तिहार २०७७ , कोरोनाले गर्दा नमाउनेकी भन्ने थियो तर मनाईयो । हामी ४ जना दाजु भई अनी एक्ली बहिनी - ५ जना मात्रै । ममी मामाघर । कोरोनाले यसपालिको दसैं खासै मनाईएन , बरु घरमै बसेर तास खेलियो अनी ओखर पनि हानियो अली अली जितियो अली धेरै हारियो । रमाईलो भनेको आफुले महसुस पनि गर्ने पाटो रहेछ । केही महसुस गरियो भने खुशी पनि हुन सकिने कुरा भयो ।
जे होस् , कोरोनाले नेपालमा २ लाखको आकडा पार गरेको छ । खै आजसम्म कोरोनाबारे कुनै औषधी पनि छैन रे ! हस्पिटलमा बेड छैन , कोरोना डरले अस्पतालले बिरामी नलिएको अवस्था छ यहाँ । कुन बेला कस्तो अवस्था सिर्जना हुन्छ यो पनि केही भन्न सकिने अवस्था पनि छैन । जे होस् , हामी तिहार सकेर अब काम धाम तिर लाग्न थाल्यौ । यो कोरोना चाडै निको होस् , अपेक्षा ।
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments