आज ४ गते ( भदौ ) २०७७ । जताततै कोरोना छ यतिबेला । सरकारले साउन ६ गते लकडाउन हटायो , जिबन नियमित चलन सुरु गरेको थियो सबैको । उता कोरोनाले आफ्नो चलखेल पनि गर्दै थियो । यता भित्रिने संख्या पनि बढ्दै थियो । मनमा निको चाला छैन भन्ने पनि लाग्दै थियो । लगभग १ महिना पुरा हुनै लाग्दा सरकारले ३ गतेबाट फेरी घरमै बस्न आग्रह गर्दै सुचना निकाल्यो । जरुरी पनि थियो किनकी एकदैन १०१६ जना भिटिए यतै ( उपत्यकाभित्र ) । यता जनताको पनि कोरोना भन्ने नि छ र ? भन्ने व्यबहारले खतरा बढ्दै गएको थियो । भिडभाड उस्तै हुँदै थियो । यहाँ हामी सरकारको आलोचना गर्नैमा मस्त हुन थाल्यौ । सरकारी नियम र आग्रहलाई सुनेनौ , फलत: फेरी घरमै बस्ने दिन हामी आँफैले ल्यायौ । आजकाल दिनहु जसो मान्छे मरेको खबर पनि आउन थाले । खतरा झनै बढेको अवस्था छ । आज घरमै बसियो , खाईयो , बसियो , सुतियो , मोबाईल , ल्यापटप , घरको चोटाकोठा चाहर्दै लगभग दिन गयो। एक हप्ताको लागि अब बसाई घरकै ।
साथी भाई , आफन्तहरु सङ्ग अब उही मोबाईल मार्फत भेटघाट । आफ्नो र परिवारको सुरक्षा गरौ । सतर्क र सुरक्षित रहौ ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments