Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Friday, July 10, 2020

thumbnail

आज मेरो जन्मदिन : यात्रा तितामिठा जिन्दगीका

असार २६ अर्थात म जन्मेको दिन । 
संसारको रीत यस्तै जन्म , जिबन अनी मरण । आज म जन्मेको दिन हेटौंडामा मेरो हजुरबुवा पर्ने ( १३ दिने ) बित्नुभयो । बिहान उठेर नुहाएर मन्दिर जाने चलन छ मेरो सधैं बर्षौ भयो । आज पनि उठेर नुहाए , कपाल चिसै थियो । बुवाको मोबाईल बज्यो , ममीले उठाउनु भयो । ९४ बर्षको हुनुहुथ्यो हुजुरबुवा हाम्रो पौडेल कुलकै जेठो सद्स्य । बिहानै खबर सुनेपछी दु:ख लाग्यो अनी यता मेरो जन्मदिन पनि। म जन्मेको दिन वहाँ बित्नुभयो , साह्रै दु:ख लाग्यो आज मलाई । यत्रो उमेर हुँदा पनि यो घट्ना भने घटेको थिएन। लकडाउन हुनुभन्दा केही अघी हमीले भेटेका थियौ हेटौंडामै गएर । मुश्किलले कुरा गर्न सक्नुहुन्थ्यो । आज बिहान दु:खको खबर सङ्गै मैले मेरो जन्मदिन वहाँमा समर्पित गरे । मान्छे हो जन्म पछी मरण सत्य हो, स्विकार गर्नै पर्छ । 



एक बर्ष अझ थपियो जिबनको । यसो सोच्न मन लाग्ने कहिलेकाही । के पाए वा के गुमाए भनेर । कती कुरा जायज लाग्ने अनी कती कुरा मिथ्या । किनकी जिबनका परिभाषा सबैका आफ्नै हुन्छन । गाउँमा जन्मेको अनी हुर्केको म । दु:खलाई नजिकबाट बुझ्ने चेस्टा गरेको मान्छे मध्यमा म पनि पर्छु जस्तो लाग्ने । यो उमेर सम्म आईपुग्दा सँगलेका अनुभबले यसो  फर्केर हेर्दा कतै खुशी त कतै ग्लानी हुदो रहेछ । म किन जिबन जीईरहेको छु , मेरो जिबनको लक्ष के ? के का लागी मैले बाचिरहेको जस्ता ब्यक्त नहुने तर अहम कुरा मै म अल्झिरहेको हुँ कि जस्तो पनि लाग्ने कहिले काही । बुझ्ने भएपछी मान्छे पैसा र पदको लागी  दौडिन्छ , मानौ जन्मेकै पैसाको लागी हो । उमेरमै कमाउने र रमाउने लालशामा लिप्त हुन्छ मान्छे शायद म पनि के कम । परिवार , आफन्त , साथीभाई सबै प्राय सबैमा कहिन कही पैसा जोडीएर आउने रहेछ । भावना , आत्मियता , मानबता अनी सम्बन्धको महत्वलाई पैसा सङ्ग नजोड्दा हुने नि तर समाज र दुनियाँ शक्ती र सम्पन्नतामा यसरी दौडिरहेको छ कि ! जन्मदिन मेरो , केही नयाँ काम गरु भन्ने सोच पनि आयो । तर गर्ने के चाँही आएन , आउँला चाडै । प्राय दिन घरमै बित्यो । भगवानलाई घरबाटै सम्झे मैले । उता हजुरबुवाले छोडेर जानुभयो । नाती आएको दिन नै वहाँलाई किन जानु परेको ? इश्वरको लीला । 
   

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu