Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Friday, July 17, 2020

thumbnail

अरुको लागी छुट्याइने केही समय : आत्मसन्तुस्टी मिल्छ ।

आफ्नो लागी दिने समय आफ्नै हो जुन बेला अनी जती बेला दिएपनी । कहिलेकाही आफु भन्दा अली पर पुगेर अरुको लागी केही गर्दा जुन आनन्द आउछ नि त्यो नै धर्म हो जस्तो लाग्छ । अस्ती २९ गते , भानु जयन्ती । क्लबले फर्पिङको गोपालेष्वर मन्दिर वरपर सरसफाइ कार्यक्रम गर्‍यो । जहाँ म पनि थिए । भगवान मनमा हुन्छन अनी त्यही मनले भगवानको मन्दिर सरसफाइ गर्न पाउदा आनन्द आयो । मन्दिर पुनर्निर्माण गरिएकोले केही अस्तब्यस्त थियो । त्यही मौकामा हामीले मन्दिर वरपर सरसफाई गर्दै , अस्तब्यत सरसामानहरुलाई मिलाउने , हटाउने काम गर्यौ । स्थानिय समाजसेवीहरुको हौशलाले राम्रो काम गर्‍यो । 






साउन महिना लाग्दै  गर्दा भगवान शिवको सेवा गर्न पाउदा खुशी लाग्यो । मन्दिर सरसफाई सकिएपछी केही बोटबिरुवाहरु पनि रोपियो । पक्कै पनि जिबन दिनु सबैभन्दा पुण्यको काम हो । मलाई यस्तै लाग्छ । बिरुवा हामी सबैको प्राण हो । आखिर मरेर लाने त त्यही काम हो । दु:ख सुख त चलेकै हुन्छ , कहिलेकाही अरुको लागी पनि सोच्दा र सकेको गर्दा अरु केही नपाएपनी एउटा खुशी मिल्छ , सन्तुस्टी मिल्छ जुन पैसा तिरेर नपाइने रहेछ । किनकी त्यो अमुल्य हुन्छ । सकेको सहयोग गर्नु मान्छेको एउटा कर्तब्य पनि हो , निभाउने वा ननिभाउने हरेक ब्यक्ती को कुरा हो । जय नेपाल ।  
By ; Pramod kumar poudel 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu