Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Friday, August 14, 2020

thumbnail

राजधानी फेरी असुरक्षित : दर्जन भन्दा बढी मृत्‍यु

 आज साउन ३० २०७७ शुक्रबार । आज कोरोना संख्या लगभग ५०० नजिक थियो , थप ४ जनाले ज्यान गुमाए सङ्गै १०० जनाले ज्यान गुमाए । स्थिती भयाबह बन्ने संकेत देखापरेको छ काठमाडौमा । दिनहु जसो उपत्यकामा १०० जना भन्दा माथिको संक्रमित फेला परेको अवस्था छ । भोली के होला सहजै भन्ननसकिने अवस्था छैन  । राजधानिको २४ ठाउँमा शिल गरिएको छ । आज म एक्छिन नयासडक () पुगेको थिए । ७० % पसलहरु बन्द थिए । सबैतिर त्रासको बातावरण छ। अब फेरी  लकडाउन नै गर्नुपर्ने हो कि भन्ने अवस्था सिर्जना भएको छ । प्राय सबै कार्यालयहरुमा यसको संक्रमण देखा पर्दै गएको छ । यो लेख्दा सम्मा २६००० हाराहारीमा संक्रमण पुश्टी भएको छ । सरकारले राजधानी आउने नाका पूर्ण शिल गरेको बताएको छ , उता बल्खु , कुलेस्वर क्षेत्रमा पनि शिल गरिएकोछ । मेरै अफिस वरपर पनि कुन बेला शिल गर्छ थाहा छैन । मान्छेको भिडभाड आज सम्मपनी कम चाही भएको छैन । कमाउनेले कमाउनुपनी पर्‍यो , घर व्यबहार हेर्नुपर्‍यो । भन्नु र गर्नुमा फरक छ । तर यहाँ जिबन मरणको कुरा पनि भएर पो सबैलाई अफ्ठेरो । म पनि धेरै बेर अफिस बसिन आज । खासै काम पनि थिएन । सबैतिर डर छ , निस्फिक्री हिढ्न पनि हुँदैन । यही सोच्दै चाडै फर्किए पनि । 


कलंकी तिर पनि शिल गरिएको अवस्था छ । अर्थात यसले भोली कस्तो रुपलेला सहजै अनुमान गर्न सकिने अवस्था छैन । तर हामी सुरक्षित रहनु नै अहिलेको लागी पहिलो प्राथमिकता हो र आवश्यकता पनि । छिमेकी भारतमा त झन अवस्था नाजुक छ । नेपालमा त्यहीअनुपात त नहोला तर अवस्था जटिल बन्ने तर्फ सजक भने सबै रहनु पर्छ । यो ब्लग लेखिरहदा मेरै जन्मथलो फर्पिङ पनि शिल भएको छ । उतापनी ४ जनामा देखा परेछ । एउटा साथी सङ्ग एक्छिन अघी कुरा भएको थियो । जे होस् कतै नछोड्ने भयो यसले । अब लामो के लेखु , यतिबेला रातको ९:११ बजेको अवस्था छ । बाहिर हल्का पानी परिरहेको छ । अब भोलिका दिन सुरक्षित रहनु छ , संयम रहनुछ अनी अती आवश्यक नपरी बाहिर निस्किनु छैन । जय नेपाल । शुभ रात्री । 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu