Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Sunday, April 5, 2020

thumbnail

बाल्यकाल र डोल्लु : बिगत देखी आज सम्म ।

आजभन्दा करिब १६  बर्ष अघी सम्म डोल्लुको हरेक कुनामा आफुलाई डुलाउदै , रमाउदै , हुर्काउदै म बाल्यकालबाट बस्यकमा परिवर्तन हुँदै थिए । डोल्लुको काखमा आफुलाई जन्मेपछिको १९ बर्ष पुरा गरी बिसौ बशन्त सँगै नचाहदा नचाह्दै पनि केही टाढा भएर बस्नु पर्ने अवस्था आयो र म सपरिवार संगै अली पर बस्न पुगे ।


जन्म दिने आमा र जन्मेको ठाउँ ( देश ) प्यारो हुने नै भयो । गाउँको निम्न बर्गिय परिवारमा जन्मेर अभाब अनी दु:ख सँगै क्षणिक खुशीलाई नजिकबाट नियाल्दै मेरो बाल्यकालले गती लिदै गयो । तल डोल्लुखोलाबाट माथि पानीभा ( पानीको श्रोत भएकोले पानी भा खोला -- पानीमा खोला ) सम्म अनी पारीबन ,वारीबन , सल्लेडाडा , चम्पादेबी , नौमुलेको डाँडासम्मका धर्तिलाई महसुस गर्दै साथी भाई सँग कहिले खोलामा पौडी खेल्दै त कहिले स साना माछा मार्दै , कहिले मोजाको बल खेल्दै त कहिले दाउरा खोजेर आगो बाल्दै गफ्गाफमा चुटिदै डोल्लुले घर पछीको दोश्रो आश्रय दियो मलाई ।  साथी भाई सँग बिताएका हरेक क्षण होस् वा डोल्लु सँगको हावा ,माटोसङ्गको सामिप्यता होस् । एउटा गहिरो माया ,श्रद्दा अनी आफ्नोपन मन सँग अनी भावना सँग जोडीएको छ । उफ्रिने ,कुद्ने अनी डोल्लुको काखमा आफुलाई लडिबुडी गराउदै जिन्दगीको पहिलो जिबनकाल ब्यथित गर्दै पार गरेका ति अमुल्य समयहरु आज एउटा मिठो ईतिहास बनेर मनमा बसेको छ ।प्राकृतिक रुपमा हरिया अनी शितल सम्पदाको काखमा डोल्लुका हरेक ब्यक्तीले आफुलाई खुशी ठान्ने अनी हरेक जात , समुदाय प्रती समान भाव राख्ने बिशेषताले डोल्लुलाई धनी बनाएको थियो। यही प्राकृतिक धरातलमा मैले जिबनलाई बुझ्ने क्रम सुरु भयो । घरमा दु:ख त थियो तर गाउँले मलाई थोरै भएपनी हास्न सिकायो । भात टन्न खान नपाएको बेलामा गाउँको हावा र अमृत सरी पानीले पेट टन्न बनायो । बिरक्त लागेको बेला पारीबनमा गएर एक्लै सुस्ताउदा चराका चिर्बिर र खोलाको मसिनो कलकलले केही भएपनी मनलाई शान्त ब्नायो ।
पारीबनको मुलको चिसो पानी पिएर , वारीपारी बहने शितल हावालाई शरीर भित्र स्पर्श गरेर मानशिक आनन्दको क्षण अतुलनिय थियो । एक ह्रास लुगाको पोको बोकेर माथि मुल पुग्ने अनी धारा खाली नहुँदा पालो कुरेर बस्नुपर्दाको अनुभब आज पनि सँगाल्न पए हुन्थ्यो जस्तै लाग्छ । नौमुले पुगेर यसो मान्छेका आँखा छलेर नौमुलेको पोखरिमा एकपटक झ्याप्प हाम फाल्न मन आतुर हुन्थ्यो ।कच्ची धुलाम्मे सडकमा १२१६ नम्बरको ट्रक्मा पछाडि झुन्डिदै बिष्णुदाइको ढुङ्गा खानिमा पुग्नुको मजा नै बेग्लई । कुडलि , नौमुले र तल बेशिमा रोपाइ हुँदाको सुन्दर  त्यो द्रिश्य मेरो मानसपटलमा ताजै छ । चोर दुलामा पाइप बालेर भित्र छिर्नु , चमेरा धपाउनु अनी सल्लाको बोटमुनी सल्ले च्याउ खोज्दै हिढ्नु त्यो दिनचर्या आज यसो सम्झेर हेर्दा आनन्द लाग्छ । अर्काको बारीमा काँक्रो र नास्पाती चोर्न जादा होस् वा देउसी खेल्न जादा उपेन्द्र दाइको चिया पसल अगाडी चियापत्तिको बट्टा अनी फोहोर घोप्ट्याएर भागेको क्षण होस् डोल्लुले ति तमाम सुन्दर स्‍मृतिलाई मन र मस्तिस्कमा नमेटिने गरी कैद गराइदियो ।
आज हरेकले फेसबूक चलाऊछन के बच्चा ,के युवा अनी के बुढा पनि । मैले डोल्लुको  Facebook बनाउदा कतिले खिसिटिउरी गरे , कतिले काम पाएन भने अनिकतिले यो जाबो त जसले नि गर्न र बनाउन सक्छ भने। गाउ ठाउँ डुलेर , ब्यक्ती ब्यक्ती भेटेर , सत्य अनी तथ्य खोज्नु सजिलो भने थिएन । मन भित्रका भावनात्मक प्रेम जाहेर गर्न पनि केही अली अलग गर्ने चाहना थियो । थाहा छैन ठीक गरे वा बेठिक , तर मन भन्छ ठीक गरे । किनको ब्यक्तिगत रुपमा Facebook  त हरेक सँग हुन्छ नै तर आफ्नो ठाउँ अनी गाउँको परिचय , महत्व , अनी मौलिकतालाई सबैले थाहा पाउने गरी सत्य अनी तथ्य जग जाहेर गर्नु पनि चुनौतिकै काम थियो । पछी हुँदै जादा बिस्तारै सहयोगी हातहरु पनि पाउन थाले मैले। अमेरिका बस्ने साथीले पनि हौसला थपिदियो , बेलायतमा पढ्न गएको साथीले पनि ठीक छ अझै गर्दै जा ! भनिदियो । त्यसपछी थाहा पाए कम्से काम बिदेशबाटै भएपनी मेरो कामको सानो समर्थन त पाए मैले।
भोलिका दिनमा एउटा Online source को रुपमा यसको प्रयोग हुने सम्भावना देखेर मैले Blog लाई Dollu  को आफ्नै नामको डोमेन (Domain) किनेर छुट्टै Website  बनाउने सोच र उद्देश्य राखेको छु । किनकी डोल्लु केबल नाम मात्रै हैन डोल्लु सङ्ग बिभिन्न हितैशी सम्बन्ध अनी छिमेक हुँदै फर्पिङ , सेतीदेबी , दक्षिणकाली लगायतका अन्य हाम्रा गाउँ ठाउँ  बिभिन्न पक्षलाई समेटदै जाने सोचले अघि बढ्दै यो ब्लग प्रकाशन हुने छ  । फर्पिङ क्षेत्र एउटा एतिहासिक नगरि हो , यो क्षेत्रलाई खोतल्दै जाने हो भने धेरै कुरा , ईतिहास थाहा पाउन सकिक्न्छ । म यो भन्दिन कि सबै यसमा समेटने छु तर जती सक्छु समेट्ने कोशीस चाँही पक्का गर्छु ।
अनी भोलिका शन्ततिका लागि पनि ईतिहास पल्टाउने एउटा सानो बाटो यो मेरो कामले देखाइदेओस । यहाँहरुको अमुल्य साथ र सहयोगका लागि मन बाट आभार ब्यक्त गर्दछु ।
:

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu