आस्थामा भन्दा स्वार्थमा उन्मुख छन आजकाल मान्छे हरु । त्यसैले इक्षा पुरा गर्न माग ( Demand )को लहर र खात बोकेर उभिन्छन मन्दिरको ढोकामा । अनेकौ कुकर्ममा लिप्त छ मान्छे । त्यसैले आफ्ना अपराधले आफुलाई कुनै संकट नआओस भन्ने कामनाका साथ डर पखाल्न पुग्छ मान्छे मन्दिर । आस्था हैन आजकाल डरको डङ्गुर भएका छन मन्दिरहरु , समर्पण अनी मनको आस्था हैन स्वार्थको भकारी बनेका छन मन्दिराहरु ।
यजुर्बेद पढदा होस् या महाभारत पढदा अनी कुरान होस् वा बाईबल सबै धर्महरुले - कसैको पनि हिंसा सबैभन्दा खराब काम हो भनेका छन । तर पशुबली सहन वाध्य छन कालीहरु , देबीहरु अनी देबताहरु । हरेक पाँच बर्षमा बाराको गढिमाई चर्चामा आउछ , बलिकै कारण । हजारौ निरिह अनी अबोध प्राणको आहुती हुन्छ , खोला नै बग्छ सानीतिनो रगतको । मलाई त आसु आउछ , च्य्या च्या को आवाज सुन्दा , जब उ मन्दिरनिर पुग्छ र पुर्याइन्छ अनी उसको प्राणको आहुती दीईन्छ आफ्नो स्वार्थको लागी । त्यसैले म अस्टमीको दिन मन्दिरनै जान्न । यो क्षम्य पक्कै छैन ।
अबोध पशुहरु मारेर कहाँ हुन्छ प्राप्ती ? कसरी मिल्छ धर्म ? के आधारमा पाईन्छ मोक्ष ? हाम्रो सनातन धर्मले यही सिकाएको छ ? काली अनी देबी आँफैमा शक्ती हुन , आँफैमा बल अनी सामर्थ्य हुन भने किन खुवाउनु पर्छ बली ?किन खुवाउनुपर्छ उनलाई रगत ? उनी आँफैमा सर्बस्वको श्रोत हुन भने किन दिनुपर्छ मान्छेले नानाभाती ?
अन्तमा ; मान्छेको स्वार्थ , मान्छेको बहानाबाजी , मान्छेको भ्रम अनी अन्धबिस्वास भन्दा माथी नउठेसम्म हुन सक्दैन भगवान प्रती साचो श्रद्दा अनी आस्था । मनले धर्म गरौ , भ्रमले हैन । हे भगवान यो बली प्रथा बारे सबैमा सदबुद्दी देउ ।
Personal Toughts :
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments