Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Wednesday, September 2, 2020

thumbnail

के हो यो Right to Reject - Right to Recall पढ्नुहोस । हामीले बुझ्नु पर्ने कुरा ।

 हामीले चुनेर पठाएको नेता वा प्रतिनिधिले हामी जनताको मर्म, भावना अनुसार काम गर्न सकेन ? हामीले मत दिएर जिताएको प्रतिनिधिले स्वार्थपरक काम गर्ने ( सत्ता , पद , पैसा लोभ  दुरुपयोग आदी ) गर्न थाल्यो । गर्छु भनेको काम र बाचा गरेको प्रतिनिधिले सो काम र बाचा पुरा गरेन वा गर्न सकेन । हो अब हामीले यही नेर बुझ्नु पर्छ कि हामीले जिताएर पठाएको प्रतिनिधिलाई आफुले दिएको  भोट फिर्ता लिन्छु भनेर त्यो प्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकार Right to Recall  नै हो ।यसाे गर्दा  हामीले पठाएका जनप्रतिनिधि  जिम्मेवार बन्छन्,  जनता प्रती उत्तरदायि बन्छन ,  बन्नै पर्छ ।   एक पटक जितेपछि महाभियाेग पनि नलाग्ने मैमत्त पद भनेकै सांसद हाे ।




चित्त नबुझ्ने नेता वा प्रतिनिधिलाई तपाईंले  Reject गर्न वा अस्विकार गर्न सक्नुहुन्छ , यो तपाईंको अधिकारको कुरा हो । यहाँ त के छ भने बारम्बार हारेर आउने नेतालाई पनि मन्त्री , सान्सद बनाईन्छ । इक्षा लागेपनी नलागेपनी उसैलाई भोट दिन लागाइन्छ । यो नै जनताको भावना र अधिकारको हनन हो । एक नागरिकलाई स्वतन्त्र भएर आफ्नो प्रतिनिधी छान्न पाउने Right to reject र Right to recall  को अधिकार हुन्छ । त्यही अधिकारलाई सुरक्षित गर्नु नै  " Right to Reject - Right to Recall  हो । हाम्रो यस अभियानको एउटा मुल मन्त्र पनि यही नै हो । जब सम्म यो लागु हुँदैन तब सम्म मनपरी चलिनै रहन्छ । यसलाई हामीले बुझ्नु आवश्यक छ । हिजोका ईतिहासहरु हेर्ने हो भने राजनीतिक निर्णयहरु प्राय सबै अहिलेका दुषित नेताहरु अनुकुल बनेका छन , राजनीतिक ब्यबस्था तिनै जुकाहरुलाई सजिलो हुने गरी बनाईएका छन । हामी त्यही ब्यबस्था  (System) भत्काउने अभियानमा छौ । हाम्रो अभियान एकदिन राजनीतिक  ति तमाम कु-पात्रहरुलाई डुबाउने गरी समुन्द्रको रुपमा तयार हुनेछ । पर्खाई समयको अनी हाम्रो आन्तरिक बिस्तारको । जय नेपाल । 

#iamwithincnepal

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu