आज साउन २२ गते , बिहिबार । कोरोना रोकिएला भन्ने आस थियो तर ठीक उल्टो अबस्था छ । यो लेख्दा सम्म ६५ जनाले ज्यान गुमाए भने आजै मात्र काठमाडौमा ८६ जना फेला परे अनी देश भर ३६० जना । अर्थात केही हप्ता अघी घटेको संख्या केही दिन यता लगातार बढ्दै गएको छ । अवस्था सामान्य त बन्दै गएको छ , सबै बजार अब पहिला जस्ताइ खुल्न सुरु भएका छन । तर यता नेपालकै धेरै तराई क्षेत्र अस्तब्यस्त छ , केही जिल्लामा हिडडुलमा रोक लगाईएको छ । बिरगन्ज केही दिन देखी ठप्प छ । सरकारले नकामा कडा गरेको भनिएपनी अवस्था अली फरक छ , जान आउन सामान्य प्रकृयाबाटै सकिन्छ । यता फर्पिङ हुँदै आउने सुमो र सवारी रोकिएका छैनन , डर त तराई बाट भित्रिनेबाट नै हो । राजधानी बाहिरको अवस्था पनि नाजुक छ । सरकारको आलोचना गरुम त यो पनि गलत हुन्छ , कतिपय अवस्था जनताले स्वयम उत्पन्न गरेका छन । अनी कती ठाउँमा सरकारले सकेन र गर्न जानेन होला पनि । तर , सरकारको मात्रै दोष पक्कै पनि छैन । चार महिने लकडाउन खोल्नु बाध्यता र आवश्यकता दुबै थियो होला तर पनि केही हतार भने पक्कै भयो । जुन बेला लकडाउन गरिनुपर्दथ्यो त्यही बेला लकडाउन खोलियो । उता नाकाबाट आउनेलाई नत रोक्न सकियो अनी नत कडा गरियो । जती गरियो त्यो पर्याप्त चाँही थिएन र अहिले पनि छैन । जब प्रबेष दर बढ्दैछ भने कसरी संक्रमण कम हुन्छ ?? किनकी जतिपनी संक्रमण फैलिएको छ तिनमा प्राय सबै उपत्यका बाहिरबाट आएकाको जमात छ जुन सरकार स्वयमले स्विकारेको छ । अनी भिडभाड गराउने नै सरकार भएपछी कसरी हुन्छ नियन्त्रण ?? भारतले लकडाउन खुकुलो बनायो फलस्वरुप संक्रमणले तहस्नहस बनाउदैछ, अहिले भारत विश्वमा तेश्रो नम्बरमा छ , चाडै पहिलो हुने होडमा छ । हामीले भारतबाट किन सिकेनौ ? किनकी अर्थतन्त्र ठप्प भयो , सरकार चल्न सकेन , पहुचवाला ब्यापारीहरुको दबाब थाम्न सकेन आदी ।
५ महिना हुनै लाग्दा बढ्दो संक्रमणको स्थिती हेर्दा अझ भयाबह बन्न सक्ने देखिन्छ । किनकी कतै पनि चित्त बुझ्दो अवस्था छैन । जनताले कोरोनानै नभएझै व्यबहार र जिबनयापन गर्नु अनी उता सरकारको रणनिती नै अस्पस्ट हुनु । यो स्थिती भयाबह बन्न पुग्यो भने पक्कै पनि दु:खद हुनेछ । अनी उता सरकारको आन्तरिक राजनीतिले पारेको असर र प्रभाब , जुन स्वास्थ्य क्षेत्र देखी देशको आन्तरिक ब्यब्स्थामा प्रतक्ष सरोकार राख्द्छ । कहाँ नेर चुक्यौ हामी ? धेरै ठाउँमा ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments