Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Saturday, July 17, 2021

thumbnail

ब्यक्ति गलत हुँदैन , उसले बोकेको सिद्दान्त र बिचार गलत भयो भने सबै गलत हुन्छ ।

 लामै भयो नेपालको राजनीतिलाई नजिकबाट नियालेको , जब बुझ्ने भए नेपालका नेताहरुले नेपाल र नेपालीका लागी राजनीति गरेका छैनन भन्ने बोध हुन थाल्यो । क्रमश : पद , हैसियत , सत्ता  , सम्पत्ति अनी पहुचका लागी निरन्तर राजनीतिका नाममा तिनै केही ब्यक्तिहरुको रजाई चल्दैछ भन्ने ज्ञात हुँदै गयो । यहाँ राजनीतिका नाममा जनताको लागी ति नेता र कार्यकर्ताहरु बिच कहिले झगडा भएन , यहाँ जनताको अधिकारको लागी कहिले संसदमा बादबिबाद भएन , लडाईं भएन । भागबण्डा , अंशबन्डा , हैसियतमा को सानो को ठुलो , को गतिलो , कसको संख्या धेरै , कसको पछी भेडाहरु ( कार्यकर्ता ) धेरै आदी अनिगिन्ती यस्ता कुरामा राजनीति भयो । म त भन्छु आजसम्म देशमा राजनीति नै थिएन , थियो त बस ! जनताका नाम , देशका नाममा सिमित ठेकेदारहरुको ठेक्का । कहिले एउटा पार्टीले ठेक्का लिने , दोहन गर्ने , ब्यापार गर्ने । अनी कहिले त्यो ठेक्का अर्को पार्टीले लिने उसै गर्ने । भाग मिले ठेक्कापनी साझा गर्ने । भाग नमिले फेरी रोईलो गर्ने । बिगतका ईतिहासमा यो बाहेक केही भएन ।  


चुनाव आयो हामीले तिनै सत्ताका ब्यापारीलाई आफ्नो भोट् दियौ , चुनेर पठायौ । उसले त लुट्न जानेको छ र त लुट्छ नि गएर । यत्ती पनि हेक्का नराख्ने जनतालाई कुनै नेताले भेडा भनेछन ठिकै भनेछन । एउटा सही ब्यक्तिले मात्रै पनि देशमा कायपलट ल्याउन सक्छ भन्ने उदाहरण कयौ देशमा छन । तर बिडम्बना हामीले त्यही के पि , त्यही प्रचन्ड , उही झलनाथ , माधव , बाबुराम बाहेक अरु देखेनौ । देख्न चाहेनौ । यहाँ निर जनताले गल्ती गरेकै हुन । चोरले चोर्छ भन्ने थाहा हुँदा हुँदै चोर नै रोज्नु चाँही भेडाको प्रब्रित्ती हो । देश डुबायो भनेर नेताको सत्तोसराप गर्नुअघी आफ्नै कारण पनि देशको यो गती भयो भन्ने चेस्टा किमार्थ गरेनौ । बिज अनुसारको फल फल्छ , कुहिएकै बिज रोप्दा राम्रो फलको आस गर्नु चाँही सरासर गलत हो । यही गल्ती नेपालीहरुको ठुलो अचेतन पक्ष हो ।  हरेक नेपालीले हाम्रा नेता अनी राजनीतिक दलसङ्ग राख्ने अपेक्षा त्यस्तो ठुलो हुँदैनन   , सामान्य अपेक्षा पनि सत्तामा गएपछी पुरा गर्न नसक्ने दल र नेतासङ्ग हाम्रो नेपाली समाज र जनता किन यती लालायित हुन्छ?
...........................................................................................................................................................  
सत्तामा बस्नेले भ्रष्टाचार नगरून्, भ्रष्टाचार गर्नेलाई कारबाही गरून्। कानुनको पालना गरून्, संविधान-कानुनमाथि बलमिच्याइँ नगरून्। पार्टीभित्र मेलमिलाप र एकता राखून्, लोकतान्त्रिक प्रक्रियाबाट विवाद र विमतिको समाधान खोजून्। विदेशी मुलुकसँग आपसी सम्मानका आधारमा सम्बन्ध कायम गरून्, दुई ठूला छिमेकीसँग सन्तुलित सम्बन्ध राखून्। कतैतिर नढल्किऊन्, कसैसँग नलहसिऊन्— ताकि विदेशीसँग हाम्रो राष्ट्रिय स्वाभिमान बरकरार रहोस्। हाम्रो बर्कत र गच्छेले भ्याएअनुसार आर्थिक विकास गरून्, उत्ताउलो भाषण र पूरा नहुने बाचा जानाजानी नगरून्। सामाजिक न्यायका लागि लडून्, समाजको पिँधमा पिल्सिएका नागरिकको विशेष ख्याल राखून्— ताकि राज्य शक्तिशालीहरूको महत्वाकांक्षा पूर्ति गर्ने साधन मात्र नबनोस्।
..............................................................................................................................................................
तमाम राजनीतिक पुस्ता जबसम्म परिबर्तन हुँदैन , तबसम्म ठुला गफले हुने चाँही केही होइन र यो यती सरल पनि छैन । किनकी त्यती सहज सत्ता परिवर्तन भएको घट्ना बिरलै छन अझ यि सत्ताका व्यासोहरुलाई हटाउन केही ठुलै हुनै पर्छ , गर्नै पर्छ । गज्जब चाँही यो छ कि यस्तै ब्वासाहरुको पछाडि नै आजपनी भिड छ । युवापुस्ता के सोचेर , के ठानेर , के देखेर आज पनि तिनका पछाडि दौडिन्छ ? शायद केही पैसा , आस्वासन अनी केही प्रलोभन । युवापुस्ताले एक कदम अघी बढेर जबसम्म देशको जिम्मा लिन अघी सर्दैन , देशले बिकल्प पाउदैन यो यथार्थ बोध कहिले हुने ? तिनै पुराना ब्यक्ति , जसले देशको लागी कहिले सोचेन , न त केही गर्‍यो । फेरी पनि तिनैलाई भगवान नै ठान्नु हो भने चाँही भन्न सकिने रामराम मात्रै हो । अब त सोचौ , अब त बिचार  गरौ । आफु अघी नसर्ने , पछाडी बस्ने अनी नेताले देश बिगार्यो , त्यो चोरले देश डुबायो , फलानो ढिम्कानो । अनी आफ्नो भूमिका चाँही ? चेतन मन , सचेत ब्यक्ति देशकै लागी अघी सर्छु भन्ने बातावरण बन्ने र बनाउने बेला भएन र ! कि अझै पनि तिनै नेतानै ठीक भन्ने लाग्छ । यदी लाग्छ भने कठै !! भन्न बाहेक सकिन्न केही गर्न । 
..............................................................................................................................................
अब पालो सचेत अनी राजनीतिक चेतना राख्ने युवाहरुको : सहज नहोला तर असम्भब पनी नहोला । 
स्वतन्त्र राष्ट्रिय अभियान नेपाल 
( उन्नत लोकतन्त्र पार्टी ) 

#iamwithincnepal ( Hashtag for Facebook )


Subscribe by Email

Follow Updates Articles from This Blog via Email

1 Comments

avatar

We are full of attitude not a dirty mind..absolutely right.

Reply Delete

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu