कोरोनाले त्रशित विश्व यतिखेर प्राय ठप्प छ । यो लेख्दा सम्म्म ७०००० भन्दा धेरैको ज्यान गएको अवस्था छ । नेपालमा ९ जनामा देखियो भने १२० भन्दा धेरै अस्पतालमा उपचार गराईरहेका छन । नेपाल सरकारले LockDown गरेको आज १५ दिन भयो । सबै घर मै बस्नुस् । बाहिर ननिस्कनुस् अनी संयम अनी सुरक्षित रहनुस् भनेर अत्यावस्यक बाहेक घरबाहिर हिढडुल गर्न निशेध छ । यहाँ मैले चर्चा गर्न लागेको चाँही यो बिषम अवस्थामा हामी जनताले देखाउनुपर्ने ब्यबहारिकता को हो । सबैलाई थाहा छ कोरोना के हो अनी कसरी हुन्छ । मान्छे बाट मान्छेमा सर्ने यो भाईरस बाट बिश्व पीडित छ । घर भित्रै बसेर यसलाई पराजय गर्न सकिने सजिलो उपाय नै हाम्रो पहिलो औशधी हो । तर दिनहु जस्तो सामाजिक सन्जालमा हामी नेपालीहरुको भिडभाडका तस्बिर हरु पनि बाहिर आईरहेका छन । कतै घुमघामका तस्बिर र समाचार पनि आएका छन , जुन आँफैमा अली गलत छ । यस कारण कि यो कोरोनाको उपचार हाल सम्म सम्भब भएको छैन , आफुलाई घर भित्र राख्ने नै हाल यसको निराकरण हो । सरकारले सबै तिर सुचना जारी गरी घरमै रहन आग्रह गरेको छ र यो आग्रह सम्पुर्ण जनताको हित र देशको हित मा छ । हामी कती व्याबहारिक छौ भन्ने कुरा हमी स्वयमले बुझ्ने कुरा हो । बिगतको कुराले सरकारको आलोचना गर्नु भन्दा पनि हाल चलिरहेको समस्यालाई समाधान गर्न हामी जनताले नै सरकारलाई साथ दिनु पर्छ जस्तो मेरो बुझाई हो । केबल प्रश्न उठाएर मात्रै पनि सरकार ठीक ठाउँंमा आउने हैन। हामी जनताले नै यो कुरालाई बुझ्नु जरुरी छ । तपाई हाम्रो गल्ती भोली ठुलो भारी पर्न सक्छ । तपाइको हाम्रो सजकताले कोरोना परास्त पार्न केही हद सम्म सहयोग भने पक्कै गर्छ । त्यसैले यो ब्यबाहारिकता तर्फबाट हामीले सचेत हुन जरुरी छ ।

Subscribe by Email
Follow Updates Articles from This Blog via Email
No Comments