Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Tuesday, May 4, 2021

thumbnail

हामी कस्तो युवा नेतृत्व खोज्दै छौँ ? बहस आवश्यक छ

हो बहस आवश्यक छ , देशको लागी अनी समग्र ब्यबस्था र अवस्थाको लागी पनि अब बहस आवश्यक छ । युवा जती खाडी र युरोपमा अनी देश चाँही तिनैका हातमा , तसर्थ पनि झनै बहस आवश्यक छ । आफु अघी नसर्ने तर सत्तोसराप गर्ने बानीलाई अब सच्याउनकै लागी पनि बहस आवश्यक छ । कारण अब युवालाई राजनीतिमा सरिक गराउन , राजनिती खराब होइन है राजनीति हामीले सुधार्नु पर्छ भन्ने उदेश्यकै लागी पनि बहस आवस्यक छ ।
देशले भएका युवाहरु मध्य लगभग सबैजसो सक्षम युवालाई देशमै राख्न सकेन , खाडी धकेल्यो अनी बिभिन्न बहानामा युरोप लखेट्यो । रेमिट्यान्सको लोभमा भएजती सबै जाउ भनेर खुट्टा छोडिदियो । फलस्वरुप अवस्था यती जटिल बन्यो अब , देशले युवा रोक्न प्राय असम्भब छ । 

हरेक तह अनी तप्काका पढेका अनी कम पढेका नेपालका बलिया युवाहरुको भबिश्य देशले कहिले सोच्दै सोचेन , फलस्वरुप देशले युवालाई गुमाउदै गयो अनी आज पनि यो जारी छ । 

इतिहासका हरेक परिवर्तन युवाहरूको जोश, सुझबुझ र नेतृत्वबाट मात्र सम्भव भएका छन् । चाहे त्यो जहाँनिया राणा शासन ढाल्न होस् वा निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य होस् ।दस वर्षे सशस्त्र द्वन्द्वदेखि पहिलो र दोस्रो जनआन्दोलन, विभिन्न मधेस, थरुहट आन्दोलनदेखि जनजाति सबै खाले आन्दोलन, जहिल्यै युवाहरू नेतृत्वको अग्रपंक्तिमा रहेका छन् । ती आन्दोलन युवाहरूको रगत–पसिना बगेकाले सफल भए । युवाहरू चलायमान भएको युगले मात्र यथास्थितिबाट अग्रगामी छलाङ मारेको विश्वव्यापी उदाहरणहरू प्रशस्तै छन् ।

हाम्रै लोकतन्त्रीकरणको इतिहास फर्केर हेर्ने हो भने २००७ को क्रान्ति सम्पन्न गर्दा बीपी कोइराला ३६ वर्षका मात्रै थिए । उनी ३७ वर्षमा मुलुकको गृहमन्त्री बनेका थिए । कम्युनिस्ट घोषणापत्र लेख्दा कार्ल माक्र्स ३० वर्षका थिए भने विश्व विजयको यात्रा सुरु गर्दा सिकन्दर मात्रै २१ वर्षका ।


आधुनिक नेपाल एकीकरणको अभियान थाल्दा पृथ्वीनारायण शाह पनि २१ वर्षका थिए । कृष्णप्रसाद भट्टराई ३५ वर्षको उमेरमै पहिलो सभामुख भएको इतिहास छ । अहिले पनि विभिन्न देशमा भएका आन्दोलन हेर्ने हो भने युवाहरूले नै नेतृत्व लिएका छन् । हङकङमा चीनको सर्वसत्तावादविरुद्ध लडिरहेका जोसुव वोङ हुन् वा अमेरिकामा स्थापित सत्तालाई च्यालेन्ज गरिरहेकी एलेक्जेन्द्रिया ओक्यासो कोर्टेज या भारतमा मोदीको धार्मिक अतिवादविरुद्ध लडिरहेका कन्हैया कुमार, सहिला रशिद हुन् या आइसा घोष ।

युवा केन्द्रित राजनीति, मुद्दा र मूलधारको राजनीतिमा तिनको हस्तक्षेपबारे छलफल चलाउँदा हामीले समाजसँग जोडेर बहस गर्न सकेनौँ भने त्यो अपूरो हुन्छ । युवा राजनीति केवल राजनीतिक पार्टीका युवा संगठनले गर्ने राजनीति होइन । सार्थक युवा नेतृत्वको बहस गर्दा कम्तीमा अहिलेको समाजलाई विभिन्न कोणबाट हेर्न सक्नुपर्छ ।

के साँच्चिकै हजारौं युवाहरुको अर्थपूर्ण हिस्सा अहिलेको राजनीतिमा सुरक्षित छ ? जिम्मेवारी पाएका एकाध युवाहरुले पनि युवाहरुको नेतृत्व विकास र राजनीतिक सहभागिताको लागि निर्णायक भूमिका निभाइरहेका छन् वा नेता, दल, गुट, उपगुटको चंगुलमा फसेर चाकडीमा लिप्त छन् ? यो प्रश्न आफैंमा गम्भीर अनि सोचनीय छ ।

नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको इतिहासलाई हेर्ने हो भने अग्र पंक्तिमा देखिन्छ युवाहरुको भूमिका । आन्दोलनको मोर्चा सम्हाल्नेदखि लिएर नेताहरुलाई सुरक्षा दिनेसम्म । राजनीतिक दल अनि नेताको समर्थन र विरोधमा भिडन्तमा उत्रिने म्यादीको भूमिकासम्म युवाले निभाएको देखिन्छ । तर, युवालाई राजनीतिमा अवसर र जिम्मेवारी दिने विषयमा भने जुनसुकै पार्टीको पनि अवस्था कमजोर देखिन्छ । नेताहरुले चुनाव जित्न, आफ्नो पक्षमा जनमत सिर्जना गर्न र सुरक्षाका लागि युवाहरुलाई बढी प्रयोग गरेपनि जिम्मेवारी दिने विषयमा युवाहरुको त्यागको सम्मान हुने गरी उचित जिम्मेवारी दिएको देखिंदैन ।

नेपाली समाजमा राजनीतिप्रति युवाहरुको चासो पनि कमजोर देखिएको छ पछिल्लो समयमा । जसले गर्दा राजनीतिमा आसा लाग्दा कैयौं युवाहरुले पनि सम्बन्धविच्छेद गरिरहेका छन् राजनीतिसंग । जसमा नेतृत्वको ध्यान पुगेको देखिँदैन ।

विश्वका विभिन्न देशका अभ्यासहरु हेरौं, युवाहरुको नेतृत्वले देशले काँचुली फेरिरहेका प्रशस्त उदाहरणहरु छन् । राजनीतिमा युवाहरुलाई कसरी संलग्न गराउने र उनीहरुको दिगोपनाका लागि के गर्ने ? आर्थिक रुपमा युवाहरुलाईर् कसरी टिकाइराख्ने ? यो विषय सम्बन्धित पार्टी अनि राज्यले सोच्नु जरुरी छ । सक्षम, पढेलेखेका युवाहरुलाई विदेश पलायन हुनबाट कसरी रोक्ने ? यो विषयमा राज्य गम्भीर हुँदै उचित कार्यक्रम र योजना ल्याउन जरुरी छ ।

आर्थिक रुपमा आत्मनिर्भरता निम्नमध्यम वर्गीय परिवारबाट भर्खर कलेज पढ्न आएको युवा राजनीतिमा लाग्छ, खट्छ, भिड्छ र पार्टी संगठनको लागि मरिमेटेर लागेको हुन्छ । जब उसले घरको खर्चमा रमाएर औपचारिक शिक्षा पूरा गर्छ तब बल्ल महसुस हुन्छ । आफ्नो आम्दानी र पारिवारिक व्यवस्थापनको विषय । संगठनको काम गर्दा उसलाई न त कसैले सोध्छ, न त ऊ आफैले सोचेको हुन्छ ।

नेताको वरिपरि घुम्ने र चाकडी चाप्लुसी गर्ने व्यक्तिले जिम्मेवारी पाउने होइन कि क्षमताका आधारमा जिम्मेवारी दिने संस्कारको विकास गर्न जरुरी छ, जसबाट युवालाई राजनीतिमा सकारात्मक दृष्टिकोण बनाउन सहयोग पुग्छ । राजनीति फोहोरी खेल हो भन्ने आम धारणालाई चिर्न पार्टी सञ्चालनका तौर तारिकादेखी लिएर राजनीतिक व्यवहार र निर्णयमा निष्पक्षता हुन जरुरी छ ।

खर्चिलो र भडि्कलो निर्वाचन प्रणालीको अन्त्य, निर्वाचन अत्यन्तै खर्चिलो हुँदा सामान्य हैसियतको व्यक्तिमा राजनीतिप्रति निराशा बढ्दै गएको देखिन्छ । जसको प्रभाव युवाहरुमा पनि परेको छ । जसले गर्दा सामान्य व्यक्तिको पहुँचभन्दा टाढाको विषय बनिरहेको छ, निर्वाचन र राजनीतिक अवसर । निर्वाचन आचारसंहिताले तोकेको सीमामा रहेर खर्च गर्ने परिपाटीको विकास हुने हो , राइट टु रिजेक्ट - रिकल , प्रत्यक्ष कार्यकारी राष्ट्रपती , ५१ % भोट् ल्याउनेले सरकार बनाउने लगायतका  असल राजनीतिक संस्कारको  बिकास गर्ने हो भने   युवाहरुमा पनि सकारात्मक सोचको विकास हुन सक्दछ । यी र यस्ता धेरै बिषयहरु छन्, जसले राजनीतिमा युवा सहभागिता बढाउनका लागि सहयोग गर्दछन् । कुरा युवाको सङ्ग सङ्गै देशको ब्यबस्था , बिचार  अनी ब्यक्तिलाई पनि परिबर्तन गर्नुपर्छ भन्ने मुल सिद्दान्तले अब युवा राजनीतिमा आउनुपर्छ , जुन सम्भब छ , बहस आवश्यक छ ।



 







Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu