Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Friday, July 11, 2025

thumbnail

बिषेश रह्यो यो जन्मदिन : १०१ बिरुवा रोपियो ।

 July 10 असार २६ । मेरो जन्मदिन । 


सधै जसो सबेरै उठ्ने , नुहाउने , मन्दिर जाने र आफुलाई थप असल बनाउन कोसिस गर्ने दिन । यि सबै गरे आज पनि ।  तर यो जन्मदिन केहि अलग होस भन्ने थियो । 

अघिल्लो दिन ( २५ गते ) साथी उत्सब्, उत्तम र म ३ जना गोठाटार पुगेर १०० वटा जती बिभिन्न जात र प्रकारका बिरुवाहरु ल्यायौ । 

२६ गते जन्मदिन पारेर बिरुवाहरु रोप्ने उदेश्य थियो ।  

( With Shambhu Dai & Pasang Sir ) 






चन्द्रागिरी ८ , बल्थली भन्ने स्थान नजिकै झान्दै ५ रोपनी सार्बजनिक जग्गा प्राप्त भयो बिरुवा रोप्न । मैले मेरै क्लबको साथिहरुको सहयोग लिए र केहि स्थानिय  साथिहरुले सहयोग गर्नुभयो । 
Lions International , District 325 H का Past District Governor  मेरो Mentor  शम्भु बहादुर थापा दाई र पासाङ्ग सर बिसेष मेरै लागी भनेर आईदिनुभयो र बिरुवा रोपिदिनु भयो ,  खास रह्यो यो मौका । 


Friday, June 27, 2025

Wednesday, May 28, 2025

thumbnail

एक फरक अनुभुति : OUCRU

 OUCRU : Oxford University Clinical Research Unit , Jhamsikhel 3 , Lalitpur 












एक फरक अनुभुति गर्दैछु म , अन्तरास्ट्रिय सन्स्थाको एउटा सदस्य बन्न पाउदा फरक अनुभब गर्दैछु यतिबेला । बिस्व प्रसिद्द अक्स्फोर्ड बिस्वबिद्यालय अन्तर्गतको एउटा युनिटले बिगत २००३ (AD) देखि नेपालमा Clinical Research  मा काम गरिर​एको छ । नेपाल सरकारका बिभिन्न निकायहरु ( Government & Authorized hospital ) सङ्गको सहकार्यमा  Research Field मा उल्लेखनिय योगदान गर्दैआएको जब म यसमा आबद्द भ​ए मैले अनुभब गरेका कुराहरु । 

Wednesday, May 14, 2025

thumbnail

अक्सफोर्ड बिस्वबिद्यालयको एउटा टिमको सदस्य बन्न पाउदा :

 OUCRU ( Oxford University Clinical Research Unit ) Nepal सङ्ग क्लब गठन भ​एपछि "  Influenza " बिषयमा एउटा सचेतना कार्यक्र्म गर्ने मौका जुर्यो , कलन्किमा रहेको जनपथ मा बि मा । 

कार्यक्रम पस्चात पुन सहकार्यको अपेक्षा सहित छुट्टिएको मेरो सम्बन्ध पुन:  जोडियो । एक दिन फोन आयो र OUCRU  ललितपुर झम्सिखेलमा रहेको को कार्यलयमा पुगे । 

( 1st Day @ OUCRU , Jhamsikhel , Lalitpur  with Ashata maam ,Pratibha sis and babin bro )


Monday, January 6, 2025

thumbnail

संस्थापक अध्यक्षको रुपमा म : चन्द्रागिरीतिर

 एउटा अन्तराष्ट्रिय संस्था :  


\
पुरा ६ बर्ष Lions Club of Kathmandu Padmasambhav Dakshinkali  को बिभिन्न पदमा रहेर सकेको काम गरेपछी , अब आँफै अघी सरेर एउटा क्लब गठन गर्छु भन्ने सोचले प्रेरित थिए म । मेरो कार्यकाल सकिदै गर्दा यता नयाँ क्लब गठनको गृहकार्य हुँदैथियो । मलाई क्लबकै सदस्य श्री सुन्दर कुमार थापाको प्रमुख सहयोग रह्यो । फलत हामी २३ सदस्य रहेको Lions Club of Kathmandu Chandragiri City  गठन गर्न सफल भयौ ।  
मैले संस्थापक अध्यक्षको नेत्रित्व सम्हाले भने क्रमश : प्रथम उपाध्यक्ष श्री सुन्दर कुमार थापा , द्वितिय उपाध्यक्ष श्री रमेश प्रसाद पौडेल , सचिब श्री उत्सब न्यौपाने , कोषाध्यक्ष श्री जया निरौला अर्याल चुनियौ । 
चन्द्रागिरी नगरपालिका र काठमाडौ महानगरका सबै प्राय सदस्य रहेकोले क्लबलाई District 325 H  अन्तर्गत रहने गरी दर्ता सम्पन्न गर्यौ । यसरी बिगतको अनुभबलाई अब आँफै संस्थापक अध्यक्ष रहेको संस्थामा मैले सकेको नेत्रित्व लिने एउटा चुनौती अनी अबसर पनि मैले प्राप्त गरे । 
यात्रा सोचेजस्तो सहज पक्कै छैन तर मेरो प्रयास निरन्तर रहनेछ । नया टीमलाई सङ्गै लिएर जाने र क्लबलाई एउटा उचाईमा पुर्याउने प्रयास सदैब रहनेछ । 


समाजसेवाको एउटा माधय्म अन्तराष्ट्रिय संस्थाको रुपमा  Lions International ले विश्वका २०० भन्दा धेरै देशमा रहेर बिभिन्न मानबिय सेवाका कामहरु गर्दै आएको छ । हामी सोही संस्थाको एक अङ्गको रुपमा अबको यात्रा तय गर्दैछौ ।  
Chartered Date : 13th Jan 2025 ( Charter Certificate Date )


Tuesday, November 19, 2024

thumbnail

गुमेको नेपाली बजार फिर्ता ल्याउने ( संरक्षण गर्ने ) अभियान : राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ

 नेपाली बजार लगभग गुमाएको अवस्था अर्थात हामी परउत्पादनमा निर्भर रहेको अवस्था । केही बर्ष अघी एउटा अभियानमा जोडीदै गर्दा श्री रामराजा आचार्य एउटा पात्र मात्र हुनुहुन्थ्यो अभियानको साईनोले । केही सामान्य परीचय र बोलचालबाट खासै सम्बन्ध उठ्न सकेको थिएन । ब्यबसायिक अनुभबले एउटा ठाउँ बनाएको ब्यक्ति , आफ्नै देशमै गरौ र गर्न सकिन्छ भन्ने बिचारले अभिप्रेरित ब्यक्ति । 


२०८० को दसैंको समय सकिनै लाग्दा हामी केही साथीहरु रामराजा सरको बालाजुस्थित अफिस पुग्यौ , भेट्घाट सहितको केही समयलाई । मेरो साथी मनोज फुयाल , के पि अधिकारि , उद्धब प्रशाद खनाल , रामकृष्ण अर्याल ,उत्सब खनाल भाई अनी म । रामराजा आचार्य सरसङ्ग पहिलो भेट मेरो स्वतन्त्र राष्ट्रिय अभियान नामको एउटा अभियानका क्रममा आज भन्दा केही बर्ष अघी काठमाडौमा भएको थियो । 
नुवाकोटमा संघर्ष गर्दै राजाधानीमा आएर पनि संघर्ष गरेर एउटा आफ्नै पहिचान बनाउन सफल रामराजा आचार्य । सुरुमा परिचयले खासै अर्थ नराख्ने , जब ब्यक्तिलाई बुझ्दै गईन्छ तब उसका राम्रा अनी नराम्रा पक्षपनी बुझ्दै गईन्छ । केही गरौ भन्ने भावना त वहाँ सङ्ग सुरुबाट नै थियो , बिचमा खासै संपर्कमा रहन सकिएन । 
२०८० दसैं सकिदै गर्दा रामराजा सरको एउटा बिचार  , योजनाले म लगायत हाम्रा केही साथीको ध्यान तान्यो । वहाँले सामान्य फोनबाट बताएपछी हामी वहाँको अफिसमा गयौ । 
अध्ययन अनी गहिरो बिश्लेषण सहितको गुमेको बजार , बस्तुको लागी अघी सारीएको योजना गज्जबको लाग्यो । हामी केही जोडीने भयौ यो यात्रामा । 


रामराजा सर आफ्नो ब्यापारिक यात्रामा सफल ब्यक्ती , वहाँको अध्ययन र सम्भाबनाहरुको पहिचान सङ्गै देशमै केही गर्न सकिन्छ भन्ने बिचार धाराले सहमत हुँदै म पनि वहाँको टिममा समाबेश भए । 
विश्व ब्यापार संगठन(WTO) र साफ्टाको (SAAFTA) वास्तविकताले  मलाई पनि हामी नेपालीले हाम्रै देशमा गुमाएको बजारलाई फिर्ता ल्याउन सकिन्छ कि भन्ने आस पलाएर आयो अनी म सङ्गै यात्राि भएर निस्किए " हाटबजार " अनी बजार संरक्षण महासंघको ।  
देशका कुनाकुनामा हाम्रा उत्पादनहरु खेर गएकाछन , उचित मुल्य नपाएर मारमा परेका छन । बिचौलियाहरुको दबदबा बिद्यमान छ र हामी आफ्नै उत्पादन उपेक्षित भएको र बनाईएको टुलुटुलु हेर्न बिबश छौ । बिदेशी बस्तु , उपभोग्य समान र उत्पादनले हाम्रो बजार निलेको छ , जहाँ हाम्रो आफ्नो उत्पादनले टाउको उठाउन सकेको छैन । धादिङमा उत्पादित तरकारी र कृषि उपज , कृषकले सोझै कालिमाटी वा बल्खु बजार लगेर बेच्न सक्दैन , बिचमा बिचौलियाले सस्तो मुल्यमा खरिद गरेर बजार एकलौटी बनाईदिएको तितो सत्य हामीले स्विकार्नुपरेको छ । उचित भाउ नपाउदा पसिना खेर गएको छ कि त , एकदमा सस्तो मुल्यमा पसिना बेच्नुपरेको छ । यि र यस्ता तमाम कृषिका समस्या अनी उत्पादन सङ्ग जोडीएका कृषकका पसिना अनी मेहनतको सम्मान गर्ने  एउटा गतिलो सम्बोधन हो " हाट बजार " अनी राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ ।  

जब सम्म नेपाल स्वउद्यम अनी कृषिलाई देश बिकासको प्रमुख बाटो देख्दैन , देशले यही हबिगत भोग्नेछ र यो निस्चित प्राय छ । राजनीतिक अस्थिरता  , राजनीतिक हस्तक्षेप र बिदेशी ( संस्था - सरकार - ब्यक्ति ) हरुको बोलवाला रहुन्जेल देशले दुर्गती भोग्नेमा संका नहोला । र यो नै देशको लागी बिडम्बना रहनेछ । 

देसभरका उद्यमी अनी उत्पादनसङ्ग जोडीएका कृषकहरुको एउटा भरपर्दो अभिभाबक बन्न सक्ने सम्भाबनालाई अघी सार्दै , देशलाई चाहिएको एउटा वास्तविक बिकल्प हो " हाट बजार " अनी राष्ट्रिय उत्पादन तथा बजार संरक्षण महासंघ । " गाउँ गाउँमा उत्पादन - शहर र बजारमा ब्यबस्थापन " - " आफ्नै उत्पादन - आफ्नै बजार " जस्ता कृषक र उद्यमीका लागी अपरिहार्य ब्यबस्थाको लागी एउटा मात्र बिकल्प हो । 

उद्यम र कृषिबाट मात्रै रुपान्तरण सम्भब छ , उन्नती सम्भब छ तथा न्युन जिबनस्तरबाट हरेक नेपालीहर्लाई सम्पन्न बनाउन यो महासंघ तथा हाटबजारले लिएको उदेस्यबाट मात्र सम्भब छ यो मेरो पनि ठम्याई हो । 

देश राजनीतिले सखाप पर्‍यो यो सत्य हो । र यो पनि सत्य हो हामी उद्यमशिल बन्न जानेनौ वा सकेनौ भने हामी तिनै खराब नेत्रित्वबाट भोलिका दिनमा पनि शाशित हुनेछौ , हुन बाध्य हुनेछौ । तर्सर्थ पनि राष्ट्रिय रुपमा हामी उद्यम र कृषि - उत्पादनलाई गाउँ गाउँ, बजार अनी शहरमा जोड्न चाहन्छौ । 

हामीले गुमाएको आफ्नै बजार , हाम्रो आफ्नै उत्पादनले जब सम्म भर्न सक्दैनौ - रुपान्तरण सम्भब छैन र हुँदैन पनि ।  जनतालाई मालिक बनाउने यो बिकल्प अहिलेको नेपालको लागी अती आवश्यक बिकल्प हो । आउनुहोस् हामी सङ्गै यात्रा गरौ । 

To be Continued ..................


 

Wednesday, September 25, 2024

thumbnail

७ बर्षे यात्रा अन्त्य गर्दाको अनुभब : Lions Clubs International


 यो पोस्ट अली ढिला हुनगयो । आज जुन अन्तिम दिन , भोली देखी जुलाई १ तारिक २०२४ । 

Lions clubs International को  Calendar अनुसार भोली देखी नयाँ  Lion Year - LY 2024- 25 सुरु हुँदैछ ।  २०१८ मा पहिलोपटक सदस्य बन्दै गर्दा विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था - लायन्स क्लबको एउटा अङ्ग हुन पाउदा म अती खुशी थिए । 

क्लबको स्थापनाकालमै महत्वपूर्ण भूमिका ( MC chairperson - Marketing and Communication  chairperson) पाएर यो यात्रालाई अघी बढाएको थिए मैले । एउटा अन्तरास्टिय सामाजिक संस्था , अनी त्यसको सदस्य । 

Wednesday, July 24, 2024

thumbnail

त्यती सजिलो छैन यात्रा : जुम्ला बजार पुग्दा - कर्णाली यात्रा : Day 5

हो त्यती सजिलो छैन कर्णली यात्रा । काठमाडौमा सोझो यात्रा गर्दा पनि २ दिन ( सडक हुँदै ) मा टेक्न सकिन्छ कर्णली सिमा ।  काठमाडौबाट सुर्खेत सम्म चिल्लो अनी खस्रो सडक हुँदै सहजै पुगिन्छ । सुर्खेत कटे पछी सुरु हुन्छ कर्णली यात्रा। 
To be continued ......................

 

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu