युवा अहिलेका युवा पढेलेखे पछी हतारिने भनेको भिसा लगाउन हो , सकेकाले राम्रा भनिएका देश नसकेका खाडी भनिएका देश । आमै !!! अब बिदेश गएन भने त इज्जतै जान्छ, मानौ तल्लो बर्गमा परिन्छ । तर मेरो कथा अली फरक छ । कारण यो उमेर सम्म आईपुग्दा बिदेशको मोहले खासै छोएन । स्नातक पढ्दा एकचोटी साथीहरु बानेश्वरको अल्फाबिटा पुगेका थियौ , बुझ्न बिदेशको बारेमा र हाम्रो नजरमा नर्वे थियो ,जानलाई १२ - १४ लाख लाग्ने रहेछ त्यहाबाट बुझियो । अनी एकपटक डिभी भरियो साईबरमा गएर । यत्तिको मेरो प्रयास भनेको , जुन खासै हत्ते गरेर गरिएन लहलहै मा गरियो । त्यो बाहेक बिदेश , त्यहाको जिबनशैली अनी आफ्नै साथीभाईहरुका कुराले खासै असर गरेन । मेरो मानसिकतामै म बिदेश जान्न , जाने भनेको घुम्न हो भन्ने बसेको थियो । आज पनि त्यही नै छ ।
गाउँबाट सपरिवार यता सरेको म , गाउँ पनि नजिकै मेरो १२ कि मि यहाँबाट ( राजधानी - फर्पिङ ) । यहाँ आएर पढाई सङ्गै गैर सरकारी संस्था ( अग्रसर नेपाल - दर्ता गरेर ) चलाऊन सुरु गरे मैले । आज पनि गुगल बाबाले कृपा गर्नुहुन्छ खोज्दा । सानै प्रयासले अघी बढ्न खोज्ने म । सफल असफल भन्ने कुरा प्रयास पछी थाहा हुने कुरा भयो । बिभिन्न संघ संस्थामा बसेर काम गर्ने र अनुभब गर्ने मौका पाएकै हो मैले । मलाई सामाजिक सेवा मन पर्ने , आफ्नो लागि त जसले पनि गर्छ अरुको लागि पनि गर्नुपर्छ भन्ने मान्यता बोक्ने मान्छे थिए म । अहिले पनि लायन्स क्लबमा ( ( Dakshinkali Lions club - Secretary ) छु म साचिबको रुपमा , काम गर्दैछु । Local Clubs , गुठीमा पनि छु म। अर्थात अनुभब चाँही बटुलेकै हो मैले।
राजनीति मलाई मन नपर्ने बिषय थियो कुनै दिन । नेताहरुको कुरै मन पर्दैनथियो मलाई। किनकी देशमा जे भाको छ त्यसको दोष मा नेता र राजनीतिलाई नै दिन्थे । युवालाई राजनीतिमा लानु हुँदैन बिग्रन्छन भन्ने मान्छे म । तर हैन रहेछ । किन हैन रहेछ भने तिनै युवा राजनीतिमा नहुँदा जे पनि गर्ने , गराउने , लुट्ने र लुटाउने भईरहेको सत्य जब मैले महसुस गरे तब राजनीति युवाले नै गर्ने हो र नेत्रित्व युवाले लिनु पर्छ भन्ने मान्यता बोक्न थाले म । शायद समय सङ्गै मैले महसुस गर्दै गरेबाट मैले बुझ्दै गए होला । नेपाली राजनीति यती भ्रस्ट भयो भनेर सजिलै भन्नु र त्यो भित्रको गुथ्थीलाई बुझेर त्यसको बिबेचना सहितको बिकल्पनै आजको आव्स्यकता हो भन्ने मर्मलाई मैले पनि बुझ्दै गए । नेपाली राजनीति , राजनीतिक बिकासक्रम , पद र प्राप्ती सङ्ग जोडीने पक्ष , स्वार्थ प्रेरित कार्यकर्ता अनी नेताका एकाएक फेरिएका जिबन शैली , देश बिकास हुन नसकेको तत्वहरु , आजको राजनीतिको भबिस्य , बिकल्प आदी आदी ।
अब हामी युवाले नै जे जे गर्छौ गर भनेर ति पुराना , थोत्रा , खिया लागेका नेताहरुलाई सुम्पिईदिएपछी के हुन्छ देश ? खिया लागेको सामान तपाईं हामी घरमा राख्दैनौ , कि राख्छौ ?? राखे पनि घर बाहिर वा कुनै कुनाकन्तरा मा राख्छौ । अनी यि खिया लागेका नेताहरुलाई चाँही किन र कती समय राख्ने देशनै सुम्पेर ? अब पनि खिया नफाले त्यो खियाले पुरै सामान बिगार्छ । यो एकदमै वास्तविकता हो । म यहाँ के पि , प्रचन्ड वा अरुको कुरा गर्दिन । को कस्तो छन बुझेकै कुरा हो । अब बेला भएको छ ति पात्रहरु फेर्ने , पुरानालाई जाउ अब सकियो तिम्रो लुछाचुडी भनेर निकाल्ने समय आएको छ । अब पनि यो नगरे हाम्रा पुस्ताले हाम्रै हबिगत भोग्नु पर्छ र यो सत्य हो। देश बिग्रिनुमा हामी युवाको पनि हात छ । हामी सधैं नेता र सरकारलाई धारेहात लगाउन चाहन्छौ । तर हैन , हामीले पनि त हाम्रो भूमिका खासै निभाएका छैनौ नि । केही महिना मात्र भयो म स्वतन्त्र राष्ट्रिय अभियान नेपालमा जोडीएको सदस्यको रुपमा । फरक बिचार र सिदान्त बोकेर हिढ्ने अभियानले मलाई पनि स्थान दियो म जोडीए । अहिले यो लेख्दा म काठमाडौ जिल्ला कमिटीको सचिब बनेको छु , तदर्थ समिती सचिब । एउटा सकेको राजनीतिक साथ त दिनैपर्छ है देशकै निम्ती भएपनी भन्ने मेरो धारणा हो । अब युवाले चलाऊनुपर्छ देश , बुढापाकालाई बिदाई गर्नुनै पर्छ । २००७ देखी २०७७ सम्म नेपालीले हेरेकै हो एमाले , काङ्रेश , अनी खै के के पार्टी हो। अब पनि तिनै लुटुवाहरुलाई नै विश्वाश गर्ने हो भने रामराम बाहेक केही भन्न सकिन्न्न । काण्ड काण्डको राजनीति अनी भागनिती , कुशासन , भ्रस्टाचार , लोभलालच , पद , शक्ती , नाताबाद के के हो के के । हामी नेपालीको दुर्भाग्य एउटै पनि गतिलो नेता नपाउनु । अब त्यस्तो नहोस् भन्ने चाहना राख्नुपर्दैन जनताले ? अब फेरी पनि त्यही अनुहार , त्यही ब्यक्ती , त्यही बिचार ,त्यही पुरानै ब्यबस्था ??? किन हामी परिवर्तन नहुने ? किन हमी नयाँ नखोज्ने ?
हामी पुरानो ब्यबस्था नै फ्याक्न चाहन्छौ । जुना ब्यबस्थाले देश यो गतिमा गयो । अहिलेलाई यती मात्रै लेखे अरु अर्कोमा । जय नेपाल ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email


No Comments