाली राजनीतिले स्विकार गरे पनि नगरे पनि प्राय लुट र गुटमै सिमित रह्यो हाम्रो देशको राजनीति । आखिर जनताले विश्वाश गरेका भनिएका नेताहरुको पनि सत्ता र पदले निच बनाईदियो । जनतामा आक्रोश यती छ कि जुनै बेला पनि बिस्फोट हुन पनि सक्छ । तिनै माननियका कुरा सुन्दा कन्पारो तातेर आउछ , तिनका कृयाकलाप देख्दा रीसको पारा उम्लेर आउछ । म मात्रै हैन , यहाँ लाखौं छन यस्तो लाग्ने । तर पनि बिडम्बना तिनै माननीयको चुरिफुरी चल्छ यहाँ । हाम्रै पसिनाले पालिएका हुन्छन तिनै मानानीयहरु , न कुनै योग्यता ? न त कुनै बिशेष क्षमता ? न कुनै उमेर हद न कुनै अबकासको सिमा ? सजिलै कमाउन सकिने पेशा भएको छ राजनीति । अनी तिनै मानानीयहरुको गतिलो धन्दा बनेको छ राजनीति । हामीले तिनै लाई मान्नु पर्ने रे ? लाज शरम छैन । नेतालाई , मन्त्रीलाई माननीयको उपाधी भिडउनेले मनले सोचुन । जनताको नाममा राजनिती गर्नेलाई माननिय भन्न छोडौ । उनिहरु बस हामेले चुनेर पठाएका राजनीतिक ब्यक्ती हुन , बिडम्बना हाम्रा प्रतिनिधि हुन, हाम्रा नाममा राजनीति गर्छन् , हाम्रो खुन पसिनाको भत्ता र तलब खान्छन र यो सत्य पनि हो  । बस ! यो भन्दा धेरै उपाधी भिडाएर , भजाएर ठुलो नबनाईदिउ । बस ! उनिहरु हाम्रा प्रतिनिधि हुन , मानानीय हैनन । 


Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu