जन्म दिने आमा र जन्मेको ठाउँ ( देश ) प्यारो हुने नै भयो । गाउँको निम्न बर्गिय परिवारमा जन्मेर अभाब अनी दु:ख सँगै क्षणिक खुशीलाई नजिकबाट नियाल्दै मेरो बाल्यकालले गती लिदै गयो । तल डोल्लुखोलाबाट माथि पानीभा ( पानीको श्रोत भएकोले पानी भा खोला -- पानीमा खोला ) सम्म अनी पारीबन ,वारीबन , सल्लेडाडा , चम्पादेबी , नौमुलेको डाँडासम्मका धर्तिलाई महसुस गर्दै साथी भाई सँग कहिले खोलामा पौडी खेल्दै त कहिले स साना माछा मार्दै , कहिले मोजाको बल खेल्दै त कहिले दाउरा खोजेर आगो बाल्दै गफ्गाफमा चुटिदै डोल्लुले घर पछीको दोश्रो आश्रय दियो मलाई । साथी भाई सँग बिताएका हरेक क्षण होस् वा डोल्लु सँगको हावा ,माटोसङ्गको सामिप्यता होस् । एउटा गहिरो माया ,श्रद्दा अनी आफ्नोपन मन सँग अनी भावना सँग जोडीएको छ । उफ्रिने ,कुद्ने अनी डोल्लुको काखमा आफुलाई लडिबुडी गराउदै जिन्दगीको पहिलो जिबनकाल ब्यथित गर्दै पार गरेका ति अमुल्य समयहरु आज एउटा मिठो ईतिहास बनेर मनमा बसेको छ ।प्राकृतिक रुपमा हरिया अनी शितल सम्पदाको काखमा डोल्लुका हरेक ब्यक्तीले आफुलाई खुशी ठान्ने अनी हरेक जात , समुदाय प्रती समान भाव राख्ने बिशेषताले डोल्लुलाई धनी बनाएको थियो। यही प्राकृतिक धरातलमा मैले जिबनलाई बुझ्ने क्रम सुरु भयो । घरमा दु:ख त थियो तर गाउँले मलाई थोरै भएपनी हास्न सिकायो । भात टन्न खान नपाएको बेलामा गाउँको हावा र अमृत सरी पानीले पेट टन्न बनायो । बिरक्त लागेको बेला पारीबनमा गएर एक्लै सुस्ताउदा चराका चिर्बिर र खोलाको मसिनो कलकलले केही भएपनी मनलाई शान्त ब्नायो ।
आज हरेकले फेसबूक चलाऊछन के बच्चा ,के युवा अनी के बुढा पनि । मैले डोल्लुको Facebook बनाउदा कतिले खिसिटिउरी गरे , कतिले काम पाएन भने अनिकतिले यो जाबो त जसले नि गर्न र बनाउन सक्छ भने। गाउ ठाउँ डुलेर , ब्यक्ती ब्यक्ती भेटेर , सत्य अनी तथ्य खोज्नु सजिलो भने थिएन । मन भित्रका भावनात्मक प्रेम जाहेर गर्न पनि केही अली अलग गर्ने चाहना थियो । थाहा छैन ठीक गरे वा बेठिक , तर मन भन्छ ठीक गरे । किनको ब्यक्तिगत रुपमा Facebook त हरेक सँग हुन्छ नै तर आफ्नो ठाउँ अनी गाउँको परिचय , महत्व , अनी मौलिकतालाई सबैले थाहा पाउने गरी सत्य अनी तथ्य जग जाहेर गर्नु पनि चुनौतिकै काम थियो । पछी हुँदै जादा बिस्तारै सहयोगी हातहरु पनि पाउन थाले मैले। अमेरिका बस्ने साथीले पनि हौसला थपिदियो , बेलायतमा पढ्न गएको साथीले पनि ठीक छ अझै गर्दै जा ! भनिदियो । त्यसपछी थाहा पाए कम्से काम बिदेशबाटै भएपनी मेरो कामको सानो समर्थन त पाए मैले।
भोलिका दिनमा एउटा Online source को रुपमा यसको प्रयोग हुने सम्भावना देखेर मैले Blog लाई Dollu को आफ्नै नामको डोमेन (Domain) किनेर छुट्टै Website बनाउने सोच र उद्देश्य राखेको छु । किनकी डोल्लु केबल नाम मात्रै हैन डोल्लु सङ्ग बिभिन्न हितैशी सम्बन्ध अनी छिमेक हुँदै फर्पिङ , सेतीदेबी , दक्षिणकाली लगायतका अन्य हाम्रा गाउँ ठाउँ बिभिन्न पक्षलाई समेटदै जाने सोचले अघि बढ्दै यो ब्लग प्रकाशन हुने छ । फर्पिङ क्षेत्र एउटा एतिहासिक नगरि हो , यो क्षेत्रलाई खोतल्दै जाने हो भने धेरै कुरा , ईतिहास थाहा पाउन सकिक्न्छ । म यो भन्दिन कि सबै यसमा समेटने छु तर जती सक्छु समेट्ने कोशीस चाँही पक्का गर्छु ।
अनी भोलिका शन्ततिका लागि पनि ईतिहास पल्टाउने एउटा सानो बाटो यो मेरो कामले देखाइदेओस । यहाँहरुको अमुल्य साथ र सहयोगका लागि मन बाट आभार ब्यक्त गर्दछु ।
:
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments