Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, August 1, 2020

thumbnail

क्लबको वृक्षारोपण कार्यक्रम : जिबन दिनु ठुलो पुण्यको काम



हिजो अर्थात साउन १७ गते सनिवार । बिहान ७ बजे घरबाट निस्किए । क्लबले ( LCK Padmasambhav Dakshinkali ) दक्षिणकाली ७ स्थित ठुलोचौर भन्ने ठाउँमा वृक्षारोपण कार्यक्रम गर्दैथियो । मौसमले साथ नदेला कि भन्ने संका बोक्दै म मनोज दाईकोमा पुगे । दाईले भर्खर ब्यबसाय पुन: सुरु गर्नुभएकोले सामानहरु आएको रहेछ बिहान । मैले पनि हल्का सहयोग गरे सामान तह लगाउन । एकैछिन पछी काम सकेर मनोज दाईको गाडी सङ्गै म पनि लागे फर्पिङ तिर । चौकोट देबी तिर गर्ने कार्यक्रम मौसमको कारण अन्तै तय भएको थियो । मेयर साबलाई नि निर्म्तो थियो आजको कार्यक्रमको । हामी एकैछिन राधाकृष्ण दाईकोमा अलमल गरी पानी , चिसो र बिस्कुट लिएर लाग्यौ ठाउँ तिर । गोपालेस्वर मन्दिर हुँदै अली अघी बढेपछी पुगियो ठुलोचौर । हाम्रो क्लबले आयोजना गरेको यस कार्यक्रमामा अन्य हाम्रा ५ वटा लायन्स क्लबहरुको पनि सहभागीता थियो । 
वास्तवमा बेलाबेलामा यो कार्यक्रम गर्न आवश्यक थियो , किनकी हामी सामाजिक अभियन्ताका रुपमा काम गर्दै गरेकाहरुको नजर बातावरणमा पनि पर्नै  पर्छ। हामीले हाम्रो तर्फबाट सकेको गर्नै पर्छ । बातावरण रहे मात्र हामी अनी यो जगत रहन्छ । अनी रुख बिरुवा हाम्रो जिबन सङ्ग प्रत्यक्ष जोडिएको छ । जिबन दिनु पनि हो यो कार्य । एकैछिन मा कार्यक्रम सुरु भयो । बातावरण रमणिय बन्न थाल्यो । ३०० वटा बिभिन्न जातजातीका रुखबिरुवाहरु लगायौ हामीले । मैले ब्यक्तीगत रुपमा ११ वटा बिरुवा रोपे , अब हुर्काउने पनि हाम्रै काम हो । मेयर ( दक्षिणकाली नगर प्रमुख ) मोहन बस्नेत आउनुभयो र वहाँले  पनि बिरुवा रोप्नुभयो । हाम्रो क्लबले गर्ने प्राय सबै जसो कार्यक्रममा वहाँ आउनुहुन्छ र हौशला दिनु पनि हुन्छ । हामी राजनिती भन्दा पर रहेर काम गर्छौ , वहाँलाई नेता भन्दा पनि नगरको अभिभाबकको  हामीले निम्तो गर्ने गर्छौ । कार्यक्रममा लायन्स क्लब सङ्ग मिलेर काम गर्न तयार रहेको कुरा ब्यक्त गर्दै वहाँ फर्किनु भयो ।सामुहिक फोटो पनि खिचियो ।मैले केही मिनेटको भिडियो पनि तयार गरे ,जुन मैले क्लबको  Youtube Channel मा हाल्ने गरेको पनि छु । लगभग उक्त कार्यक्रममा ७० जनाको उपस्थिती रहेको थियो । कोरोनाको कारणले अरुलाई खासै निम्तो गरिएन । जती भेला भयौ , त्यो सुरक्षा अपनाएर । हामीले मास्क , पन्जा र स्यानिटाइजरको ब्यबस्था गरेका थियौ ।  


 
कार्यक्रमको अन्त्यमा हामीले सँग्गै खाना खाने ( स्वयम तिर्ने गरी ) तय गरेका थियौ । त्यहाबाट फर्पिङ् बजारबाट अली माथि रामजी को रेस्टुरेन्टमा पुग्यौ हामी र सबै मिलेर खाना खायौ । आजको दिन राम्रो रह्यो । कारण सबै भने । अब त्यो बिरुवा लगाएको ठाउँको संरक्षण गर्ने तर्फ हामीले सोच्नुपर्ने हुन्छ । यही कुरा गरेपछी म ३ बजेतिर काठमाडौ फर्किए । जिबन  दिनु पक्कै ठुलो कुरा लाग्यो मलाई। अनी म क्लबको सचिब पनि । 







Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu