Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, July 21, 2020

thumbnail

लकडाउन सकियो आज : अली हतार गर्‍यो कि सरकारले ?

आज साउन ६ गते  मंगलबार । लकडाउनको ३ महिना अनी २५ दिन , अघोशित खुलेको त एक महिना भयो तर नेपाल सरकारले आज राती १२ बजेबाट लागु हुने गरी लकडाउन पूर्ण हटाएको छ । अरु देशहरुमा भन्दा हाम्रो देशमा कोरोना तुलनात्मक कम देखियो अनी मृत्‍यु पनि कम भयो । यो पक्कै पनि राम्रो पाटो हो । तर आजको मिती सम्म दैनिक १००को संख्यामा  न्युनतम संक्रमण भेटिईरहेको छ भने राजधानीमा पनि दैनिक जसो रोगीहरु भेटीइरहेका छन । सवारीसाधनहरु चल्न थालेका छन भने पुरानै बाटोमा जनजिबन चल्न थालेको छ । भिडभाड उस्तै हुँदैछ भने सवारी जाम पनि सुरु भएको छ । बिद्यालय , फिल्म हल , कलेज , भोजभत्तेर आदी खोल्न नपाईने तर प्राय अरु सबैमा सरकारले खुल्ला गरेको छ । देशको अर्थतन्त्रले धान्न नसकेपछी सरकारले अन्तिम बिकल्पको रुपमा लकडाउन खुलाएको बुझ्न सकिन्छ । तर यो नै अन्तिम बिकल्प भने थिएन । अब लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । लकडाउन खुकुलो भएसँगै सडकमा देखिएका सवारी साधन र मानिसको चहलपहलले कोभिड–१९ संक्रमणको त्रास बिर्साइदिएको छतर कोरोना संक्रमणको जोखिम टरेको छैन । लकडाउन खुलेपछि संक्रमण फैलिएका देश धेरै छन् । नजिकको उदाहरण दक्षिणी छिमेकी देश भारत हो । त्यहाँ करिब १२ लाख मानिस संक्रमित र २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यही परिदृश्य नेपालमा पनि दोहोरिन सक्ने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिइरहेका छन् । के अब नेपालमा संक्रमणको सम्भावना टरेको हो त ? अब सतर्कता अपनाउनु पर्दैन ? अब आम सर्वसाधारणले के गर्ने ? यस्ता विषयमा अलमल छ ।दैनिक संक्रमणको जोखिम रहदै गर्दा अझ १ महिना हतार नगरेको भए शायद अझ राम्रो हुने थियो । 


अझै पनि यसको महामारी भारतमा अत्याधिक( दैनिक ३५००० हाराहारीमा )  रहेको अवस्थामा लकडाउनको अन्त्यले पक्कै पनि खतरालाई नकार्न सकिन्न ।अझै पनि सरकारले दैनिक परिक्षणलाई सोचे अनुरुप गर्न सकिरहेको छैन , अझै पनि नेपालको स्वास्थ्य प्रणालीमा प्रश्न उठिरहेको  अवस्थामा पूर्णत: लकडाउन हटाउदा भोलिका दिन समस्या न आउला भ्न्न सकिने अवस्था भने छैन ।नेपाल भारत सिमामा कडाई गर्ने भन्ने हिजोको ब्यब्स्था हामीले देखेकै हो । के अब पूर्णत बोर्डरमा रोकतोक होला त ? के सुरक्षाको हिसाबले भारतीयले नेपालको छेउ छाउ न आउँलान त ? वा सरकारले भने जस्तै खतरा हटेकै हो त ? हो भने त यो खुशीकै कुरा हो ।  यसलाई अझै हलुको बनाउदै , त्यसको नतिजा हेर्दै , मुल्याङ्कन गर्दै कदम चाल्नुपर्ने मेरो आफ्नो बुझाई थियो । अब हामीले आफु स्वयम नै सुरक्षित रहेर जिबन यापन गर्नुको बिकल्प छैन । तसर्थ सरकारको निर्णय आँफैमा गलत र सही भन्नु भन्दा पनि यो समय सबैले आफ्नो तर्फबाट सुरक्षा अपनाउने नै मुख्य कुरा हो । सुरक्षित रहौ अनी परिवारलाई पनि सुरक्षित राखौ । जय नेपाल ।      

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu