Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Monday, May 25, 2020

thumbnail

भारतीय दुताबास अनी मेरो सानो अनुभब :

यिनी हुन अली अघिका भारतीय राजदुत रन्जित राय , राजादुताबासमा  एउटा कार्यक्रममा मैले पुरस्कार थाप्दै गर्दा  । सस्थागत हैसियतमा म २ पटक लैन्चौरको भारतीय दुताबास पुगेको छु , सायद यो दुताबासले अन्यको भन्दा धेरै क्षेत्रफल ओगटेको छ । अहिले सिमा बिबाद चराम चुलिमा चलिरहदा मलाई भारतीय दुताबासकै सेरोफेरोमा केही लेख्न मन लाग्यो । हुन त यो मेरो अनुभबमा आधारित कुरा भयो ,तर पनि एउटा नागरिक हुँदा कता कता मन कुडिने रहेछ । राजादुतबासमा कतीपय नेपालीलाई राम्रो व्यबहार हुँदैन भन्ने सुनेको थिए मैले । म २ पटक पुगे तर संस्थागत हैसियत भएको  हुँदा मैले त्यस्तो केही भोग्नु नपरेपनी चित्त नबुज्न  व्यबहार चाँही पाए मैले पनि । आखिर हाम्रो देशको राजधानिको परीधिभित्र हामी नेपाली हेपिन्छौ भारतीयबाट र यो सत्य हो । झर्किफर्की त सामान्य भयो त्यहा , कुनै नेपाली केही कामले गयो भने भाषाको समस्या किनभने सबैलाई न हिन्दी आउछ अनी न त अङ्रेजिनै । अनी आज बन्ने कामलाई पनि भोली गरिदिने जस्ता व्यबहार पाए मैले पनि ।


 भारतीयहरुको सोच हामी भनेपछी किन त्यस्तो संकिर्ण हुन्छ ? किन सकेसम्म हेप्नै खोज्छ भारत एउटा सामान्य परिस्थितीमा पनि । उसको देशले हाम्रै गोर्खालीको आडमा धेरै युद्द जितेको छ , हाम्रै गोर्खालीको सुरक्षा घेरामा अहिलेपनी दिल्ली सुरक्षित छ , गोर्खा रेजिमेन्टको नाममा । उसको लागी कयौ नेपालीले ज्यान गुमाएका छन र यो सत्य पनि हो । तर ब्य्बहार चाँही सधैं हेपाहा गर्छ भारत । रोटीबेटीको सम्बन्धको उदाहरण दिदै भित्र भित्र निल्न खोज्छ भारत । सिमा बिबाद मात्रै पनि हैन कहिले नहर , कहिले बाध त कहिले लुम्बिनी जस्ता हेपाहा ब्य्बहार जारी नै राख्छ । राजदुताबास जस्तो महत्वको बिषयमा पनि हाम्रो नेपाली दुताबास उता नयाँ दिल्लीमा एउटा कुनामा लगेर राखिएको छ भने अधिकांश देशका दुताबास एकै ठाउँमा लस्करै छ ( मैले दिल्ली जादा देखेको कुरा ) । किन ? किनकी हिजोबाटै हामी हेपिने क्रम थियो र आज पनि छ । अरु देशका राजादुतहरुले त्यहाका मन्त्री , प्रधानमत्रीसङ्ग खासै मेहनत नगरी भेट पाउछन तर नेपालका राजदुत( हाल : निलाम्बर आचार्य )ले सजिलै भेट पाउदैनन। यहाँपनी हेप्छ भारत ।यो हेपेको नभए के त ? म त भन्छु मौका यही हो भारत सँग कुरा गर्ने । किन कालापानी मात्रै अन्यत्र मिचिएको सिमा , उसले हडपेको जमिनसबैको हिसाब मागौ न् । भोली गर्ने भनेको त कुरा मात्रै हो , अहिले स्थिती बनेको बेलामा गर्न सके सरकारलाई सबैको साथ पनि छ । तसर्थ यो हेपाहालाई गतिलो जबाफ दिन हाम्रो कुटनिती र सरकार सक्छ र सक्नुपर्छ भन्ने नै मेरो तर्क हो । जय नेपाल ।

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu