चिनले सिमा मिच्यो भनेर भारतले चिनको Apps , Products हरु बन्द गरेछ ।
हाम्रो सिमा मिचेको चाँही नदेख्ने भारतको लजास्पद व्यबहार ।
हिजो सामाजिक सन्जालमा यस्तै कुरा र आवाजहरु उठ्न थालेको आभास भयो । देश बिरुद्द कुनै आक्रमण हुँदा सबै जनतालाई चोट लाग्नु स्वाभाबिक हो । गत महिना भारत र चिन बिच भएको गलवान घट्ना पछी भारतीय पक्ष जसरी हुन्छ चिनलाई तल पार्ने र चिनलाई बर्बद पार्ने घटिया सोचले आक्रामक बन्दै गएको प्रस्ट छ । गल्ती कसको थियो हामी त्यता नजाऔ , यो बिबादिद नै होला । तर यहाँ बुझ्नु पर्ने कुरा के हो भने भारत हाम्रो सबैभन्दा नजिकको छिमेकी हो , जुन छिमेकीले बिगत देखिनै नेपाललाई आफ्नो ईशारामा नचाउदै आयो र आज पनि नचाउन चाहन्छ । भारतले सो घट्ना पछी रुस सङ्ग हतियार माग्न शरण पर्यो र चिनप्रती जनतामा रीस पैदा गर्न सबै भारतीय मिडिया मिलेर लागे र सो क्रम जारी नै छ । हिजो भारतले चिनको उत्पादन , सहयोग लगायत रोक्ने निर्णय गर्यो र चिनी पर्यटकलाई भारतमा बस्न नदिन होटेलहरुमा Chinese Tourist - No Entry को बन्देज लगायो । त्यो जनताको बिबेक भन्दा रीस , आबेगमा गरिएको निर्णय थियो । किनकी भारतले आफ्न छिमेकी सबै गुमाउदै गएको छ । चिन , पाकिस्तान , नेपाल , भुटान , बाङ्लादेश सबै सङ्ग भरतको कुनै न् कुनै बिबाद छ र प्राय सिमालाई लिएर भारतको ३६ को आकडा देखिन्छ । शक्तीमा मै हुँ भन्ने भाबले भारत असल छिमेकी गुमाउदै गएको छ । भारतले नेपालको हजारौ बिगा जमिन हडपेको छ , जसलाई भारतले अस्विकार गर्दै आएको छ । तर तथ्य अनी सत्य र ईतिहासले भारतलाई धिक्कार्दै आएको छ । उसको एकहोरो स्वरास्ट्र भक्तीको रटानले अब छिमेकी देशहरुको कान पाक्न थालेको छ । उसको देश भक्ती चाँही ठुलो , अनी हाम्रो चाँही के ? हो कुरा यही नेर छ । भारतले चाँही जो सङ्ग जसरी प्रस्तुत भएपनी हुने ? सिमा मिचे पनि उसकै कुरा ठुलो ? अनी उसको चाँही ' हम्हारा एक इन्च किसिको नही देङगे , और का तो जित्ना हो सके लपेट लेङ्गे ।
किन हामीले भारतीय सामान बहिस्कार गर्न सक्दैनौ ? वा किन सकेनौ ? किनकी भारत नहुँदा चुलो बल्दैन भन्ने मानशिकता नै नेपाल र नेपालीको अधोगतीको मुख्य कारण हो । अनी अवस्था पनि उस्तै छ । जुन हामीले राम्ररी बुझेका छौ । अती निर्भरताले ध्वस्त नेपाल , भारतको हेप्ने पहिलो कमजोरी हो। " जि नही सकता , सास ले नही सकता , भुक से तडपता है , तहसनहस हो जाएगा , नामोनिशान मिटजाएगा "" आदी : यि शब्द भारतीयले हामीलाई भन्ने शब्दहरु हुन सामान्य भाषामा ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email




No Comments