Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Sunday, May 31, 2020

thumbnail

राजा बिरेन्द्रको सम्झना : मस्तिष्कमा जिबित राजारानी

आज जेठ १९ , सोमबार । म त्यो दिन( २०५८ - जेठ २० ) बिहान उठेको मात्रै थिए भर्खर । चिया पिउने बेला भएको थियो । खबर आयो राजा बिरेन्द्रको बंश बिनासको । पत्याउने कुरा पनि भएन सुरुमा । अघिल्लो दिन राजदरबारमा पारीवारीक भेटघाटमा गोली चलेछ , राजा सहित अरु १० जनाको हत्या भएछ । रातीनै यो खबर राष्ट्रिय अनी विश्वाभर फैलिएछ , हामी १५ कि मि दक्षिणमा बस्ने राजधानीबाट बिहान सबेरै खबर सुनियो । सुरुमा त हैन नै भनियो , भन्नै पनि पर्‍यो किनकी त्यो एकदम अप्रत्याशित जो थियो । रेडियो खोले मैले , धुन बज्दै थियो । उता टिबी खोले त्यहा पनि धुन नै थियो । रेडियोमा बिबिसीले केही जानकारी दिन थालेको रहेछ , अनी अली विश्वाश बढेर गयो । कस्तो अनहोनी भयो , मनमा नाना किसिमका कुरा , संका , बिस्मात , अडकल चल्न थाल्यो । अनी उठेर गए टोलतिर , पसलतिर । सबै तिर यो आगो सरी फैल्यो , आखिर हाम्रा राजा , देशका अभिभाबक गुमाएको दिन अनी समय । आखिर समाचार सत्य थियो । १९ बर्ष पुगेछ आज राजा गुमाएको , देश टुहुरो भएको । देश रोयो , सबै नागरिक रोए , केहीले ज्यान पनि फाले । सबैतिर शोक थियो , देशनै शोकमा डुबेको थियो । दीपेन्द्रले गोली च्लाए रे भनेर हावा सरी समाचार फैलिन थाल्यो । तर खास भएको के थियो कसैलाई थाहा हुने कुरा थिएन , रेडियो र टिबीबाट बिरक्त लाग्दो धुन बजिरहेको थियो ।






जे भयो , जसले त्यो काण्ड गर्‍यो र रच्यो  त्यो अत्तिनै गलत , निन्दनिय थियो । सबैका आ आफ्ना सोच - अनुमान थिए । छउनीको शैनिक अस्पतालबाट अधिकारिक बक्तब्य आयो भोलिपल्ट कि राजा , रानीको दु:खद देहबसान भयो साथमा अरु राजपरिवार सदस्यको पनि । युवराज दीपेन्द्र गम्भिर घाईते भनीयो र सोही अवस्थामा वहाँलाई राजा घोषणा गरियो । त्यसको २ दिनपछी युवारज दीपेन्द्रले पनि संसार छोडे । नेपालको ईतिहासमा यती ठुलो कालो दिन अरु थिएन । संसारलाई स्तब्ध बनाउदै प्यारा राजारानीले आफ्न सन्तान सहित सधैंको लागि बिदा लिए । यो घटना साधारण पक्कै थिएन । राजाको शोकमा धेरै जनताले नुन बारे , सेतो कपडा लगाए , कपाल खोउरिए अनी दु:ख ब्यक्त गरे । मैले पनि कपाल फाले र एक छाक नुन छोडे , आखिर राजारानी , नसोचेको घट्ना । त्यो दिन सम्झदा आजपनी एकदम दु:ख लाग्छ , त्यती सुरक्षा घेरामा रहने हाम्रो दरबारमा , राजाको बंशनै सखाप हुने गरी त्यो काण्ड सजिलो पक्कै थिएन । एकदम योजनाबद्द तरिकाले त्यो हत्याकाण्ड रचियो र सफल पारीयो । राजारानी लगायतका परिवारको सबयात्राामा लाखौं जनता सडकमा आए , अन्तिम बिदा गरे । त्यो क्षण साह्रै बिरक्त लाग्दो थियो , जुन आजपनी आँखामा आउछ । १९ बर्ष बितेछ आज , धेरै सरकार आए गए , धेरैले यसको अनुसन्धान गर्ने कुरा गरे , फलाके । तर हत्यारा न आज सम्म पत्ता लाग्यो अनी न जगजाहेर नै भयो । अफबाह फैलाईयो दीपेन्द्रले रीसको झोकमा सबैलाई मारे । तर जनताले पत्याउन सकेनन । यसमा अरुकै ठुलो हात छ , धेरै तयारी साथ यो गरियो । जुन आजपनी गुपचुप नै छ । सबैको आ आफ्नो अनुमान र अडकल छ । म भन्छु यो ठुलो षड्यन्त्रको उपज हो । प्यारा राजारानीलाई मेरो श्रद्दासुमन अनी भाबबिव्हल श्रद्दान्जली । देशले सधैं सम्झिरहने छ । जय देश जय नरेश ।   

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu