आज लकडाउनको ३१ औ दिन पनि । यो लेख्दा सम्म मेरो देशमा ४५ जना बिरामी पुगेका छन । यो संख्या कती पुग्छ वा कहाँ पुगेर रोकिन्छ यो थाहा छैन । सरकारले आफ्नो प्रयास चाँही जारी राखेको छ । राजनीतिक रुपमा हुने खिचातानी मेरो देशमा आजपनी देखिन्छ जबकी देश मात्रै हैन बिश्वनै अहिले महामारीबाट ब्यप्त छ । नेपालको राजनीति कहिले सङ्लो हुन सकेन , सधैं धमिलो अनी सधै अस्थिर । राजनीतिले समग्र देशको भबिस्यलाई डोर्याईरहेको हुन्छ । तर बिडम्बना जुन जोगी आएपनी कानै चिरेका भन्ने नेपाली उखान त्यसै बनाईेएको भने हैन । यहाँ मनलाग्दी फोहोरी राजनीति हुन्छ यो सबै जनतालाई थाहा छ , अनी हाललाई गर्न सकिने चाँही केही पनि हैन । कठै मेरो देश , भन्न मन लाग्छ । यता मेरा स्टाफहरुको पिडा अब बुझ्नुपर्ने भएको छ मैले, रासन सकियो भनेर फोन गर्छन् , स्टाफ पालेपछी उनिहरु अफ्ठेरोमा हेर्नु मेरो दायित्व हो । तर न हिढ्न पाईन्छ अनी न बैक खुल्ला छ अनी एक महिनाको लकडाउनले अब न खल्तीमा पैसा नै छ । हेरुम गर्न सकिन्छ के ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments