Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, April 11, 2020

thumbnail

नयाँ बर्ष २०७७ को यो पूर्व सन्ध्या :

पुरा बिश्व ठप्प प्राय छ । अनी नेपाल पनि । आज सम्बत २०७६ को अन्तिम दिन अर्थात आज बाट यो २०७६ पनि सकिदैछ । भोली बाट नयाँ दिन नयाँ साल अनी अनी नयाँ समयको आगमन हुँदैछ । जती अन्य समय भन्दा बिलकुल नयाँ दिन भने शायद हुने छ कारण उही कोरोना । जता पनि उही कोरोनानै राज छ । नयाँ बर्ष २०७७ सालमा धेरै नयाँ काम होस् , उन्नती प्रगती गर्न सकियोस भन्ने आस हरेकमा हुन्छ र म मा पनि पक्कै छ । तर नयाँ बर्षको सुरुवात जे जस्तो भएपनी पुरा साल सफल रहोस् ,चाहेका इक्षाहरु पुरा होउन मेरो हार्दिक शुभकामना मलाई चिन्ने अनी नचिन्ने सबैमा । नयाँ साल म आँफै पनि केही अलग होस् भन्ने चाहन्छु थाहा छैन के हुन्छ वा हुँदैन तर आस नै त् हो । अहिलेलाई भने पुरा विश्वनै कोरोनालाई पराजित गर्न तर्फ लाग्नुपर्ने छ । जिबन रहे न अरु रहन्छ तसर्थ अरुलाई तपशिलमा राख्दै हामीले आफ्नो तर्फबाट गर्न सक्ने व्यबहार र सहयोग भने पक्कै गर्नु पर्छ । देश रहे हामी रहन्छौ । धेरै कुरा सिकायो यो साल ले , म चाहन्छु अब आउने नयाँ बर्षले अझ मलाई सिकाउने क्रम जारी राखोस् । नयाँ बर्ष शुभ रहोस् हार्दिक शुभकामना ।  

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu