Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Thursday, April 2, 2020

thumbnail

जन्मघरको सम्झना : नमेटिने स्मरण

हरेक ब्यक्तीलाई आफु जन्मेको जन्मघर र परिवार चिरस्थायी लाग्छन र यो स्वाभाबिक पनि हो म पनि यस स्वभाबबाट अछुतो रहन सक्दिन । हुन त मान्छेको जिबन कहाँ बाट कहाँ पुग्छ थाहा नै नहुने , आज एक ठाउँमा भएपनी भोली कहाँ पुगिन्छ टुङ्गो चाँही नहुने रहेछ । 
( My Old Home at Dollu , With my Friend Tulasi : 2068 B.S)
सबै परिवार शहर हानिएको पनि १५ बर्ष भन्दा १ अनी २ बर्ष धेरै भयो होला । सुख अनी दु:ख भनेको यस्तै हो शहरिया भएको पनि लामै भएछ । यो समय धेरै उतारचढाबहरुमा बित्यो जुन सामान्य नै होला । एउटा सम्बन्ध प्रगाढ अनी मनैभित्र रहने , गाउँघर सँगको नाता अनी कणकण सङ्गको आत्मियता । घर आगन , खोलानाला , बन बुटियान , खेतबारी , हावापानी , ढुङ्गामाटो अनी अरु हरु पनि धेरै ।।। हरेक सङ्गको आत्मियता । कहिले काही पुगिन्छ गाउँ , जस्तै भएनी आफु जन्मेको गाउँ प्यारो लाग्छ लाग्छ , कती भावनाहरु अमिलो होलान अनी कती मिठा पनि तर गाउँ भनेको गाउँ नै हुने । आज पनि जन्मा घर उस्तै छ , पुरानो भयो तर ठिङ्ग उभिएको ।   अनी म नि नजिकै ठिङ्ग उभिएर एकटक हेर्छु घर लाई । कता कता एउटा माया पलाएर आउछ अनी भावना उर्लेर आउछ । 

अनी मान्छे जती सुकै सम्पन्न बनोस , जती सुकै उन्नती प्रगती गरोस एउटा कुरा सत्य रहेछ : आफ्नो धरातल । जुन बिर्सिनु नहुने रहेछ । तर यो फगत हुन्छ धेरैको लागी । 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu