जताततै कोरोनाले प्रभाब पर्यो यो बर्ष। यो लेख्दा सम्म नेपालमा १ लाख ४० हजारमा संक्रमण पुस्टी भएको छ भने लगभग ८५० जतीको दु:खद निधन भएको छ । सबै तिर यसको प्रभाब छ यद्यपी नेपालमा यसको प्रभाब नराम्ररी परेको छ । आज टिका पछीको तेश्रो दिन । अस्ती टिकाको दिन आफ्नै परिवारमात्रको सहभागीतामा दसैंको दिन मनाईयो । सबै आफन्तहरुकोमा पनि टिकाको लागि नजाने निर्णय गरियो । मेरो परिवारका नजिकमा प्रदेश ३ नम्बरका मुख्यमन्त्री डोरमणी पौडेल ( हजुरबा ) र हजुरआमालाई कोरोना पुस्टी भएको छ ।
हरेक बर्ष आउने यो पर्ब यो बर्ष अली फरक रह्यो र यो रहनै पर्ने पनि थियो । जिबन सुरक्षित रहे मात्र सबै रहन्छ , जिबन भन्दा ठुलो अरु हुन सक्दैन भन्ने मान्यतालाई हामीले आत्मसाथ गर्दै यसपालिको चाडपर्ब मनाउनु नै मनाशिव होला भन्ने ठानियो । घरमै छु आज पनि , अब पर्सी देखी कामहरु सुरुहुन्छ । नयाँ काम सुरु हुँदैछ , राजनीतिक दलमा आबद्द भएको छु । युवा नै राजनीतिको पर्याय हुनुपर्छ भन्ने लाग्छ त्यसैले युवाको राजनीतिमा प्रबेषलाई म सकारात्मक मान्छु । जे होस यो बर्ष कोरोनामाया हुनेवाला छ । केही दिनपछी तिहार आउँदैछ अनी मङ्सिरमा देवाली पनि लाइनमा छ । आसा गरौ आउने दिन राम्रै होला , कोरोनाले गती कम गर्ला कि ?
सुरक्षित हिडिराको छु , अरुलाई पनि सुरक्षित रहन आग्रह गर्छु । हस त अहिलेलाई यत्ती । जय नेपाल ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email
No Comments