आज मार्च ३१ , २०२० । स्थान : घरकै कोठा । विश्व अहिले ठप्प छ , सुनसान छ अनी ओजन तहले पनि केही राहत पाएको अवस्था छ । उता अमेरिका छटपटाउदै छ , इटाली रुदै छ । यता मेरो देश तयारीमा जुट्दै छ , यो लेख्दा सम्म ५ जनामा देखियो । कोरोना । हो कोरोना , चाइना ( चिन ) बाट निस्कियो अनी अहिले विश्वको भ्रमण गर्न निस्कियो । यो लेख्दा सम्म ३७००० को ज्यान लियो । संसारले जती नै बिकास गरेपनी प्रकृती सङ्ग लढ्न अनी जित्न भने सम्भब रहेनछ भन्ने कुरा यो कोरोनाले प्रमाणित गर्यो । आज ९ दिन लकडाउनको , नेपाल सरकारले ७ दिनको लकडाउन बाट अर्को ७ दिन थपेर दुई हप्ता पुर्याएको छ । सबै तिर प्राय ठप्प छ । म पनि घरमै छु । हिडिरहने बानी यो कोरोनाले घरमै बन्दी बनाईदियो । जिबनमै पहिलो अनुभब यो । हिजो अस्ती नेपाल बन्द भए , हडताल भए , नाका बन्द भए तर यो दिन पहिलो पटक देखियो .
अनी बिचार गरे , ब्लग लेखु अनी सुरु गरे । हुन त म प्राय इन्टरनेटमै हुन्छु , झन यो समयले यतै तिर ठेलिदियो । यो पहिलो लेखाई यो ब्लगमा । अब यात्रा जारी रहन्छ । कोरोनाबाट सचेत छु म र मेरो परिवार पनि । सबै सचेत हुन जरुरी छ ।
#staysaferomcorona
#myblogs1
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments