Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Thursday, October 8, 2020

thumbnail

बुढापाकाको आशिर्बाद अनी पुण्यको काम : आँखा सिबिर

 सेवा नै ठुलो धर्म हो भनेर धेरै पटक हामीले किताबमा पढेकै हो । कतीले पढे अनी कतिले गरे । गर्ने मध्यमा म पनि पर्छु गर्बले भन्छु । आज तिनै सेवा मध्यको बुढापाका आमा बा हरुको लागी हामीले दक्षिणकाली नगरपालिका ३ स्थित सेतीदेबी मा बि को प्राङ्गणमा निशुल्क आँखा सिबिर सम्पन्न गर्यौ । १६१ जना बा आमाले भाग लिनु भयो । आखिर लिएर जाने के हो ? हामीले दिने कर्म अनी कर्मले दिने एउटा नाम यत्ती हो । राम्रो गरे राम्रै होला अनी खराब गरे खराब  । बुढा बा आमाको सेवाले हामीले वहाँहरुको आसिर्बाद पायौ यो नै ठुलो कुरा हो । हामीले हरेक बर्ष कम्तिमा २ पटक भएपनी क्लबको तर्फबाट यो कार्यक्रम गर्ने गरेका छौ र यो तेस्रो बर्ष हो ।

 कोरोनाको कारण हामीले सतर्कता अपनाएर कार्यक्रम सन्चालन गर्यौ जुना अती आवस्यक थियो । म क्लबको सचिब , अनी मेरो दायित्व पनि थियो कि कार्यक्रमलाई सुरक्षित अनी सफल बनाउने । म बिहान खाना नै नखाई पुगेको थिए कार्यक्रम स्थल १२ बज्यो चिनेको दाईको खाना खादा , चिसो भएछ भात तर पनि मिठो लाग्यो   , । मलाई सेवाको काम गर्दा आनन्द आउछ अनी राती निद्रा पनि राम्रै लाग्छ । सबैले आ आफ्नै लागी सोच्ने र गर्ने दुनियाँमा हामी अरुका लागी पनि गर्छौ ।


 लायन्स क्लबले मलाई धेरै कुरा सिकायो अनी सिक्दै पनि छु । लियोका प्रकाश सर लगायत सबै टिमलाई धन्यवाद सहित बधाई , कार्यक्रम सुरक्षित रुपमा सफल बनाएकोमा । मेयर श्री मोहन बस्नेतज्यु , उपमेयर बसन्ती डङ्गोलज्यु , हाम्रा आदरणिय कोअर्डिनेटर लायन सम्भु बहादुर थापाज्यु , संस्थापक अध्यक्ष नरेश श्रेष्ठ दाई , बिद्यालयका प्रधानाध्यापकज्यु लगायत सबैप्रती हाम्रो टिम हार्दिक आभार ब्यक्त गर्दछ , सहभागी भएर हौसला बढाईदिनुभएकोमा । अरुलाई सहयोग गरेको दिन म प्रफुल्ल हुदो रहेछ , मलाई सधैं यस्तै महसुस हुन्छ । आज फेरी त्यस्तै मौका मिल्यो । खुशी लाग्यो । हामीले हाम्रो लागि त गरेकै हुन्छौ तर अरुका लागि चाँही ? सबैको मन एउटै हुन्न । सोच फरक हुन्छ । आँखा सिबिरमा परिक्षण गर्दा सल्यकृया गर्नुपर्ने बा आमा पनि निस्किनु भयो , वहाँह्ररुलाई किर्तिपुर ( त्रिभुवन विश्वबिद्यालय ) आँखा अस्पतालमा ल्याएर आँखाको सल्यकृया र उपचार गराउने जिम्मा पनि हाम्रो नै हो । हामी त्यसको लागी तयार छौ । अरु गर्न नसकेपनी बुढापाकाको आशिर्वाद लागोस यही नै हो जिन्दगी । जय नेपाल । 











Pramod Kumat Poudel 

( secretary ) 

Lions club of Kathmandu Padmasambhav Dakshinkali
 

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu