Welcome

  Pramod k.poudel  को ब्लग साईटमा यहाँहरुलाई स्वागत छ ।  

Thursday, August 26, 2021

thumbnail

kleptocracy : राजनीतिको आडमा हुने गलत संस्कार

 वृहत शब्दकोशले भ्रष्टचारलाई यसरी प्रस्ट्याएको छ– नियम वा कानुन विरुद्ध नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम, पतित आचरण, दुषित मर्यादालाई भ्रस्टाचार भनिन्छ । नेपालको सन्दर्भमा भन्ने हो भने शत प्रतिशत नै सही मान्नुपर्छ , किनकी नेपालको राजनीतिको बिशेषतानै भ्रस्टाचार हो भन्दा अनर्थ नहोला । यसलाई अझ यसरी बुझौ : भ्रष्ट्रचार कुलीन तन्त्र (oligarchies), राजनैतिक रुपमा भ्रष्ट्र (Kleptocracy), अवैध ‘ड्रग’ व्यापारिक राज्य (Narco-state) र ‘माफिया’ द्धारा संचालित राज्यहरुमा अत्याधिक मात्रामा हुने गर्छ जुन हाम्रो देशमा ठ्याक्कै मिल्छ । 

नेपालको परिपेक्षमा हेर्ने हो भने यँहाको भ्रष्ट्रचार हाल २०४६ पछि ‘ल्केप्टोक्याटिक'(Kleptocratic) छ अर्थात राजनैतिक संरक्षणमा बिक्रितीको उचाई बढ्दै छ्  । ट्रान्सप्यारेन्सि इन्टरनेशनलको सूचांक हेर्ने हो भने विकसित राष्ट्रको तुलनामा अविकसित, अल्पविकसित र विकाशील राष्ट्रमा भ्रष्ट्रचार बढी मात्रामा भएको पाइन्छ जसलाई नेपालको राजनीतिले थप प्रमाणित गरिदिएको छ ।


म एक स्वतन्त्र नागरिक ,  Kleptocracy लाई जती बुझ्छु त्यो पर्याप्त नहुन सक्छ । कारण यहाँ त हरेक दिन , हप्ता अनी महिनामा राजनीतिक भ्रस्टाचारको अर्थ झनै घनिभुत हुने गर्छ । राजनीतिक आडमा हुने तिनै पतित आचरण र दुशित मर्यादालाई नै मैले साधरण बुझ्ने भाषामा  Kleptocracy भनेर  बुझ्छु । नेपालको राजनीतिक संसारमा यो बिशेषणको रुपमा घेरिएको छ भन्दा म गलत हुदिन होला । 

Kleptocracy को अध्ययन गर्ने क्रममा Merriam Dictionary  ले Kleptocracy लाई यसरी Definition  दिएको पाए government by those who seek chiefly status and personal gain at the expense of the governed

[countable, uncountable]  :

 a form of government in which the leaders use their power to steal money and resources from the country that they rule ( Oxford Dictionary )

......................................................................................................................................................................

थरिथरिका भ्रस्टाचार (राजनितिक , नैतीक , सामाजिक आदी ... )ले ग्रसित राजनीतिक  दुराबस्थाले देशको अधोगती मात्रै भएन , अब त देशको समग्र अर्थतन्त्र लगायत अस्तित्व माथि नै प्रश्न चिन्ह लागेको अवस्था छ । राजनीतिलाई सही रुपमा प्रयोग गर्न जानिएन भने देशको दुर्गती पक्का छ भने कयौ उदाहरण अनी प्रमाण हामीले देखेका छौ , भर्खरै अफगानिस्तानमा भएको राजनीतिक घटनालाई एउटा उदाहरणका रुपमा लिदा गलत नहोला । 

राजनीतिक संरक्षण भित्र हुने कयौ अपराध , घुसखोरी , हिंसा , खराब नियत , नाताबाद अनी कृपाबाद आदीनै मुल तत्व हुन जसले नेपालको बिकास अनी सम्रिद्दीलाई आफ्नो कब्जामा लिएर देशलाई बन्धक बनाएको छ । तिनै राजनीतिक ब्यक्ती , चरित्र , ब्यबस्था भित्रै Kleptocracy  ले प्रश्रय पाएको छ । यसबाट बाहिर जब सम्म आउन सकिन्न , न त बिकास सम्भब छ अनी न त परिवर्तन नै सम्भब छ ।  

नेपालमा २०४६ सालको परिबर्तन पछी झनै मौलाएको राजनीतिक भ्रस्टाचारलाई एक एक केलाउने हो भने कुनै पनि नेता शायद अपबादका रुपमा  बाँकी रहदैनन होला , किनकी राजनीतिको जगनै भ्रस्टाचार रहेको हाम्रो देशमा काण्डनै काण्डका बिच राजनीति आजको दिनमा यात्रा गर्दैछ । नेपालको जनतालाई सबै थाहा छ , तर पनि फेरी तिनैलाई दिने साथ चाँही बुझी नसक्नुको छ । यहाँ जन्मिएका  नयाँ दल वा बिकल्प भनिएका राजनीतिक समुहलाई विश्वाशनै नगर्ने जुन मानसिकता छ यसलाई चिर्नु नै आजको बिकल्पको पहिलो ढोका हो । किनकी राजनीतिक ग्रहण लागेको नेपाली समाजलाई तिनै कु-पात्र , भ्रस्टाचारी नेता - कार्यकर्ता , पद र शक्तिको लागी मर्ने बेलासम्म पनि र्याल चुहाउने संस्कार भएका ब्यक्तीहरुबाट देशले गती लिन सक्दैन भन्ने बोध जब सम्म हुँदैन , गराउन सकिदैन देशको बिकास सम्भब छैन ।  

यसको लागी पनि अब युवा , सचेत अनी सक्षम युवाहरु देशको मुल राजनीतिमा प्रबेश अती आवश्यक छ । राजनीतिलाई फोहोर मान्ने हैन कि त्यही फोहोरलाई सफा गर्दै , राजनीतिक रुपमा देशले युवा नेत्रित्व पाउने बाताबरण निर्माणको लागी युवाको राजनीतिक यात्रा अब सुरु हुनुपर्छ । देशले पुराना अनी खिया लागेका , कामै नलाग्ने , सत्ताका लोभि दानबहरुलाई क्रमश: हटाउदै , पाखा लगाउदै दक्ष , शिक्षित अनी देशलाई गती दिन सक्षम नेत्रित्व खोजेको छ र यही नै आजको आवश्यकता पनि हो ।  

देशले ब्यक्ति - बिचार  र ब्यबस्था यि तीन वटै नयाँ खोजेको छ । प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपती , सांसदहरु मन्त्री - प्रधान मन्त्री बन्न नपाउने , आजसम्म श्रोत नखुलेको सम्पती सबै राष्ट्रिय ढुकुटीमा जम्मा गर्ने , ,मतदाताको ५१% भोट्ले मात्रै सरकार बनाउन पाउने , राम्रो काम नगर्नेलाई फिर्ता बोलाउन पाउने र गलत ब्यक्तिलाई भोट् दिन्न भन्न् पाउने , नेपाली जनतालाई निशुल्क: शिक्षा - स्वास्थ्यको ब्यबस्था गर्नुपर्ने , ६५ बर्षभन्दा माथि राजनीति गर्न नपाउने , खर्च कम गर्न ई - भोटिङको ब्यबस्था लागु गर्नु पर्ने आदी जस्ता नेपाली माटोलाई सुहाउदो र आवश्यक कुराहरु अबको लागी देशले खोजेको पक्ष हुन । तसर्थ पनि आजका यि राजनीतिक कु-पात्रहरुको बिदाई अपरिहार्य छ । राजनीतिक Kleptocracy को अन्त्य गर्दै उन्नत लोकतन्त्र - प्रत्यक्ष प्रजातन्त्रको प्रत्याभुत गर्दै अबको देश युवाको काधमा दिनुनै आजको बिकल्प हो । हामीलाई बिरोध होइन बिकल्पको आवश्यकता छ । पुराना दल र तिनका खिया लागेका नेता न हिजो देशको लागि बिकल्प बन्न सके न त बन्न सक्छन । 

तसर्थ अब पालो युवाको । 

प्रमोद कुमार पौडेल 

( सचिब )

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल ( उन्नत लोकतन्त्र पार्टी )

काठमाडौ जिल्ला समिती 










Subscribe by Email

Follow Updates Articles from This Blog via Email

No Comments

About

@ Pramod Kumar Poudel 2020. Powered by Blogger.

My Birth Place : Dollu