Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, May 29, 2021

thumbnail

कोभिड संक्रमणको मेरो अनुभब :


 बैशाख ३० सम्म त म श्वस्थनै थिए , हरेक दिन झै सामान्यनै थियो दिनचर्या । सामान्य काम चल्दै थियो । घरमा सामान्य रुघा छिर्यो , कताबाट पत्तो पाईएन । भाईहरु , ममी बुवा सबैलाई समात्यो । जोरो , खोकी , जिउ दुख्ने सबै कोरोनाकै लक्षण । सबैले घरकै कोठामा नै बस्ने , नियम पालना गर्ने निर्णय गरियो । फोनबाटै डाक्टरसङ्ग परामर्श लिने काम भयो । लक्षणले कोरोना नै हो भन्ने लगभग पक्का भएको थियो , पछी दुई भाईको परिक्षणमा कोरोना पोजेटिभ आयो । बुवाको नेगेटिभ । छुट्टा छुट्टै बसाई । खानपान देखी धेरै कुरामा सजग रहियो । सबैलाई समातेपछी बैशाखको अन्तिम दिन देखी मलाई देखा पर्‍यो । सुरुमा सामान्य रुघा , जोरो हुँदै जिउ दुख्ने , सास लिन गार्हो हुने हुँदै खोकीले ग्रस्त बनायो । पोहोरको कोरोनाले छुन सकेको थिएन , म सजग थिए ।

 तर यसपाली घरको बातावरणले जोगिन सकिएन । अरुलाई लाग्दा कतिपय कुरामाहामी सामान्य मान्थेउ तर जब म आफु कोरोना पीडित भए भन्ने लगभग पक्का भयो , मानसिक रुपमा अली पिडा बोध भयो । शरिरले बताउने रहेछ , अनी सामान्य पनि होइन रहेछ । १५ दिन चाँही कतै गईएन । प्राय कोठामै । १५ दिनमा १ हप्ता चाँही एकदम निसास्सिने दिन रह्यो । एक्दिन त झन्डै बेहोसको स्थिती थियो , जोरो १०३ सम्म पुग्यो । अवस्था नाजुक बन्यो १ हप्ता ।   

जती म सामान्य लिन्थे , पक्कै हैन रहेछ । मेरै उमेरका धेरैले ज्यान गुमाए । एकपटक त लाग्यो , म पनि बाच्दिन कि जस्तो पनि लाग्यो । राती सुत्न धेरै गार्हो भयो , लामो सास फेर्न पनि १ हप्ता लाग्यो । शरीर एकदम शिथिल भयो । खानै मन नलाग्ने , बान्ता होला हुने । रातभरी छटपटीमै बित्यो धेरै दिन । फेसबुक खोल्थे , नकारात्मक समाचारले भरिएको हुन्थ्यो । बन्द कोठाको बातावरण सुन्य हुथ्यो । के गरु ? कसो गरु ? जिबनमा यती कस्ट यो भन्दा पहिले शायदै भोगिएको थियो । कोरोनाको कहरले मेरै नजिकका धेरैले ज्यान गुमाए , यसको असरपनी बिरामी हुँदा दिमागमा पर्ने रहेछ । मैले PCR Test गराएको थिईन किनकी म पक्क्का थिए यो लक्षण कोरोना नै हो । अब नलाग्नु लागि हाल्यो , बिकल्प भनेको घरमै सुरक्षित रहने नै थियो । तातो पानी , बेसार - जिरा पानी त कती ग्लास भयो होला हिसाब गरिन मैले । जुन आवश्यक रहेछ । तातो पानीले औषधीको काम गर्दो रहेछ यो चाँही मेरो आफ्नै अनुभब।

Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu