राष्ट्रिय मुद्दा र बिषयलाई उठान गर्दै , रास्ट्रिय अभियानमा सामेल हुनु पक्कै पनि सोचे जस्तो सहज अनी सजिलो भने छैन । जिबनका धेरै प्रहरहरु खर्चिनु पर्छ , भोक प्यास भुल्न सक्नुपर्छ , जिबनलाई दाउमा राखेर मन बचन र कर्मले भिड्न जान्नुपर्छ । अभियन्ता सुन्दा सामान्य शब्द हो , तर यसको महत्व अझ भनौ यसको ओझ भने ठुलो छ यदी सही मानेमा अभियन्तालाई बुझ्ने हो भने । पक्कै पनि म आफुलाई समाजको एउटा युवाको रुपमा मान्दा देश बिकासको यात्रामा , अभियानमा सरिक भएको सद्स्यको रुपमा आफुलाई परिचय गराउन रुचाउछु । सजिलो छैन अभियन्ता हुन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालको एक सदस्य भएपछी मैले मुलभुत रुपमा समाज अनी देशप्रतिको कर्तब्य अनी उत्तरदायित्वलाई झनै नजिक बाट जान्ने अनी बुझ्ने मौका पाए । त्यसैले म अभियानमा एउटा सदस्य अनी अभियन्ताका रुपमा समाहित भए । देशको दुर्गतीलाई देशका पार्टी अनी तिनका नेताहरुको टाउकोमा हालेर उम्किने जनताभित्र म पर्दिन जस्तो लाग्छ , राजनीति युवाको उदेश्य बन्नुपर्छ , युवा खुलेर देश बनाउन - बचाउन राजनीतिमा आउनै पर्छ भन्ने मान्यता बोक्ने युवा हुँ म । तसर्थ पनि अभियानले राजनीतिक बाटो समात्दा म झनै गनिभुत यसभित्र पस्न लालायित भएको छु । हामीले देखेका र भोगेका राजनीतिक घटनाहरुले हामीलाई सिवाय बित्रिश्णा बाहेक केही दिएन न त दिन्छ नै । बिकल्प नै युवा हुनुपर्छ , सचेत अनी सक्षम युवाहरु जब सम्म राजनीतिमा हाबी हुँदैनन तब सम्म्म देशले यिनै रास्ट्रघाती फटाहाहरुको गुलाम भईरहनुपर्छ । तर्सर्थ पनि अभियन्ता बने ।
No Comments