मनिषाको हिम्मत नेपालको पनि हो । राष्ट्रिय स्वाभिमान हरेक नेपालीमा छ , हुनुपर्छ । के मनिषाले म नेपाली हुँ भन्न नपाउने ? कि उतैको हो भनिदिनुपर्ने ? मनिषाको यो सोचलाई मेरो सलाम , माटो बोल्छ अनी त्यही माटोमा जन्मेकी एउटी चेलीले देशको पक्षमा बोल्दा यत्रो बखेडा खडा गर्नु पर्ने ?? हरे ! भारतीय मिडियाको मानसिकता । तैपनी उफ्रिनुको सिमा हुन्न त्यस्ताको , पाखण्ड सोच । नुन उतको खाईन होला , तर राष्ट्रियता , स्वाभिमान बेच्न सकिनन र आफ्नो देशको भुमी हडपेको सहन पनि सकिनन । अब उनले उतैको पक्ष लिनुपर्ने ? उताबाट जे जे गरियो , सबको समर्थन गर्नुपर्ने ? दरिद्र सोचको उपज हो भारतीय मिडिया । हाम्रो भुमी मिच्ने उही , हाम्रो स्वाधिनतामा हस्तक्षेप गर्ने उही , हाम्रो राष्ट्रिय गौरबलाई लुट्न खोज्ने उही अनी अहिले ठुला कुरा गरेर उफ्रिने ? सक्छौ भने प्रमाण सहित कुरा गर । हाम्रो नेपाल कहिले कसैको गुलाम भएन । हाम्रो नेपाल गरीब पक्कै होला तर हरिब छैन । हाम्रो नेपाल क्षेत्रफलमा सानो होला तर अर्काको एक इन्चपनी हामीलाई चाहिदैन । हामी हजारौ बिगाहा जमिन मिचिदा पनि तिमीहरुबारे निच बोलेनौ , तर राष्ट्रियताको सवालमा देशको एउटी चेलीले बोलेको दुई शब्द पचाउन नसक्ने मिडियाले के पत्रकारेता गर्छौ , नालायकहरु । यो भन्दा धेरै नलेखौ । जती लेखेपनी सब्द नै कम छन । मनिषा हार्दिक आभार अनी सलाम ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments