अचेत कुरा गर्नु , बेहोसी प्रकट गर्नु वा के बोल्दैछु भन्ने पत्तो नहुने अवस्थालाई सामान्य अर्थमा बौलाहा भन्ने गरिन्छ । बिशेष अर्थ अली लामै होला । देश सन्चालन गरिरहेको मेरो ( सबैको ) सरकारलाई एउटा नागरिकको सयौ प्रश्न छन । त्यस्ता प्रश्न जुन सरकारले दिनैपर्छ , सरकारको दायित्व पनि हो । म अनी म जस्ता लाखौं सामान्य नागरिकले सरकारबाट धेरै अपेक्षा गर्छ जुन स्वाभाबिक हो । मैले सरकारबाट रोजगारी , सुलभ शिक्षा , पिउनेपानी , गास बास अनी कपासको प्रत्याभुती , शान्ती , देश बिकास , अमन चैन , राजनीतिक स्थिरता , भ्रस्टाचार शुन्य अवस्था , कानुनी राज्यको पालना , लोकतन्त्रको रक्षा , प्रजातन्त्रको सुरक्षा , नागरिकमा सरकारप्रतिको सन्तुष्टी आदी , अरु पनिधेरै छन । अनी मैले ( सबैले ) पनि देशप्रती अनी देशको सरकारप्रती एउटा नागरिकको हैशियतले निभाउनु पर्ने कर्तब्य अनी भूमिका निभाउनै पर्छ ।

अस्थिर राजनीतिक चेतनाले जकडिएको मेरो देशको राजनीतिक नेत्रित्वमा कहिले पनि देशप्रतीको इमान्दारिता ,जसलाई खुलेर तारिफ गर्न सकियोस , पलाउनै सकेन । २००७ सालपछी ७७ सम्म आईपुग्दा अनेकौ साना ठुला घट्नाहरु घटे अनी घटाईए जनताको नाममै । तर , ७० बर्षको लामो प्रजातन्त्र प्राप्तीपछीको यो अबधीमा देशले( राजनिती ) कुनै बिशेष गुण नेपाली जनतालाई लगाउन सकेन। कयौ प्रधानमन्त्री , मन्त्री अनी सान्सदका ताती लागे , तर पनि भ्यागुतो बनाईेको मेरो देश त्यो भन्दा माथी उफ्रिन सकेन । १० बर्षे जनयुद्दका नाममा १७ हजारको आहुती दिएर देशलाई कायापलट गर्न तम्सिएका तिनै आज मानानीय र ढोगनिय बने , हिजो झापा आन्दोलनको नाममा चप्पल पड्काउदै नाना कान्ड गर्न पछी नपर्ने ब्यक्ती जनताकै नाम भजाउदै बिशेष ब्यक्ती बने ।काङ्ग्रेश बन्यो , एमाले बन्यो , माओबादी मिलेर ठुलो !!!! एमाले पनि बन्यो , रा प्र पा बन्यो , मदेशी दलहरु बने , साझा बिबेकशिल पनि बन्यो । धेरै बने । तर मेरो देश बनेन , मेरो देश बनाईएन । हिजो राणाहरुले र राजाहरुले बनाएका मेरो देशका कयौ ठुला कलाकारखानाहरु ढले , बेचिए , निशाननै निमिट्यान्न्न पारीयो । जनताका माझ धेरै सपनाका धेरै फुलबुट्टाहरु भरेर पङ्गु बनाईयो । तिनै पङ्गुमा रमाउने बानी पारीयो । हिजो सुकुम्बासी भनिएका आज भि आई पि बनेर करौडोका मालिक भए , हिजो जनताले लात हानेर हराईएका आज जबर्जस्ती माननिय बने । राजनीतिक चेतना नभएकाहरुको जमातलाई सांसद बनाएर जनताको पसिनाबाट उठाईएका करले पालिएकै छन । पद अनी शक्तीका लागी भएका कर्तुतहरुले मेरो देशको राजनितीलाई गिज्याईरहेको थियो । जनताको लागी गर्छु भनेर छिरेका ब्यक्तीहरु आज ब्वासो भएर कसैलाई नटेर्ने उन्मादमा मत्त भएको पनि मेरो देशले भोगेकै हो । राजनीतिक दलको नाममा ब्यबसाय खोलियो , अनी नेताका रुपमा ब्यबसायी भर्ना गरियो । यो कसैले गरेनन , नेपाली जनता स्वयम जिम्मेवार छन किनकी तिनलाई भर्ना हामीले नै गरेका थियौ । एकपटक हैन पटक पटक अनी धेरै पटक । आफ्नो ब्यवसाय गर्ने ब्यापारीले सकेसम्म ब्यापार राम्रै गर्न खोज्छ अनी कमाउन खोज्छ । हामीले तिनै ब्यापारीलाई पठायौ । दल र पार्टीहरु दर्जनौ भएपनी यिनका काम अनी उदेश्य एउटै थियो जुन हामीले बुझ्न सकेनौ र बुझ पनि पचायौ । म जन्मेर बुढो हुँदैछु ,अह मेरो देश त्यही नै छ जहाँ म बच्चा बेलामा देख्थे । खासै तात्विक फरक रहेन । अब मैले मेरो जिबनकालमा धेरै अपेक्षा पनि गर्न सक्दिन , किनकी मेरो देश राजनीतिक ब्यापारीहरुको हातमा छ । मेरो देशमा अहिले हैन पहिला देखी नै बौलाहा खालको राजनीति थियो । न कुनै उदेश्य , न कुनै दुरद्रिश्टी , न कुनै उपलब्धी !!! बस कमाउनेले कमाईरह्यो , रमाउने रमाईरह्यो । अनी हामीले फेरी पनि तिनै छ्ट्टुलाई जिताएर पठाईरहयौ अनी यता नेताले देश बिगारे भएर राप अलापीरहयौ । देश यहाँ आईपुग्नुमा मेरो पनि हात छ सबैको हात छ ।
गल्ती एक पटक दुई पटक र तीन पटक सम्म हुन्छ । ४ पटक त्यो गल्ती हुन्न त्यो बानी हुन्छ । अब बानी सुधारौ , राजनीतिक चेतनाको आँखा उघारौ । हामी त यत्तिकै जाऔला तर हाम्रा शन्ततीहरुले यो देश अर्कै देखुन , नेपाल देखुन ।
मेरो देशको बौलाहा राजनीति ।
by : Pramod k.Poudel
Subscribe by Email
Follow Updates Articles from This Blog via Email
No Comments