Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, July 25, 2020

thumbnail

हामी नेपालीको बिदेशी सपना : इज्जतको सवाल जो छ ।

मेरो छोरा अमेरिकामा छ , पढ्दैछ ,  भनेर गमक्क फुल्ने बाबु आमा धेरै छन , मेरी छोरी अस्ट्रेलियामा छे भनेर अरुले नसुनेपनी भन्दै हिढ्ने आमा बाबु पनि हाम्रै छेउछाउ छन । पक्कै पनि नेपालीका बिदेशी सपना साकार पार्ने गतिलो माध्यम भनेकै बिदेश अर्थात : अमेरिका , बेलायत , अस्ट्रेलिया , क्यानडा , अनी युरोपका अरु देश । छोरा छोरी बिदेशमा छन यसको मतलब अब यता बाउ आमाले मानौ मुक्ती पाउदैछन ।  बिदेश केहीलाई रहर हो भने केहीलाई बाध्यता । रेमिट्यान्सले धानेको हाम्रो देशमा जती धेरै जनता बिदेश पलायन भए त्यतीनै खुशियाली मनाइन्छ । बिदेशबाट आउने रेमिट्यान्सले देश चलेको छ । रहरले जाने र बाध्यताले जानेको कथा फरक छ । त्यही कथाभित्र लुकेको धेरै तिता यथार्थहरु हामीमाझ नआईपुग्दै बाटोमै बिलय हुन्छ । 
छोरोले अमेरिकाको अग्लो भवन र समुन्द्रको छेउमा फोटो खिचेर फेसबुकमा हाल्दा यता त्यो फोटो हेर्दै गौरब गर्ने , छाती चौडा पार्ने हाम्रा आमाबाबुले आफ्नो सपना साकार भएको ठान्न थालेका छन । अनी त्यो फोटो हेर्दै आफु जान नपाएको छतपटीमा आफ्नो मास्टरको डिग्रीलाई गाली गर्ने युवा जमातपनी लामै छ यहाँ । यो चित्र अहिलेको समाजको वास्तविक चित्र बन्दै गएको छ ।  
अहिलेको युवा पुस्तामा लहड चलेको छ बिदेश । हुने त उसै सक्छ , नहुने पनि बिदेश पठाउन लालायित हुँदैछ आजकाल । अस्व्स्थ हुँदैछ नेपालीको बिदेशप्रतिको मोह । जगा धितो राखेर होस् वा अन्य जायजेथा बेचेर , धितो राखेर , सापट मागेर घरको एकजना चाँही जसरी पनि बिदेश जानै पर्छ नत्र इज्जतको सवाल छ , हामीलाई कसले पाल्छ ,कसरी पाल्छ ? फलानो अम्रीकामा छ , कती सुखी छ उसको परिवार । पैसा टन्नै कमाउछ । मनोभाबना नै बिदेश , सुत्दा उठ्दा । 



ठीक छ बिदेश पठाउनु पर्छ , पढाउनु पर्छ । पढोस् , उन्नती गरोस , सुखी र खुशी होस् यो सबै अभिभाबकको चाहना हो जुन सही छ । तर यहाँ कुरा यो मात्रै हैन , यो भन्दा धेरै अघीको हो । किन यती बिघ्न लालायित हुँदैछ हाम्रो समाज ? पिआर , ग्रीन कार्डका नाममा किन हामी हाम्रा सन्तान र शन्ततीलाई  पलायन पार्न उद्यत छौ ? किन बिदेशमा भएको छोरा छोरीलाई मात्रै हामी गर्ब गर्न सक्ने पात्रको रुपमा लिन्छौ ? 
सबैले नेपाल यस्तो छ , उस्तो छ , यहाँ भबिस्य छैन , राजनीति खराब छ , यहाँको पढाई नै खत्तम छ , बातावरण छैन यही जबाब फर्काउछन जुन एउटा बिन्दुमा सही छ । तर के यो जबाब दिएर अब उम्कीईरहने हो त ? देश जे सुकै होस् ? सबैले उही जबाब दिने हो भने झन बन्छ त देश ? अनी उही ब्यक्ती देशको अवस्थाको रटान लगाउछ । देश नेताले मात्रै बनाउछ त ? सत्तामा  पुग्नेले मात्रै बनाउछ हो  देश ? अनी हामी ?? हामी जनता ? सचेत जनता ?   
देशमा रोजगारीको अबसर कम छ , क्षमता भएकाले पनि काम पाउदैनन । राजनीतिक अस्थिरताले केही गरौ भन्ने युवाले राज्यबाट केही सहयोग पाउदैनन । बिदेशमा छोराछोरी हुँदा गर्ब गर्ने समाज बढ्दै छ ।बिदेशको सुख , सुबिधा देखेर आफ्नो अनी सन्तानको भबिस्य सुनिस्चित गर्ने सपना पालेर बिदेश जाने पनि लाखौं छन । अनी यस्तो अवस्थामा किन बिदेश नजाने ?  
   बिदेशमा हामीले सामान्य सोचेजस्तो सजिलो पक्कै छैन , यो त्यहा पुग्ने र भोग्नेले मात्र बुझ्छ । अमेरिका डिभी परेर गरेका हुन वा बिद्यार्थी भिसामा , त्यहाको कानुन सबैमा बराबर हुन्छ । यहाँ मै हुँ भन्ने हरु पनि त्यहा त्यही देशको अधिनमा रही काम गर्नुपर्ने हुन्छ । कामलाई ठुलो मान्ने देशले सानो ठुलो काम भनेर भेदभाब गर्दैन । यहाँ ठुलो हुँ भन्नेले पनि त्यहा सामान्य काम गर्नै पर्छ अर्थात मनको लड्डु शायद नै पुरा हुन्छ । मेहनत र योग्य मान्छेको कदर जहाँ पनिहुन्छ , बिकसित देशमा क्षमताको कदर हुन्छ । तर सामान्य बुझ्ने भाषामा बिदेश सपना देखे जस्तो सहज र सरल भने छैन । बिदेश गएर पढ्नु एउटा पाटो हुन्छ भने त्यतै बस्न खोज्नु , त्यतै स्थायी कागजपत्र लिनु फरक कुरा हो । यहाँ नेपालमा केही नदेख्ने , यहाँ गर्न नचाहने अनी गरेर पनि गर्न नसकेका हरुको नजरमा स्वदेश बेलाबेलामा छुट्टी मनाउन आउने थलो बन्न थालेको छ । देशको राजनीतिक , आर्थिक अवस्थालाई दोश दिदै , गाली गर्दै , धारे हात लगाउदै बिदेशमा स्वर्ग देख्नेको जमात लाखौं छ । जुन देशमा जम्यो , हुर्क्यो त्यो देशलाई बिदेश गएर सराप्नु भनेको दु:खद कुरा हो । यो मानसिकताबाट ग्रसित ब्यक्तीले नेपालमा कहिले राम्रो देख्न सक्दैन । 
उताको शिप , ज्ञानलाई यता ल्याएर उन्नती , प्रगती गरेका दर्जनौ उदाहरणहरु छन । गर्न सकिन्छ है भनेर देखाउने पनि धेरै छन । पक्कै पनि नेपाल राजनितिक अस्थिरताले जकडिएको छ र सोचेजस्तो अबसर र रोजगारी छैन । धेरैको भबिस्य  डामाडोल छ । तर , देशलाई जब जब दक्ष ब्यक्ती , जनशक्ती र देशलाई माया गर्ने जनताको आवश्यकता पर्छ तब देशलाई  दुख्छ । लुट्ने र खोक्रो पार्नेको जमातमा देशलाई माया गर्नेहारु कमै देखिन्छन । आफ्नो पसिना  पोखेर अरुको देशलाई सिगार्ने , उन्न्नत बनाउने ति हातहरु नेपालले झलझली सम्जिन्छ । स्वदेशमा बिकासका काम गर्नुपर्दा बिदेसी कामदार ल्याएर काम सकाउनु पर्दा त्यो जनशक्ती नेपालले बाहिर पठाएर ठुलो गल्ती गर्‍यो भनेर बिस्मात गर्नुपर्ने अवस्था छ ।पढेलेखेका आमा बाबुको लक्ष उताका छोराछोरीलाई त्यहाको नागरिक बनाउनु , उतै घरबार जोड्न लगाउनु हुन्छ । त्यही आमाबाबु छोराछोरीलाई पढेर यतै आज , यतै आफ्नो शिप र पौरख लगा भनेर भन्ने बिरलै हुन्छ , किनभने यहाँ कमाई हुँदैन , यहाँ टिक्न सक्दैन , यहाँ बातावरण छैन अर ठुलो कुरा बिदेश भनेको बिदेश हो । अनी देश बिकास भएन भनेर राप अलाप्नुको अर्थ पनि यही यतै पाईन्छ । सबैले आफ्नै बारेमा सोच्छ , देश जाओस भाड मा !!!!    बिदेश जानु आँफैमा खराब हुँदै हैन । तर बिदेशको नागरिता लिएर नेपाल खत्तम भयो ! भन्नु चाँही गलत हो । आफु बिदेशमा बसेर नेपाल यस्तो हुनुपर्ने , उस्तो हुनुपर्ने भनेर ज्ञान बाढ्नु पनि गलत हो । उतैको नागरिकता लिएर  उतैको नागरिक भएको ब्यक्तीले नेपालबारे अलापेको राग सुन्दा चाँही कन्पारो तातेर आउछ ।     

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu