Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, May 12, 2020

thumbnail

ईतिहासले सराप्छ नेता तिमीलाई : नेपाली भुमी चाडै फिर्ता ल्याउ

भारतले सिमा मिच्यो रे , हामी सानो बच्चा नै थियौ - खै के भन्या हो चासो थिएन । हरेक बर्षजसो कहाँ कही अनी कतै सुनिएकै हुन्छ सिमाका कुरा । सिमा मिच्नु मानौ भारतको रहर हो , उ बेलाबेलामा कहिले कहाँ अनी कहिले कहाँ गिद्दे आँखा लगाईरहन्छ । देश ठुलै छ तर पनि उसलाई पुगेको छैन , र्याल भने चुहाईरहन्छ । आज यो उमेर सम्म आईपुग्दा सिमा मिचेका दर्जनौ कुरा सुनियो अनी एक दुई वटा आफ्नै आँखाले देखियो पनि । आम जनताका नाताले । एउटा नागरिकको हैसियतले मेरो पनि रगत उम्लिन्छ । एउटा मनले मात्रै हैन अनेकौ मनले तितो लाग्छ अनी चित्त दुख्छ , रीसले आगो बल्छ । सरकारको उछित्तो काट्न मन लाग्छ । कोरोनाले सबैतिर बिजोग छ बिश्व । अनी यता भारतले मेरो देश नेपालको भुभाग लुट्यो भनेको सुन्दा रीसको पारा बढेको छ । यो आजको मात्रै भए ल चित्त बुझाउन भन्ने हुन्थ्यो कि भोली त कुरा मिल्ला नि त भनेर । तर यो सिमा बिबाद अनी भारतको हेपाहा व्यबहार हामीले भोगेको धेरै दसक भयो । तर समस्या टस मस भएको छैन । किन ? किन यो पिडा बारम्बार भोग्नुपर्छ हामीले ? किन हाम्रो भुमिमा त्यो कु - भाब राख्छ भारत ? किन हाम्रो सरकार बलियो छैन सिमा बिबादमा ? किन सधैं हेप्छ छिमेक हामी लाई ? किन प्रमाण सहित भारतलाई झापड हान्न सक्दैन सरकार ? किन राजिनिती लाचार छ भारतीयको सामु ? किन बारम्बार देश लुटिदा नेताका चित्त दु:खदैन , रगत उम्लिदैन ? किन , यस्ता किन त कती छन कती ??


 आम जनताले सरकारबाट अपेक्षा गरेका हुन्छन राष्ट्रिय सुरक्षाको । तर यही कुरामा मेरो सरकार , हाम्रो सरकार लाचार छ । बार्ता गर्ने , समस्या समाधान गर्ने भन्ने कुरा सुनेको लामै भएको हो र आज पनि यही कुरा सुन्नमा आएको छ । बार्ता - कुटनितिक बार्ता , द्विपक्षिय बार्ता - सरकार सरकार बार्ता आदी । कहिले त लाग्छ नेपाल सङ्ग पर्याप्त प्रमाण नै छैन कुरा गर्न , पर्याप्त आधार र कागजपत्र पनि चाहियो छिमेकी सङ्ग भिड्न । भिढ्न त भिड्ने तर के हामी सङ्ग प्रमाणित हुने सबै प्रमाण त छन नि ? यो महत्वपूर्ण कुरा हो । मेरो देश चाडै मेरो होस । देशको एक इन्च टुक्रा पनि भारतले मेरो हो भन्ने दुस्साहस नगरोस। म एक नागरिक मैले सकेको नैतीक अनी भौतिक समर्थन सधैं मेरो देशलाई । जय नेपाल ।   

BY : Pramod k. POudel

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu