यहाँ छोटो तथ्यलाइ राख्न चाहे यसै वरपर रहेर :
स्वास्थ्य
शाकाहारी खानामा रोगसँग लड्ने शक्ति हुन्छ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता आवश्यक तत्व पाइन्छन् । साथै, प्रोटिन, कार्बोहाइड्रेड, फाइबर, क्यालोरीजस्ता हाम्रो शरीरका लागि अत्यावश्यक तत्व पनि शाकाहारी खानेकुरामा पाइन्छ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटुरोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । यससँगै शाकाहारी भोजन गर्ने महिलामा स्तन क्यान्सर हुँदैन ।
पर्यावरण
शाकाहार स्वास्थ्यका लागि मात्र नभई पर्यावरणका लागिसमेत राम्रो मानिन्छ । मासु उत्पादनका लागि करिब पाँचदेखि पाँच हजार लिटरसम्म पानी खपत भइरहेको हुन्छ । अझ यसैकारण सहरी क्षेत्रमा पानीको अभाव बढिरहेको छ, जहाँ मासुको खपत पनि बढी हुने गर्दछ । यसरी माछा–मासुको अत्यधिक प्रयोगले अप्रत्यक्ष रूपमा पर्यावरणमा असर पु¥याइरहेको छ । मासुका लागि जथाभावी धेरै पालिएका जनावर पानी–प्रदूषण, वनविनाश, भूक्षयको कारण बनिरहेका छन् । यदि धेरै मानिस शाकाहारी बन्ने हो भने केही मात्रामा वातावरण प्रदूषित हुनबाट बचाउन सकिन्छ ।
मौसम परिवर्तन
पछिल्लो समय ग्लोबल वार्मिङ तीव्र गतिमा बढिरहेको छ । जसको मुख्य कारण मानिसको जीवनशैली हो । ओजन तहलाई असर पार्ने क्लोरोफ्लोरो कार्बनको स्रोत दूध र मासुका लागि पालिएका पशुपक्षीलाई मानिएको छ । मासु उत्पादनका क्रममा उत्पादित ग्यास मौसम परिवर्तनको कारण बनिरहेका छन् । मासुजन्य उत्पादन मात्रै रोकिएमा करिब आधा प्रतिशत खतरनाक ग्यास उत्पादन घट्न सक्छ ।
शान्ति
दार्शनिक लियो टोस्टेओका अनुसार शाकाहारवाद नै मानवतावादको पहिलो तपस्या हो । मासु उत्पादनका लागि जीवजन्तुको हत्या गर्नुपर्ने हुन्छ । यसको परिणाम समाजमा हिंसात्मक भावना फैलिने डर हुन्छ । मांसाहारी बन्नु खानासँग मात्रै नभएर धर्म, संस्कृति, अध्यात्मसँग पनि जोडिएको हुन्छ । हिन्दू धर्ममा समेत मांसाहारी बन्नुलाई नराम्रो भनिएको छ । तसर्थ, शाकाहारी बन्नु आफू, आफू बसेको समाज, धर्म–संस्कृति र पर्यावरणका लागि उपयोगी छ ।

Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments