अरु बेला यसो कही नै कही नै गईन्थ्यो यो दिन । यो दिन अर्थात बैशाख १ , नयाँ बर्ष । तर आज चाहि घरकै बास । आज सोमबार १ गते २०७७ । बिहान ५:४२ मा उठियो अनी एक दुईजना आफ्नालाई शुभकामना बाडियो । आजबाट एउटा नयाँ बानी सुरु गरे मैले - बिहान उठेर योगा गर्ने , अब सधैं योगालाई निरन्तरता दिने भए मैले । अनी नुहाएर नयाँ दिनको सुरुवात गरियो । यो बाहेक खासै नयाँ काम भएन । कारण उही कोरोना । आज २२ औ दिन होला लकडाउनको । नयाँ दिन अनी नयाँ समयलाई आत्मसाथ त गरे मैले तर घरबाट कही जान आट आएन र जाने कुरा पनि भएन । दिनभरी दक्षिण भारतीय फिल्म हेरियो , २ वटा । खाजा खाएर यो लेख्न सुरु गरे ।
खासै खास रहेन पुरै दिन , योगाको सुरुवात बाहेक । जे होस् एउटा सुरुवात चाही गरे मैले । अनी समाचार तिर पनि नजर पुर्याईरहे , यो लेख्दा सम्म विश्वभर एक लाख १३ हजारको मृत्युको खबरले मन अमिलो भयो । अनी आज नेपालमा थप २ जनामा देखियो , जम्मा १२ जना आजसम्म।सबै तिर यसकै प्रभाब छ , कती दिन लम्बिन्छ थाहा छैन । अरु खासै छैन अहिलेलाई । मेरो ब्लग पढ्नु हुनेलाई धन्यवाद । कुनै सुझाब छन भने भनिदिनुहोला , पालना पक्कै गर्नेछु । फेरी भेटौँला ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email
No Comments