हो साथी म कबिता लेख्छु , अध्यारोमा नि उज्यालो देख्छु !!
हो साथी त्यसैले पनि कबिता लेख्छु
.............................................
म यो माटो रोएको देख्छु , उता खोला रोएको देख्छु
स्वतन्त्र भएर बग्ने त्यो हावा रोएको देख्छु
हो म कबिता लेख्छु , अध्यारोमा नि उज्यालो देख्छु
...................................................
म सङ्गै खेल्ने सङ्गिका हात पसिनाले धोएको देख्छु
यता ति बुढा बाआमा बेलाबखत रोएको देख्छु
हो साथी म कबिता लेख्छु , अध्यारोमा नि उज्यालो देख्छु
......................................................
बिरक्तिएर बैराग्यले आफ्नो लय छोडेको देख्छु
उर्जाशक्ती बिलाएर मुन्टो कतै मोडेको देख्छु
हो साथी म कबिता लेख्छु , अध्यारोमा नि उज्यालो देख्छु
.......................................................
सानो झिल्को उज्यालो , कही कतै बलेको देख्छु
आशा अनी भरोशाको पुत्त ज्वाला जलेको देख्छु
हो साथी म कबिता लेक्छु , अध्यारोमा नि उज्यालो देख्छु
.......................................................
आउन साथी सङ्गै लेखौ , उज्यालोका सब्दहरु
शब्दभित्रै बोकिएका एटमबम अनी हतियारहरु देख्छु
हो साथी म कबिता लेख्छु , अध्यारोमा नि उज्यालो देख्छु
हो साथी म कबिता लेख्छु , अध्यारोमा नि उज्यालो देख्छु ।।।
..................................................................................................
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments