Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Wednesday, June 3, 2020

thumbnail

नेपालको टिठ लाग्दो राजनीति : लाज पचेपछी जे गरेनी हुन्छ

राजनीतिमा लाजनिती भएन भने के हुन्छ ? लाज सरम भन्ने कुरा मानबिय गुणा र चेतनामा भर पर्छ कसैमा धेरै हुन्छ भने कसैमा कम । देश हाक्ने माननिय भन्ने पगरी लगाएका सयौ छन हाम्रो देशमा , केहीलाई छोडेर हेर्नुस् , सबै लाज र सरम नभएका छन । यस अर्थमा कि नेता , सांसद, मन्त्री अनी अरु कुन्नी के के हो । नेपालमा हुने गरेको राजनीति हो र ? राजनीति अर्थात राज्यको निती , देशको निती अझ भनौ देशलाई डोर्याउने निती । पानी पिउने कुवाको पानी फोहोर भयो भने के हुन्छ ? पक्कै रोग लाग्छ । हाम्रो देशको राजनीतिलाई रोग लागेको छ , धेरै भयो । राजनीति आँफै फोहोर हुँदैन , यसलाई फोहोर बनाइन्छ , फोहोर पारीन्छ । अनी हामीले भोट दिएर पठाएका नै हुन राजनीतिलाई फोहोर पार्ने ।


हामीले गोपाल बंश , मल्ल बंश , राणा काल हुँदै शाह बंशका बारेमा किताबमा धेरै पढेउ । तर हाम्रै अघी हुँदै गरेको यो फोहोर राजनीतिको बारेमा पढ्ने चेस्टै गरेनौ । छोडिदियौ जे जे गर्नु छ गर भनेर । हैन र ? प्रत्यक पाइलामा औंला उठ्ने भईदेको भए पनि राजनिती यती लाज पचेको हुन्न थियो होला शायद। यसमा केही गल्ती त हामी जनताको पनि छ । २००७ साल पछी हालको गणतन्त्रसम्म्म आईपुग्दा नेपाली जनताको भावना सङ्ग राजनीतिका माहिर खेलाडिहरुले खेल्ने बाहेक अरु केही गरेनन ।   
भेडा जनता छन जे गरेनी हुन्छ भन्ने मनोभावनाले ग्रसित नेता र कार्यकर्ताबाट न त् देशले केही लिन सक्छ न त त्यस्ताले केही दिननै सक्छन । फेरी पनि हाम्रो मुख उतै फर्किन्छ , फर्काउन वाध्य पारीन्छ । सधैं यस्तै खेल हुन्छ राजनीतिमा । राजतन्त्र फालेर गणतन्त्रको सपना देखाएर अहिले देश र जनतालाई थाङ्नामा सुताउनेहरु कसरी नेता हुन सक्छन । गणतन्त्र आएको १ दशक भन्दा धेरै भयो , आखिर के पाए त जनताले ? के पायो हाम्रो देशले ? राजनीतिका खेलाडी त केन्द्र , प्रदेश हुँदै गाउँ गाउँ होलान , तर जनताको त्यो सपना , भरोशा को चाँही खै मोल ? बिडम्बना यहाँ मात्रै हैन जताततै छ , शक्ती , सम्पती आर्जनको लागी राजनीति गरिने देशले बिकास पाउछ भन्ने र अन्धो भएको अभिनय गर्ने हामी पनि दोषी छौ । मन्त्री , सांशद , उच्च तहका कर्मचारी , ठुला ब्यापारी देखी लिएर पियन सम्मले लुटेका छन देश । लाज छैन तिनै लाई , सरम को त कुरा नगर्दा होला। त्यही छिमेकी चाइनामा पनि त गणतन्त्र छ , देश ठुलो चाहिदैन बिकास गर्नलाई । देशको नेता , कर्मचारी , प्रणाली ठीक हुन पर्‍यो बिकास हुनलाई । तर बिडम्बना प्रणालीनै कुहाईए हाम्रो देशको । अनी कसरी बन्छ देश ? दर्जनौ देश केही बर्ष, केही दशकमा परबर्तन भएका छन , उन्नती गरेका छन , आफ्नो छबी संसारलाई देखाएका छन । गरे त सम्भब रहेछ नि ? तर नेपाल यस्तो देश बन्यो , जहाँ राजनीति नै कुहिएको पर्‍यो । देश चलाऊने नेता देखी कार्यकर्ता सम्मको दृष्‍टि देश भन्दा पनि अन्तै गयो । कहिले त अरु देशको बिकास देखेर म पनि डाहा गर्छु , अरु देशको उन्नतीबाट धेरै कुरा सिक्छु अनी आफ्नो प्यारो देशमा त्यो कल्पना गर्छु । अरु चाहन्न , मेरो देश मेरो नेपाल हासोस , बाचोस् अनी बिकासको गतिमा हिडोस । बस हामीलाई चहिएको यही हो । म भन्दा अघी मेरो देश छ र म मेरो देशको नागरिक हुँ । जय नेपाल ।

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu