By: Pramod K. Poudel : हरेक ब्यक्तीले कुनै न कुनै सिद्दान्त अनुसरण गरेकै हुन्छ , यहाँ मैले यहाँ कुरा गर्न खोजेको चाँही राजनीतिक सिद्दान्तको हो । म नेपालको नागरिक भएपछी जब मैले भोट हाल्न थाले नेपालको राजनीतिक अवस्था बारे बुझ्न् थालेको हो त्यो अघी वास्ता थिएन । २००७ सालको प्रजातन्त्र प्राप्ती पछीको अहिले सम्मको राजनीतिक चर्तिकला बुझ्ने कोशिस गरे । अनी फर्केर बिगतका ठुला ठुला जन आन्दोलन , आम हडताल , बिद्रोह , क्रान्तीहरु केही अध्ययन गरे । एउटा आम नागरिकको राजनीति सङ्ग सम्बन्ध हुन्छ त्यो मैले व्याख्या गर्न पर्दैन । नेपाली काङ्ग्रेश , तत्कालिन ने क पा एमाले ( हाल एमाले ) , माओबादी ( हाल एमाले ) , रा.प्र.पा आदी नेपाल हाक्ने महारथीहरुको ईतिहास पनि अध्ययन गरियो । अनी मनमा एउटा कुराले घर गर्यो , नेपालको अधोगतीको कारण यिनै राजनीतिक दुर्गन्धहरु हुन । बिगतमा धेरै काण्ड रच्ने , देश लाई दास बनाउने , नेपाली जनताको विश्वाशमा लात हान्ने यिनै महारथी पार्टी अनी तिनका नेता , माननीय , ढोगनियहरु नै हुन । देशको दोहन , सम्पती - पद - इज्जतको लुलुप्ताले गाजेका ति गन्हाउने अनुहारकै रजाई चलेको छ , र वास्तबिकता पनि यही हो । हाम्रो समाजले नकारेका अनुहारहरु नै दोहोरिएर , तेहेरिएर त्यही पदमा जुको टासिएर झै टासिएकै छन । बिकल्प पनि कस्तो छ भने - त जा अनी पछी म आउछु " भन्ने राजनीतिक संस्कार सबैतिर हाबी छ । यस्तो संस्कारले थिलो थिलो पारीएको नेपालको राजनीति नै नेपालको निकासको , बिकासको बाधक हो ।
अनी उसो भए अब पनि त्यही जुकाहरुको रजाई , चुसाई नै हो त ? यो नै अहिलेको मुख्य बिषय हो । २००७ साल देखी २०७७ सालसम्म हेरौ न । एउटा चित्तबुझ्दो कुरा पाउन सकिन्छ ? एक दुई जना ब्यक्तिबाद लाई छोड्ने हो भने यही अबधीमा देश डुबेको हो । डुबाउने पनि यतै छन अनी केही मरेर गए । अब पनि डुबाउन दिने हो भने नेपालको नागरिकको हैसियत चाँही मैले राख्दिन । देश प्रती मेरो दायित्व छ , कर्तब्य पनि छ अनी सबै युवाहरुले आफ्नो कर्तब्य र दायित्व निभाउने हो भने यो जुकाहरुलाई नुन खुर्सानीले फ्याले जस्तै फ्याक्न रत्तिभर समय लाग्दैन । म यहाँ के . पि को बयान गर्दिन न त प्रचन्डको नै । हामीले राम्ररी बुझेका छौ र चिनेका छौ यिनिहरुलाई । शायद यिनका बिगत र आजको दिनलाई पनि नियालेकै छौ । अब यिनको बिकल्प नै आजको माग हो । र माग पुरा गर्न एउटा बलियो संरचना , संगठन चाहिन्छ जुन स्वतन्त्र राष्ट्रिय अभियान नेपाल हो । म जोडीएको पनि धेरै महिना भएको छैन । स्वतन्त्र राष्ट्रिय अभियान नेपाल अहिले एउटा राष्ट्रिय अभियानका रुपमा अघी बढ्दै छ । बिल्कुल फरक सिद्दान्त बोकेर यो अभियानले युवा देखी महिला , बुद्दिजिबी , बिद्वत बर्गहरुलाई अभियानमा सामेल गराएको छ । यस अभियानका हरेक अभियन्ताहरुले आफ्नी सम्पती विवरण बुझाउनु पर्छ । देशमा संघियता हैन एउटा सिङ्गो अनी संयुक्त राज्य हुनुपर्छ भन्ने बिचार यसले राखेको छ । धेरै पार्टी हैन सिमित दुई वटा पार्टीले देश चलाऊनुपर्छ पर्छ भन्ने मान्यता बोकेर यस अभियानले सिङ्गो राष्ट्रलाई भोलिका दिनमा नेत्रित्व दिन तयारी गर्दैछ । हुन त हिजोको दिनमा कुरा गर्ने , नयाँ सोचको पार्टीहरु न आएका भने हैनन । तर आउनु र गर्नुमा धेरै तात्विक भिन्नता छ । हामी गर्छौ , र सुरुवात हामी आँफै बाट गरिसकेका छौ । धेरै भाषण गर्नुको औचित्य छैन , भाषण छोटो मिठो र गहकिलो हुनुपर्छ तब सुन्नमा पनि मजा छ । मैले यो अभियानलाई मनै देखी स्विकार गरेको छु , किनकी यो अभियान एउटा ब्यक्तिको हैन यो अब सिङ्गो देशको अभियान बन्दैछ । अभियानका संयोजक श्री स्वागत नेपाल जो आँफैमा अधिवक्ता पनि हुनुहुन्छ र नेपालको समस्त राजनीतिक पाटोलाई गहिरो सङ्ग बुझ्नुहुन्छ वहाँको नेत्रित्वमा यसले भोलिका दिनमा एउटा बाटो समात्ने छ यसमा हामी बिस्वस्त छौ । हामीले नै नगरि यो स्वेछाचारी एक्लौटी नेपालको राजनीति बदल्न सकिदैन । म सबैमा आग्रह गर्न चाहन्छु आउनुहोस् हामी यो अभियानमा जोडीऔ, म त जोडीए र सद्स्यता लीईसके । अबको भबिस्य स्वतन्त्र राष्ट्रिय अभियान नेपालले कोर्ने छ । समय आउछ - चाडै आउछ । जय नेपाल ।
#imwithincnepal
Subscribe by Email
Follow Updates Articles from This Blog via Email


No Comments