By : Pramod k. Poudel :
नेताको परिकल्पना गरिरहँदा, वर्तमान राजनीतिमा लागेका अनुहारहरु सलबलाएर आउँछन् । अहिलेका नेताहरुको विगत सबैलाई थाह छ । वर्तमान सबैले देखिरहेकै विषय हो । देखिएको विगत र अहिलेको वर्तमान अवस्थाको तुलना गर्नासाथ नेताहरुप्रति हरेक नागरिकहरुको पहिलो शब्द नै गालीबाट शुरु हुन्छ । यहीनेर चुकेका छन् नेपालका नेताहरु । विगतमा जे बोले, त्यो गरेनन । विगतमा जस्ता थिए, अब त्यो रहेनन् । नागरिकले जे विश्वास गरेको थियो, त्यो पाएन । पहिलेको र अहिलेको जीवनशैलीमा आकाश र जमिनको फरक देखिन थाल्यो ।
बिकल्प यहीबाट सुरु हुन्छ :
नेपाली राजनीतिमा अपराधीकरण मौलाउँदै गएको धेरै भयो । नेताहरुले राजनीतिलाई सेवाको रुपमा नलिई पेसाको रुपमा बुझेर काम गर्ने गरेकोले राजनीति दुषित हुँदै गइरहेको जगजाहेर छ । राजनीतिज्ञले स्वच्छ राजनीति गर्नुपर्नेमा प्रशासन, न्यायलयलाई सत्ता र शक्तिको बलमा दबाब वा प्रभावमा पार्नु नियती बनेको छ र सत्य पनि हो। हुन त नेपालको राजनीतिमा अराजकता, विकृती, विसंगती र अपराधहरु हिजो पनि नभएका होइनन् । आज यी घटना घट्नुभन्दा बढी भइरहनु झन् दुःखद कुरा हो ।
....................................................................................................................................................................
आज हामी राजनीतिक रुपमा व्यवस्था र परिवर्तनको हिसाबले धेरै अगाडी बढिसकेका हुनुपर्ने थियो । हिजोको राज्य व्यवस्थाले हत्या, हिंसा, अपराध, शोषण, दमन, अन्याय अत्याचारलाई प्रश्रय दियो भनेर आन्दोलन गरी व्यवस्था परिवर्तन गर्ने राजनीतिक दलका नेताहरु नै अपराधमा मिस्सिन थालेका छन् । व्यवस्था परिवर्तन भयो, समय परिवर्तन भयो तर मान्छेको मानसिकता परिवर्तन हुन सकेको छैन । राजनीतिक दल र यसमा आवद्ध मान्छेहरु नै अपराधमा संलग्न हुनु अथवा त्यस्तो कार्यलाई बढवा दिनुले राजनीतिप्रति आम मान्छेको धारणा नकारात्मक बन्न थालेको छ । राजनीतिमा दिनप्रतिदिन अपराध मिसिन थालेपछि राज्यसंयन्त्र नै कमजोर भएको अथवा प्रश्रय नै दिइरहेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ । राजनीतिमा अपराध जेलिनुको कारण राजनीतिज्ञ नै हो ।
देशमा लोकतन्त्र आयो । गणतन्त्र आयो । नयाँ संविधान पनि बन्यो । संघीय मुलकु बन्यो । आजको दिनमा देशमा तीन तहको सरकार छ । अभिव्यक्ति स्वतन्त्रता छ । बिकासका राम्रा जुनसुकै काम गर्न बन्देज छैन । यति हुनको निम्ति देशमा निकै लामो समयसम्म ठुलो राजनीतिक लडाइँ भयो । संघर्ष भयो । तर जनताले अपेक्षा गरे अनुरुपको नयाँ नेपाल निर्माण हुन नसकेको प्राय सबैको गुनासो रहदैँ आएको छ । नेताहरु धेरै जन्मिएका छन् । स्थानीय तहदेखि, प्रदेश र संघीय सरकार सम्म धेरै जनप्रतिनिधी निर्वाचित भएर जिम्मेवारी सम्हालीरहेका छन् । निर्वाचनको क्रममा निर्वाचन जित्नको निम्ति आर्थिक चलखेल देखि आतंक मच्चाउने र अपराध घटाउने सम्मको गतिविधि भइरहेका छन् । मानवता हराउँदै गइरहेको छ । जसरी हुन्छ सत्ता र शक्तिमा पुग्नुपर्छ भन्ने मानसिकता सबै नेता र राजनीतिक दलहरुमा विकास हुँदै गइरहेको छ । यसले गर्दा अपराधले प्रश्रय पाइरहेको छ जुन गलत राजनीतिक संस्कारका कारण अपराध मौलाउँदै गएको बुझ्न गार्हो छैन । सत्ता र शक्तिको आडमा राजनीतिज्ञहरु भयमुक्त हुनुले राजनीतिमा अपराधको श्रृङखला बढिरहेको हो ।
राजनीतिक दलहरुले सुरुवाती अभ्यास नै जसरी पनि जित्ने र त्यसको निम्ति जुनकुनै हत्कन्डा अपनाउने गरेका कारण पछिल्लो पुस्ता पनि त्यस्तै मनोविज्ञानबाट ग्रसित छन् । हत्या, हिंसा, आतंक, बलात्कार, मानव बेचविखन जस्ता घटनाहरुमा राजनीतिक दलका नेताहरु नै मुछिने गरेका छन् । अपराधमा त सबै मुछिन्छन् नै तर गाउँ समाज र राष्ट्रकै नेतृत्व गर्ने बौद्धिक तहका मान्छे नै यस्ता घटनामा मुछिनुले विश्वमाझ नेपालीलाई बदनाम गराइरहेको छ । ठुला मान्छेहरुको अपराध प्रशासन, कानुन, सत्ता र शक्तिको आडमा दबिइरहेका छन् भने पिडितहरु झनै शोषित दमित भइरहेका छन् । न्याय पाएका छैनन् । राजनीति स्वच्छ नभएसम्म अपराध नघट्ने निस्चित छ् । राजनीतिले प्रशासन र न्यायलयलाई हस्तक्षेप गर्नु अहिले नेपाली राजनीतिको नियती बनेको छ।
...................................................................................................................................................................
राजनीतिले अपराध नियन्त्रण गर्नुपर्छ । अपराध नियन्त्रण गर्न बनेका कानुन, नियमहरुलाई कडाइका साथ कार्यान्वयन गराउन पनि राज्य संयन्त्र तथा राजनीतिक दलहरु लाग्नुपर्छ । राजनीतिमा मौलाउँदो अपराधिकरणलाई घटाइ स्वच्छ, पवित्र र जनपक्षिय बनाउनुपर्छ । कानुनको परिपालना पनि सानालाई ऐन, ठुलालाई चैन बनाउनु हुँदैन । कानुनको नजरमा सबै बराबरी हुनुपर्छ । राजनीतिलाई संस्कारयुक्त बनाउनुपर्छ । अब यि माथीका सबै पक्षलाई केलाएर हेर्ने हो भने नेपाली राजनीतिबाट सिर्फ गन्ध मात्रै आउछ । हामीले २००७ साल देखी २०७७ सालसम्म हेरेको हैन ? पर्खेको हैन ?
पक्कै हो । अनी यो ७० बर्षमा नेपालले राजनीति अनी नेताबाट के पायो ? भएका ठुला ठुला उद्योग ध्वस्त बनाईेए । नेता मोटाए अनी उनैका कार्यकर्ताहरु मोटाए । बाकी देश उस्तै रह्यो , अझ रुग्ण हुँदै गयो ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालको नेत्रित्व मात्रै यि सबै समस्याको समाधान हो ,हामी बनाउछौ । किनकी दुषित जरा नउखेले सम्म बिकास सम्भब छैन। जरानै कुहिएपछी राम्रो फलको आस गर्नु नै नेपाली जनताको ठुलो भुल भयो । अब त्यो भुल कुनै हालतमा हुँदैन , गर्नु हुँदैन , हुँदै हुँदैन । जनताको मनमा स्वतन्त्र रास्ट्रिय अभियान नेपालको छ्बी सुरु देखिनै सफा , दाग रहित बनाउनु पर्छ । केन्द्र , प्रदेश , जिल्ला , गाउसम्मका नेत्रित्वले यही कुरा मनन गर्नु पर्छ । नत्र अन्य दल वा सिदान्त जस्तै हाम्रो अभियान पनि थला पर्ने छ, जनताको नजरमा उही दुषित पार्टीहरुकै हाराहारीमा उभिने छ , जुना कुनै हालतमा स्विकार्य छैन । हामीले न्युनतम सिद्दान्तबाट उठेर अभियानलाई आममानिसको मन मस्तिस्कमा पुर्याउनु नै हाम्रो जित हुनेछ । तसर्थ हाम्रो अभियान ( incnepal) को मर्म , भाबना र सिद्दान्तलाई आजै देखी हामीले भोलिका लागि सोचेर हाम्रो अभियानलाई अघी बढाऔ , पक्कै जित सम्भब छ । जय नेपाल ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

2 Comments
Its absolutely agreeable . The nepalese politics failed because of having no strong willed leader and poor educational critical consciousness.
Reply DeleteThe countries are developed not because of documents or political principal we follow. Examples are of Israel , Saudi , Singapore , Viyetnam and etc. Those countries prospered only because of leadership.
A good leader must be produced from ground level . He or She must come from the mainstream if the society. A person born with silver spoon can't carry the spirit of marginalised because he has no experience of living in marginality.
Another factor which is responsible for making is his upbringing and ideology he upholds in life. Best example at the moment can be given is that of Indian prime minister, Russian president and retiring pm of Japan . How it was possible is due to the values of human life`s principal .
Thank you sir for your kind words
Reply Delete