: - अब पनि त्यही पार्टी आउनेछन , फेरी देश लुट्नेछन !! हो - चुनाव आउँदैछ । पुराना भनिएका , देशलाई बिगत देखिनै आफ्नो बिर्ता सम्झिदै लुट्दै , जुट्दै अनी फुट्दै फेरी पनि तिनै दल , नेता र तिनका कार्यकर्ता घर घर आउँदैछन । तपाईंलाई फेरी एकपटक आफ्ना पुरानै भाषण सुनाउनेछन , अनेकौ आश्वासनका लड्डुहरु खुवाउनेछन । तपाईलाई आफ्नो पार्टीलाई भोट् दिन बिन्ती पनि गर्नेछन । गाउँ गाउँमा मासुभात , रक्सीका भोजहरु आयोजना हुनेछन । अनेकौ तिगडम रचिनेछन । अनी फेरी पनि तिनै पार्टी , नेताले जित्नेछन , जिताईनेछन । हो सत्यता यही हो र हेर्नुस् यही नै हुनेवाला छ । जबसम्म बिबेकहिन बनेर जनताले यो प्रकृया दोहोर्याईरहन्छन - तब सम्म हुने नै यही हो ।
तिनै दल अनी पार्टीले बिगत दशकौ देखी जनतालाई पङ्गु बनाएको यथार्थलाई आत्मसाथ गर्ने र बिबेचना गर्ने बेला अब आएको छ । देश कुन गतीमा पुगेको छ यो हरेक नेपालीले महसुस गरेको कुरा हो , यसको दोष देश जिम्मा लिने ठुला भनिने राजनीतिक दल र तिनका ब्यापारी नेताहरुले लिनै पर्छ ।
देश जिम्मा लिने नेतालाई कहिले तपाईंले कुनै प्रश्न सोध्नुभएको छ ? छैन भने किन सोध्नुभएन ? हामीले दिने एक एक भोट अमुल्य हुन्छ , यो हामीले देश चलाऊनेलाई दिनु भन्दा अघी सोच्नु पर्दैन ? पसलमा आलु किन्न जादा कुहिएको आलु किन्नु हुन्छ ? पक्कै किन्नु हुन्न , कुहिएको आलु फालेर राम्रो आलु किन्नु हुन्छ नि होइन ? किन ? देश चलाऊने मान्छे राम्रो चाहिदैन ? कि जस्तो भएपनी हुन्छ ? यही बुझ्नुपर्ने कुरा हो ।अबको चुनावमा सचेत मतदाता बन्नुहोस :तपाईं कहाँ भोट माग्न आउने प्रत्येक उम्मेदवारसँग सोध्नुहोस् :-
१. तपाईंको उम्मेदवारी किन?
२. तपाईलाई मैले भोट किन र के को लागि दिने?
३. तपाईंको पालिका र वडाको विकासका लागि कार्य योजनाहरु के के हुन?
४. ती कार्य योजनाहरु पूरा गर्न तपाईंको शैक्षिक योग्यताले पुग्छ त?
५. ग्रामीण पूर्वाधार विकासमा तपाईंको अनुभव के हो त?
६. तपाई निर्वाचित भए पछि तपाईंका मातहतका कर्मचारीहरूको कार्य कुशलता मूल्यांकन गर्ने क्षमता तपाईंमा छ कि छैन ?
- छ भने कसरी गर्नु हुन्छ?
- छैन भने हाम्रो मत खेर न फाल्नुस?
७. यो चुनावमा तपाईं ले खर्च गर्ने अनुमानित रकम कति हो ?
८. यो खर्च के का लागि हो ?
९. चुनावमा भएको खर्च कसरी परिपूर्ति गर्नुहुन्छ ?
- पैत्रिक सम्पति बेचेर ?
- गैर कानुनी आर्जनबाट?
- या अन्य श्रोत बाट ?
१०. जनताको चाहनालाई ध्यानमा राखि शिक्षा , स्वास्थ्य , रोजगार र पूर्वाधार विकास मध्ये के पहिलो प्राथमिकता के लाई दिनुहुन्छ र किन ?
११. अहिले तपाईं सँग आफ्नो श्रम बेचेर मासिक कति कमाउने योग्यता छ ?
१२. तपाईंले हालसम्म देश विकासमा कुन क्षेत्रमा के के योगदान गर्नु भयो?
त्यसकारण मनन योग्य कुरा के हो भने -
गन्हाएको सिद्धान्तहीन कथित नेताहरुबाट सावधान । हुनत यो दृश्य त देश भरिकै हो अमुक पार्टीका झोलेहरु टिकट नपाउँदा बाजा गाजाका साथ अर्को अमुक पार्टीमा प्रवेश गरेको दृश्यले लाजलाई पनि लाज लाग्दछ ।
त्यसैले आफ्नो अमूल्य मत सिद्धान्तहिन, विचारशुन्य, अविवेकी र तपाईंको अमूल्य मतलाई दाम तोकनेलाई नदिएर स्वच्छ छवि भएका कर्मठ , ईमानदार , लगनशील जनसेवी नेतालाई मात्र दिनुहोस ।तब मात्र तपाईको भोटको सही अर्थमा सदुपयोग हुनेछ ।
.............................................................................................................................................................
देशमा बारम्बार उही ब्यक्ती अनी उही पार्टीले शासन गरेको कतीभयो ? याद छ तपाईलाई ? अनी तिनले देशका लागी के के गरे ? कहिले सोच्नुभएको छ ? यदी छैन भने , तपाइलाई देशको माया छैन , यो लेखेर राख्नुस् । देश किन बिकास भएन , प्रश्न सङ्गै उत्तर तपाईं स्वयम आँफै हो ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments