Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Friday, June 19, 2020

thumbnail

बढ्दै कोरोनाको ग्राफ : कतै छैन सतर्कता , न कतै छ सुरक्षा ?

आज कोरोना कोरोना भनेको पनि ८६ दिन भएछ , दिन गन्दा गन्दै २२ जनाले ज्यान गुमाएको अवस्था हो भने ७ हजार भन्दा धेरै संक्रमित भएका छन । दिनमै हिजो आज ३ सय देखी ५ सय सम्म औसतमा संक्रमण फैलिदैछ । सरकारले अस्ती जेठ् ३२ सम्म त जेनतेन लकडाउन गर्‍यो , त्यसपछी अघोशित रुपमा लकडाउन खुलेको अवस्था छ । लकडाउन गरिदा खासै संख्या बृदि यो गतिमा थिएन , तर लकडाउन खुकुलो गरेपछी चाँही संख्यामा गतिलै बृदि हुँदै गएको छ । शहर खुलेका छन , बजार ब्यस्त बन्दै छन , कार्यालयहरु खुल्ने क्रम जारी छन : मतलब अब जनजिबन सामान्य बन्दैछन । यहाँ संक्रमण बढे सङ्गै बजार खुल्नु र भिडभाड बढ्नुले जोखिम भने बढ्दै गएको छ । राजधानी भित्रिने नाकामा रोकतोक त छ तर पहुचका भरमा प्रहरीबाट उम्किने पनि धेरै छन । यहाँ , कुनै पनि काम ब्यबस्थित देखिदैन र छैन पनि । सरकारसङ्ग जनताको गुनासो धेरै छन , हुनेनै भयो । तर जुन रुपमा सरकारले काम गरिरहेको छ पक्कै पनि मलाई पनि चित्त बुझेको भने छैन । किन रणनितीमा कमजोर छ हाम्रो सरकार ? सरकारभित्रैको रोईलोले खासै आस पनि छैन अब। उता सिमा बिबाद यद्यपी थाती नै छ , कछुवाको गतिमा बढ्दै छ होला भन्ने अनुमान मेरो । भोलिका दिन अझ जोखिम देखिने अनुमान अलगभग गर्न सकिने अवस्था सिर्जना भएको छ । अब एउटै मात्रा बिकल्प भनेको  जनता आँफै स्व्यम सचेत , सुरक्षित र संयम रहने नै हो । सरकार सरकार भनेर मुख ताक्नु अब भने गल्ती हुनेछ हामी सबैको । तसर्थ , खतरा अझ बढ्दैछ , कोरोनाबाट पर बसौ । जय नेपाल ।      

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu