मैले पनि सोच्ने यही हो । तर एउटा सोच चाँही सानी देखी थियो मेरो , अरुको लागी केही गर्ने । सानैमा अझ भनौ ८ कक्षामा पढदा मैले एउटा समुह बनाए साथी हरु सँग मिलेर " सुनगाभा सिर्जनशिल समाज " भनेर । जसमा हामी केही साथी थियौ सदस्य । पहिलो अनुभब नै त्यही थियो । अनी गाउँकै क्लब , पुस्तकाल्य हुँदै काठमाडौ बसाई सरेपछी कलेजतिरको समुह अनी २०६७ मा म आँफै अध्यक्ष भएर नेपाल सरकारको दर्तावाल सामाजिक संस्थाको रुपमा अग्रसर नेपालको स्थापना भयो । जिल्ला प्रशासन । समाज कल्याण परिषद , जिल्ला बिकास समिती , आन्तरिक राजास्व कार्यालय र महानगरपालिका १४ वडा सम्म दर्ता गरेर एउटा सामाजिक अभियन्ताको रुपमा मैले आफ्नो यात्रा अघी बढाए । यसको पछडी गैर सरकारी संस्थाको रुपमा यसलाई ठुलो बनाउने , समाजमा एउटा गतिलो उदाहरण बन्ने जस्ता सपनाहरु थिए । ११ जनाको टिमबाट सुरु भएको संस्था नेपालका केही जिल्ला सम्म पुग्न सफल भयो । केही निकाय , केही गन्यमान्य ब्यक्तीसङ्ग राम्रो सम्बन्ध बनाउन सफल भयो । अनी केही राम्रा कामहरु गर्न सफल भयौ । आफ्नो लागी त जसले पनि गर्छ , हामी अरुको लागी ( असक्षम । असाहय , निमुखा ) पनि गरौ न भन्ने मन मलाई सधैं लाग्ने गर्थ्यो । हामीले सुरुबाट नै आफ्नो खल्तीबाट हालेर । पैसा उठाएर काम गरेउ । तर अनुभब बटुल्दै जादा थाहा भयो , खल्तीबाट गरिने सेवा केही समयको लागी रहेछ भन्ने । अनी आर्थिक रुपमा केही कार्यक्रम पनि भएका थिए तर पर्याप्त भएन ।अरुले के भन्लान भन्ने सोच्ने बानी कमै थियो मेरो , अनी घरमा धेरै पटक गाली खाएको छु सस्न्था संस्था भनेर हिढदा । तर यसको नशा यस्तो थियो कि गाली जती कता पुग्थ्यो थाहा नै हुन्न थ्यो । दु:ख हन्डर खाएर पनि संस्था चलाऊने अठोट बोकेर काठमाडौमा कार्यालय भाडामा लिरेर चलाईयो । मेहनत गर्नेको लागी को दुनियाँ भन्थे तर यहाँ भित्र भित्र यस्तो दुनियाँ थियो कि गरीबको लागी काम गर्छु भन्दा पनि घुस दिनुपर्ने ठाउँ भेटियो , संस्थागत चन्दा दिनुपर्ने निकाय भेटियो ।
तर पनि हार मानेनौ हामीले , सरकारले आयकर छुट हुने संस्थाको प्रमाणपत्र पनि दियो । गर्न सकिने धेरै ठाउँ थियो म सङ्ग अनी हाम्रो टिम सँग । तर बिडम्बना यहाँ सरकारी निकायको नियत नै कतिपय कुरामा दु:ख दिने अनी लफडामा पारीदिने अनुभब गर्न पुगियो । नेपाल प्रहरी , सामुदायिक सेवा केन्द्र , रेडक्रस जस्ता संस्थासङ्ग एउटा राम्रो सम्बन्ध बनाईसकेको संस्था धर्मराउन थाल्यो । संस्थाकै साथीहरु डि भि परेर अमेरिका , पढ्न जापानतिर लाग्न पुगे । मैले नयाँ साथी राखेर चलाऊन कोसिस त गरे तर अन्तत : गार्हो भयो । खाई नखाई गरेर पनि चलाऊछु भन्ने विश्वाश राखेको थिए तर त्यती सजिलो भएन । तर पनि सस्न्था मरीसकेको भने छैन। सोच्दैछु फेरी एकपटक प्रयास गरुम । कतिले के भने , कतिले फुर्ती लगाउथ्यो भने , कसले के कसले के । मलाई तिनको वास्ता थिएन । तर आम युवा जस्तै दिक्क लाग्ने अवस्था म मा पनि नभएको हैन तर बिदेश भासिने तर्क चाँही मैले गर्न सकिन , भलै खान नै गार्हो किन नहोस् ।
आज पनि लायन्स क्लबमा छु , लायन्स क्लब संसारकै ठुलो सामाजिक संस्था हो । यसमा सद्स्य भएको २ बर्ष भयो , यसमा लागेपछी मैले सँगालेका , बटुलेका धेरै कुरा अनी अनुभबले मलाई साथ दिएको छ । त्यतिबेलाको एउटा इक्षा यसले मलाई पुरा गर्ने एउटा बाटो भने दिएको छ । आज मेरो पहुच भनेको क्लबबाट अन्तराष्ट्रिय रुपमा बिदेशका संस्था अनी ब्यक्तीहरु ( लायन्स सद्स्य )सम्म पुगेको छ अनी अझ पुग्दै छ । जिबनमा थोरै भएपनी अरुको लागी पनि गर्नुपर्छ भन्ने मान्यता आजपनी म भित्र उस्तै छ जती हिजो थियो । सबैको आ आफ्नै सोच ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email




















No Comments