मैले यसो भन्दा उनिहरु हासे , मज्जैले हासे । मैले उनिहरुको हासोलाई नराम्रो ठानिन , जसले जस्तो बुझ्छ त्यस्तै प्रतिकृया दिन्छ । उनिहरुले त्यही त गरे । एउटा साथी काङ्रेश समर्थक , उसका सन्तान पनि । अर्को साथी राजनीतिक अचेतनवाला , मतलब नराख्ने । म काङ्ग्रेशवाला साथीको घर पुगेको थिए फर्पिङ , अचेतनवाला साथी सङ्ग , भेटघाटकै लागी । अनी साथी त हुन आज अभियानको बारेमा केटाहरुसङ्ग कुरा गर्छु भन्ने बिचार घरबाट राखेरै हिढेको थिए ।
देशको बर्तमान अवस्था दयनिय बनिरहदा एउटा राजनीतिक चेतना राख्ने मनभित्र एक प्रकारको राजनीतिक बिद्रोह बल्नु स्वाभाबिक थियो , जुन म भित्र बल्दै थियो । राजनीति मेरो लागी वाहियात बिषय थियो , तर होइन रहेछ । राजनीति हामी अनी हाम्रै बिषय रहेछ । सिङ्गो राजनीतिनै देशको भबिस्यको जग हो , जुन जग नेपालमा आज सम्म पनि बस्न सकेन । हिजो मेरो देशमा हुने राजनीति वा गरिदै आईएको राजनीति सही अर्थमा त्यो थिएन । थियो त बस ! राजनीतिको नाममा ब्यापार , भ्रस्टाचार , ब्यभिचार , लुट - गुट अनी अरु थुप्रै । मैले बाल्यकालमा देखेको मेरो देश आज म ३६ बर्षमा जिउदै गर्दा उस्तै छ , खासै तात्विक भिन्नता छैन । हिजो पनि त्यही थिए , तिनै थिए अनी त्यस्तै थिए , आज पनि तिनै छन , त्यस्तै छन र त्यही नै छन । राजनीतिले देशको हरेक पक्षमा प्रभाब पारेको हुन्छ । मैले ठुला कुरा गरिन र गर्न आउँदैन पनि । देशले ए मा ले पायो , काङ्ग्रेश पायो , राजा पनि पाएकै हो , अनी अरु थुप्रै दल , नेता , कार्यकर्ताहरुहरु टन्नै पायो । तर मेरो देशले , मेरो नेपाल आमाले के पायो ?
घिन लाग्छ अब तिनै अनुहारको भरमा फेरी पनि देश सुम्पिने हो भने । किन यती लालायित छन मेरो देशको जनता - तिनैलाई देश सुम्पिन । एउटा भ्रस्ट अनी नालायक नेताको भाषण सुन्न , उसलाई हेर्न आज पनि मरिहत्ते गर्छ मेरो देशको जनता । जब सम्म हरेक ब्यक्तीले आफु भित्रको चेतनालाई सही अर्थमा जगाउन सक्दैन , सचेत हुन चाहदैन । सम्भब छैन नेपालको भबिस्य।
म स्वतन्त्र राष्ट्रिय अभियानमा त्यतिकै लागिन । किनभने यसले मलाई एउटा आसा दिलायो , भरोशा दिलायो । बिरोध होइन बिकल्प । पक्कै पनि अब बिकल्पनै हो । म यही कुरा मेरा साथीहरुलाई सुनाउन चाहन्थे । देशको हरेक नागरिकमा राजनीतिक चेतना आवश्यक छ है भन्ने बताउन चाहन्थे । ब्यबस्था फेर्नु सहज पक्कै छैन तर असम्भब पनि छैन । विश्वमा त्यस्ता अनेकौ उदाहरण अनी द्रिस्टान्तहरु छन जहाँ ब्यबस्था परिबर्तननै देश बिकासको मुल आधार बने , देशको परिवर्तनको सम्बाहक बन्यो ।
नेपालमा राजनीतिको नाममा जनताले धेरै दु:ख पाए । सबै जोगी कान चिरेकै आए । दर्जनौ पार्टी खुले तर तिनका नाम मात्रै फरक भए , काम र उदेश्य चाँही एउटै भए । लुट्न आएका लुट्नेनै भए । देशको लागी एउटा गतिलो नेता नै जन्मन नसक्नु एउटा बिडम्बना बन्यो । आस - विश्वाश अनी फेरी पनि तिनै वरिपरी देशको भबिश्य घुमिरह्यो । अनी देशले चाहि के पायो ? अनेकौ काण्ड , अनेकौ तिगडम । वाक्क दिक्क लाग्ने नै भयो । त्यही भएर हामीले भन्यौ : अब त अती भयो " यि तीन तत्व - तिनै ब्यक्ति , तिनै बिचार अनी तिनै ब्यबस्था लाई परिवर्तन गरौ ।
दक्षिणकाली नगरपालिकामा मेरै अगुवाईमा मेरो साथीले अहिले नगरको नेत्रित्व लिएको अवस्थामा म मेरा अझै केही साथीहरुलाई आफ्नो , मेरो , अनी हाम्रो अभियानमा सामेल गराउन चाहन्थे र अहिले पनि चाहन्छु । मलाई विश्वाश छ यसमा म सफल हुन्छु पनि । जुन अभियानमा मैले आफुलाई एउटा सदस्यको रुपमा लगाएको छु , पक्कै पनि हाम्रो उदेश्य सफल भएरै छोडछ चाहे समय लागोस नै । अभियान एउटा माध्यम मात्रै हो , उदेश्य पुरानालाई लखेट्ने नै हो , लुटेराहरुलाई भगाउने नै हो । सत्ताका पिपाशुहरुको सत्ता लिप्सालाई निमिट्यान्न पार्ने नै हो । एउटा सफल अनी सुखद क्षणको उदेश्यले देशलाई उन्नत लोकतन्त्र अनी प्रत्यक्ष प्रजातन्त्रको लयमा लाने नै हो । चाहे जस्तोसुकै बलिदान दिन किन नपरोस । किनकी यहाँ ब्यबस्था परिबर्तनको आवश्यकता छ , ब्यति अनी बिचारको परिवर्तन आवश्यक छ । थालनी भएको छ । टुङ्गोमा पुग्नेछ । बिचमा अनेकौ अफ्ठ्याराहरु आउनेछन , पार पक्कै लगाइनेछ ।
मेरा साथीहरु सङ्गको झन्डै २ घण्टाको बसाई सकियो पनि । उनिहरुले हासोमा त उडाए मलाई तर एकदिन तिनका चेतना फर्किने छ यत्ती चाँही भन्न सक्छु म । अहिलेलाई यत्ती लेखे ब्लगमा । बाँकी फेरी भेटौँला । जय नेपाल - जय अभियान । Plz Visit for more details : www.incnepal.com
Personal Purpose only (for Blog ):
Subscribe by Email
Follow Updates Articles from This Blog via Email

No Comments