Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, May 19, 2020

thumbnail

भन्नु र गर्नुमा धेरै फरक छ हैन र ! प्रधानमन्त्रीज्यु :

कोरोना कहर जारी छ अझ भनौ ब्याप्त छ , अवस्था नाजुक बन्ने तर्फ अग्रसर छ । आज ५६ औ दिन लकडाउनको । नेपालको अवस्था यही गतीमा रहने हो भने भयाबह बन्न पनि सक्छ । कुरा गरौ प्रधानमन्त्री लगायत अन्य जिम्मेवार ब्यक्तिबाट  ब्यक्त लिपुलेक , नयाँ नेपालको सुधारीएको झण्डाबारे हिजो अस्ती संसदमा बोलेका प्रतिबद्दताका कुराहरुको । देशको भुनी हडपेको दशकौ भयो जुन यो भन्दा अघिका धेरै प्रधानमन्त्री , पर राष्ट्र मन्त्री , नेता , राजनेता सबैलाई ज्ञात थियो , थाहा थियो । न लुकेको थियो थियो न लुकाईेको थियो । हिजो के पि ओलीले , गुमेको भुभाग जसरी नि फिर्ता हुन्छ , सरकारले फिर्ता ल्याउछ भन्नुभएछ । हामीले यो हेक्का राख्नु पर्छ र बिर्सिनुहुदैन कि हरेक जसो प्रधानमन्त्रीले सिमा बिबाद मिलाउने , हाम्रो भुमी फिर्ता ल्याउने भाषण गर्न , आश्वस्त पार्न भुलेनन । यो जोडतोडले संसदमा उठे पनि , चर्काचर्की नभएका पनि हैनन ।कहिकतै हिजो राजनीति के हो नबुझेका  अनी राजनीतिकै आडमा भाडमा जाओस सिमाना भन्ने कुभाब राख्ने केही नेताहरुका कारण जटिल बनेको सिमा बिबादको लहरो धेरै लामो छ , एकदिन ईतिहासले बताउला सबै ।  बर्षौ बिते , उता भारतले मिच्ने काम , थिच्ने काम गरीरह्यो । अनी यता मुन्टो बटार्ने व्यबहार चलिरह्यो । फरक छ नि कुरा गर्नु र त्यही कुरालाई काम मा परीणत गर्नुमा , व्यबहारमा ल्याउनुमा । जुन हरेक जसो मन्त्री र प्रधानमन्त्री सङ्ग जनताले अपेक्षा गर्ने गर्छन् कि अब चाँही हुन्छ कि ? तर नियती पनि कस्तो भने जनताको अपेक्षामा खरो उत्रिने आजसम्म न नेता पाए , न राजनेता पाए नेपालीले । जती सरल ढङ्गबाट प्रधानमन्त्रीले बोल्नुभयो , के त्यती सरल छ सिमा बिबाद ? वा सहज छ यो सिमाको समस्या ? ।



हामीलाई कुरा सुनाएर , भुभागको बिषयले राष्ट्रियता जगाएर मात्र यो समाधान हुन्छ ? पक्कै हुँदैन । उसो भए अब , अगाडी के त ? उता भारत टुलुटुलु हेर्दै बसेको पक्कै नहोला , हाम्रो चाँही तयारी के ? कहाँ पुग्यो ? प्रमाण जुट्यो ? कागज्पत्र , दस्ताबेज , नक्सा अनी रणनिती पुग्यो ? जसले भारतलाई घुडा तेकाउन सकोस । उसको व्यबहार अनी चरित्र जनताले भन्दा नेताले झनै बुझेका होलान  । जुन सजिलै फिर्ता दिन्छ भन्ने अनुमान वा विश्वाश हामीले गरेका छौ , होला त यो सम्भब ? कुरा गम्भिर छ । कुट्नितीमा पनि कमजोर मानिएको नेपालको पर्याप्त आधार , प्रमाण अनी तयारीबिनाको बार्ता र समस्या निराकरणका लागी चालिने कदम भोली नेपाल कै लागी घातक नहोस् । हामी हाम्रो राष्ट्रियता अनी स्वाभिमानप्रती सधैं सजक छौ र रहनेछौ । नेपाल सरकारले जती ढिलो गर्‍यो यसको समाधानमा भारतले ब्यबधान सिर्जना गर्ने र अल्झाउने सम्भाबना त्यतिक्कै रहन्छ , किनकी उ आलटाले पक्षमा हिजो देखिनै थियो र छ पनि । तसर्थ नेपाल सरकारले चाडै भन्दा चाडै यो प्रकृयालाई मुर्त रुप दिन पहल गर्नु नै बेश हुन्छ ।  हामी शान्तीपूर्ण तरिकाले यो समाधान होस् भन्ने चाहन्छौ न कि अन्यबाट । तसर्थ रात रहे अग्राख भने झै यो बिषयलाई टुङ्याउन हाम्रो सरकारले खुट्टा नकमाओस । भोली हाम्रो बिजय भएको दिन , प्रधानमन्त्रीको  जय जय  गाउँने  पनि हामी नेपाली नै हौ , र त्यो दिन आओस हामीले खोजेको पनि यही हो । राष्ट्रियता , र स्वाभिमानको सवालमा सबै नेपाली जनता सरकारसङ्ग  साथमा छ  र रहीरहनेछ । जय स्वाभिमान - जय नेपाल । 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu