Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, April 25, 2020

thumbnail

आस्था अनी आस्थाभित्रका काला धब्बाहरु : एक बिबेचना

हरेक ब्यक्ती कुनै न कुनै धर्म अनी सम्प्रदाय प्रती आस्थावान हुन्छ र यो संसारको सिद्दान्त नै हो । म हिन्दू हुँ , गर्ब छ मलाई मेरो धर्म अनी आस्था प्रती अनी विश्वका सबै धर्म र आस्थाप्रती मेरो सम्मान पनि । यहाँ मेरो तर्क चाँही अली फरक छ । म मन्दिरहरुमा दिईने बलीप्रथाको घोर बिरोधी , बाल्यकालमा बुझ्न नसक्नु अलग कुरा तर जब चेतना बिकास भयो तब देखी म यसको बिरोधी । मठ मन्दिरमा हुने बली मैले कहिले पनि हेर्न सकिन । सधैं मुण्टो लुकाएर वा मुख फर्काएर हिढ्थे म आसपास पनि । बली आँफैमा गलत हो , मेरो आफ्नो बिचार  । हामीमध्यमा धेरैमा धर्म वा शास्त्रमा बलीको कुरा छ भन्ने गलत विश्वाश छ , यो विश्वाश नै गलत हो । हामी हरेक धर्मग्रन्थ हेरुम वा विद्वानह्ररु सङ्ग सोधौ न , यो सब मिथ्या हो । म आँफै पनि बाहुनको छोरा , केही धर्मग्रन्थबारे थोरै जानकारी राख्छु , कतै भेटिन अज सम्म : बली देउ , रगत चढाउ म तिमीलाई बर दिन्छु, तिम्रो कामना सिद्द गर्दिन्छु वा मनको कुरा पुरा हुन्छ भनेर कुनै देबी वा देबतले भनेका । यदी कही कतै यो भनेका छन भने चाँही कृपया मलाई खबर गर्नुहोला । यो बली एउटा जरो हो , यती बलियो कि सम्भब नै नहुने जरो उख्ल्न । यस्ता कुरा गर्‍यो भने कतिपयले भन्छन " धार्मिक भावनासङ्ग खेल्ने ? धार्मिक आस्था बिरुद्द बोल्ने ? सयौ बर्ष देखिको चलन अनी रितिरिवाजलाई च्यालेन्ज गर्ने ?? यस्तै तर्क अघी आउछ । गलत लाई गलत नै हो भन्ने संस्कारले चाहे जो आओस , गलतलाई सधैं गलत नै भन्न सिकाउछ ।


आस्थामा भन्दा स्वार्थमा उन्मुख छन आजकाल मान्छे हरु । त्यसैले इक्षा पुरा गर्न माग ( Demand )को लहर र खात बोकेर उभिन्छन मन्दिरको ढोकामा । अनेकौ कुकर्ममा लिप्त छ मान्छे । त्यसैले आफ्ना अपराधले आफुलाई कुनै संकट नआओस भन्ने कामनाका साथ डर पखाल्न पुग्छ मान्छे मन्दिर । आस्था हैन आजकाल डरको डङ्गुर भएका छन मन्दिरहरु , समर्पण अनी मनको आस्था हैन स्वार्थको भकारी बनेका छन मन्दिराहरु । 
यजुर्बेद पढदा होस् या महाभारत पढदा अनी कुरान होस् वा बाईबल सबै धर्महरुले - कसैको पनि हिंसा सबैभन्दा खराब काम हो भनेका छन । तर पशुबली सहन वाध्य छन कालीहरु , देबीहरु अनी देबताहरु । हरेक पाँच बर्षमा बाराको गढिमाई चर्चामा आउछ , बलिकै कारण । हजारौ निरिह अनी अबोध प्राणको आहुती हुन्छ , खोला नै बग्छ सानीतिनो रगतको । मलाई त आसु आउछ , च्य्या च्या को आवाज सुन्दा , जब  उ मन्दिरनिर पुग्छ र पुर्याइन्छ अनी उसको प्राणको आहुती दीईन्छ आफ्नो स्वार्थको लागी । त्यसैले म अस्टमीको दिन मन्दिरनै जान्न । यो क्षम्य पक्कै छैन ।
अबोध पशुहरु मारेर कहाँ हुन्छ प्राप्ती ? कसरी मिल्छ धर्म ? के आधारमा पाईन्छ मोक्ष ? हाम्रो सनातन धर्मले यही सिकाएको छ ? काली अनी देबी आँफैमा शक्ती हुन , आँफैमा बल अनी सामर्थ्य हुन भने किन खुवाउनु पर्छ बली ?किन खुवाउनुपर्छ उनलाई रगत ? उनी आँफैमा सर्बस्वको श्रोत हुन भने किन दिनुपर्छ मान्छेले  नानाभाती ? 
अन्तमा ; मान्छेको स्वार्थ , मान्छेको बहानाबाजी , मान्छेको भ्रम अनी अन्धबिस्वास भन्दा माथी नउठेसम्म हुन सक्दैन भगवान प्रती साचो श्रद्दा अनी आस्था । मनले धर्म गरौ , भ्रमले हैन ।  हे भगवान यो बली प्रथा बारे सबैमा सदबुद्दी देउ । 
Personal Toughts :

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu