राजस्थानको जयपुरमा मुस्लिम परिवारमा जन्मेका खानको पिता जागिरदार खान टायरका सामान्य ब्यापारी थिए । पढाईमा राम्रा खान , क्रिकेटका माहिर खेलाडी पनि थिए , उनले नेसनल ड्रामा स्कुल , दिल्लीबाट मस्टर अफ आर्ट्स गरेका थिए । सुरुमा उनी मुम्बईमा रहदा एयर कन्डिसन बनाउने मेकानिक्सको रुपमा केही समय काम गरे र एक्दिन स्व राजेश खन्नाको घरमा पनि पुगे मर्मतको लागी । उनको सोच मुम्बईको सपनानगरी फिल्म उध्योगमा लाग्ने थिएन । तर उनको सादगी जिबन एकातिर थियो भने उनको ब्यक्तिगत जिबनशैलीले उनमा एउटा बलियो कला भएको प्रतिती हुन्थ्यो । सन १९८८मा सलाम बम्बेबाट उनले आफ्नो अभिनयको औपचारिक थालनी गरे र २०२० सम्म आइपुग्दा उनका एतिहासिक फिल्महरुले उनको लोकप्रियाता भारतमा मात्र सिमित राखेन उनी हलिउडका समेत एउटा अङ्ग भए । उनको जिबन्त अभिनय क्षमताले गर्दा उनको प्राय सबै फिल्म मन पराईथ्यो । हासिल , मकबूल , लाईफ इन अ मेट्रो , पान सिंह तोमार , लन्च बक्स , बिल्लु बार्बर , पिकु यिनका राम्रा फिल्महरुमा पर्दछन । अरुलाई छिनमै रुवाउन सक्ने अभिनयका लागी यिनी बलिवूडमा कहलिएका थिए । भारतीय फिल्म फेयर अवार्ड देखी नेसनल अवार्डका बिजेता खानलाई मन नपराउने शायदै थिए त्यो जमातमा । १०० भन्दा बढी फिल्म अनी २ दर्जन भन्दा बढी टेलिफिल्ममा आफ्नो छाप छोड्न सफल यिनका नराम्रा बानी पनि थिए जस्तै यिनी चुरोट र रक्सी सेवान गर्न मन पराउथे र कहिले त धेरै नै खान्थे पनि । उनको विवाह सन १९९५मा प्रेम विवाहको रुपमा सुतपा सिक्दर सङ्ग भएको थियो । हाल उनका २ सन्तान छन । केही दिन अघी आफ्नी जन्मदिने आमा गुमाएका खान अब आँफै बिलाएका छन । बलिवूड अनी हलिवूडले उनको अन्त्यमा गहिरो सोक ब्यक्त गरे । हाम्रो देशमापनी उनका लाखौं प्रसंशक थिए , यो खबरले सबै दुखी छन । जे होस हुने हार दैब नटार भनेझै उनको अभिनयको यादले उनलाई चिरस्मरणिय बनाई राख्नेछ ।कोरोनाको महामारीका बिचमा उनले क्यान्सरसङ्ग हार माने र बिलाए सधैंको लागी । उनको मुम्बईमा मुस्लिमा परम्परा अनुसार सुपुर्द ए - खाक गरिएको छ । उनको आत्माले शान्ती पाओस । हार्दिक श्रद्दन्जली , अल्बिदा एउटा कुशल कलाकारलाई ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments